चोरबाटो प्रयोग गर्छन तर जाँच गदैन्न

हेमन्त केसी
जाजरकोट , कोरोनाको जोखिम बढेसँगै वैदेशिक रोजगारीबाट घर फर्कने देखि अन्य कामले घर बाहिर भएकाहरु धमाधम चोरबाटो फर्कदा स्वास्थ्य परिक्षण हुँन नसकेको पाईएको छ ।

गाउँ , गाउँमा सुरक्षित रुपमा बस्न आग्रह गदा पनि कसैले नमानेको स्थानीय सरकारले बताएका छन् । बाटोमा स्वास्थ्य जाँच भईरहेको ठाउँमा सुरक्षाकर्मी सहितको स्वास्थ्यकर्मी टोली खटिएको भएपनि अर्को बाटो प्रयोग गरेर गाउँमा छिर्नेको संख्य ठुलो रहेको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिनुभयो । जिल्लाका सवै पालिकामा यही समस्य देखिएको छ ।

प्रहरी , कर्मचारी र स्वास्थ्यकर्मीहरु लगातार गाउँ , गाउँमा माईकिङ गरीरहेको भएपनि कसैले वास्ता नगरेको उहाँको भनाई छ । गाउँहरुले स्थानीय सरकारले प्रवाह गरेको सन्देश भन्दा देवी , देवतालाई बली दिन देवी , देवताका मन्दिर थता थानमा पुगेको उहाँको भनाई छ । नलगाड नगरपालिकाको एैरारी तीन वटा बोकाको बली दिईएको छ ।

बारेकोट गाँउपालिका वडा 1 देवीदेउता र धामीझाँक्रीमा विश्वास गर्ने ठुलो जमात भएकोले कोरोना महामारी गाउँमा आउन नदिन बली चढाएको वडा नं 1 का वडाध्यक्ष द्धारीका बुढाले बताउनुभयो । अझै आफ्ना जहान केटाकेटी बचाईदिन माग गदै देउतालाई पछि बली दिने भन्दै धेरैले भाकल गरेको उहाँले बताउनुभयो ।

भारतमा कोरोना भाइरसको जोखिम बढेपछि मजदुरीका लागि गएकाहरु धमाधम घर फर्किएका छन् । उनीहरु आफुलाइ केही नभएको भन्दै निर्वाध घरपरिवार र साथीभाई सँग घुलमिल गरिरहेका छन् ।

संक्रमण भएपनि तत्काल लक्ष्यण नदेखिदा जोखिम बढ्ने स्वास्थ्यकर्मीको भनाई छ । अहिले सम्म भारतबाट कति मानिस फर्किए भन्ने कसैले तथ्यांक राखेका छैनन् । ठुलो संख्यामा भारतबाट मजदुरहरु फर्के पनि केही सिमित संख्या बाहेक क्वारेन्टाइनमा राखिएको छैन । घरको मुल ढोका खनेर कोईला भेटिएको भन्दै तेलमा राखेमा मात्र कोरोनाबाट बच्न सकिन्छ भन्ने अन्धविश्वासका कारण सवैले ढोकामा खन्ने गरेको पाईएको छ ।


तस्वीर ः कुशे गाउँपालिका वडा १ का अध्यक्ष गोपालबहादुर नेपाली कोरोनाबाट बच्ने उपायको बारेमा डेग मार्फत सन्देश प्रवाह गदै ।
विदेश बाट आएका सहित १०७ जना सेल्फ होम क्वारेन्टाईनमा
विदेशबाट आएका ५८ जना सहित नेपाली सेनाका ४९ जना जवानहरुलाई सेल्फ होम क्वारेन्टाईनमा राखिएको छ ।
स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयको सक्रियतामा उनीहरुलाई क्वारेन्टटाईनमा राखिएको हो । छिमेकी मुलुक भारत तथा मलेसिया, दुवइ , कतार लगाएतका देशमा वैदेशिक रोजगारीबाट फर्केका ५८ जनालाइ घरमै सेल्फ क्वारेन्टाइनमा वस्न लगाइएको हो ।
जिल्ला प्रवेश गरे लगत्तै उनीहरुलाइ आवश्यक परामर्श सहित १४ दिन घरमै क्वारेन्टाइन वस्न लगाएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो ।
सेल्फ क्वारेन्टाइनमा बस्ने भेरी नगरपालिकामा २९ जना , शिवालय गाउँपालिकामा १८ जना , छेडागाड नगरपालिकाको वडा नम्बर ३, ६ र १० मा ८ , बारेकोट गाउँपालिका – ९ मा ३ जनालाई रहेका छन् ।
यसै बीच नेपाली सेनाको जाजरकोट स्थित ज्वालादल गणमा जिल्ला बाहिरवाट आएका ४९ जना सैनिकहरुलाइ पनि क्वारेन्टाइनमा राखिएकोे छ ।





error: Content is protected !!