जुनिचाँदे गापा ः विदेशबाट आएका ३७ जना विद्यालयको क्वारान्टाईनमा

रेशमबहादुर खड्का
जाजरकोट , भारत तथा अन्य मुलुकबाट आएका ३७ जनालाई जुनिचाँदे गाउँपालिकाले विद्यालयमा क्वाराईनटानईनमा आज राखेको छ ।
गाउँपालिका भरी विदेशबाट आएकाहरुको लागत संकलन कार्य सकाएर आज सवैलाई विद्यालयमा क्वाराईन्टाईनमा राखिएको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिनुभयो । वडा १ मा २ जना , २ मा ६ जना , ३ मा ६ जना , ५ मा २ जना , ६ मा ९ जना , ८ मा १ जना , ९ मा ५ जना र ११ मा ५ जनालाई ११ वटा विद्यालयमा बनाएको क्वारेन्टाईनमा राखिएको छ ।
क्वारेन्टाईनमा बसेका सवैको खर्च गाउँपालिकाले व्यवस्थापन गर्ने यहाँको भनाई छ । ३४ जना भारतबाट र ३ जना अन्य मुलुकबाट आएको जानकारी प्राप्त भएको छ । वडा ११ का ३ जना अन्य मुलुकबाट आएका हुँन् ।
प्रत्येक घरमा सावुन व्यवस्था गदै
कोरोना भाईरस (कोभिड –१९) बाट जोगिन र जोगाउनका लागि जुनिचाँदे गाउँपालिकाका सवै नागरिकलाई सावुन बाड्न लागिएको छ ।
गाउँपालिकामा आज वसेको वैठकले सवै नागरिकको घरमा सावुन पुर्याउने निर्णय गरेको छ । सावुन , पानीले हात धुनका लागि सजिलो होस भनि गाउँपालिकाको वैठकबाट यो निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिनुभयो । त्यस्तै तत्काल एम्वुलेन्स खरिद गर्ने निर्णय भएको अधिकृत शाहीले जानकारी दिनुभयो ।

गाउँपालिका भित्र काम गर्ने स्वास्थ्यकर्मीहरु विना स्रोत र साधन काम गरिरहेकोले सो समस्य समाधान गर्न प्रदेश र संघीय सरकारसँग सम्पर्क बढाउने बताएको छ ।

जिल्लाको अति दुर्गम क्षेत्रमा पर्ने जुनिचाँदे गाउँपालिकामा अहिले दुई ठाउँमा मात्र सहायता कक्ष स्थापना भएकोले सवै ठाउँमा तत्काल स्वास्थ्य सहायता कक्ष स्थापना गर्ने उहाँले जानकारी दिनुभयो ।
पैसा भएर पनि साधन नपाएको भन्दै शाहीले भन्नुभयो , “ अव यूद्ध स्तरमा काम हुन्छ , हामीसँग भएको स्रोत साधनबाट तत्काल काम चलाउनु पर्ने बाध्यता छ । कोही पनि यो समस्यको घडीमा नआतिर काम गर्न समेत आग्रह गर्दछु । ”




सम्बन्धित समाचार


error: Content is protected !!