ब्रेकिङ ः स्वास्थ्य राज्यमन्त्री रावत स्वास्थ्य सामग्रीसहित सुर्खेत प्रस्थान

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत कर्णाली प्रदेशका लागि प्राप्त हुने स्वास्थ्य सामग्रीसहित सुर्खेतका आएका छन् । नेपाली सेनाको स्कार ट्रक मार्फत कर्णालीका लागि प्राप्त स्वास्थ्य सामग्री लिएर राज्यमन्त्री रावत विहान ८ ः ३८ बजे  आएका छन् । कोरोना भाइरस (कोभिड–१९) को उपचार तथा रोकथामका लागि प्रयोग हुने स्वास्थ्य सामग्री ल्याएर राज्यमन्त्री आउन लागेका हुन ।

स्वास्थ्य राज्यमन्त्री रावतले नेपालपोष्टसँग कुरा गर्दै (कोभिड–१९) को नियन्त्रण, उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री सरकारले जुटाएर कर्णालीमा आएको बताउनुभयो । कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा विशेषज्ञ स्वास्थ्यकर्मी समेत खटाईएको छ ।’ कर्णाली प्रदेश अस्पतालमा कोभिड–१९ परिक्षण विशेषज्ञ डा महेन्द्र प्रसाद भट्ट, रामकृष्ण श्रेष्ठ, सुनिल प्रसाद लेखक खटाउने स्वास्थ्य मन्त्रालयले निर्णय गरेको छ ।
कर्णाली प्रदेशका लागि प्राप्त स्वास्थ्य सामग्री सुर्खेत विमानस्थलमा झारी कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरी कर्णालीका सबै अस्पताल, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरु सम्म पुग्ने व्यवस्था मिलाइने जनाइएको छ मन्त्रीका स्वकीय सचिव टपेन्द्र क्षत्रीले जानकारी दिनुभयो।
एक सातामा सातै प्रदेशबाट ३० हजारभन्दा बढी मान्छेको परीक्षण गर्न सकिने आँकलन भए पनि सरकारले संख्या भने तोकेको छैन ।





error: Content is protected !!