गर्मी मौसममा कोभिड १९ को प्रकोप घट्ला त ?

संक्रमण हुने थुप्रै रोगको प्रकोप मौसम अनुसार घटीबेसी हुन्छ । फ्लुको प्रकोप विशेषतः चिसो मौसममा आउँछ । टाइफाइड जस्ता रोगको प्रकोप भने गर्मी याममा आउँछ । र गर्मी याममै टाइफाइडको प्रकोप उच्च हुन्छ । दादुराको प्रकोप भने गर्मी मौसममा कमी आउँछ । तर उष्ण क्षेत्रमा भने सुख्खा मौसममा दादुरको प्रकोप बढ्छ ।
सम्भवतः अधिकांश व्यक्तिको जिज्ञासा कोभिड–१९ को संक्रमण फैल्ने पनि कुनै मौसम हुन्छ वा हुन्न भन्ने हुन्छ । पहिलोपटक चीनको वुहान शहरमा मध्य डिसेम्बरमा यसको प्रकोप सुरु भयो र यसको प्रकोप केही दिनभित्रै विश्व महामारीको रुप लियो । यूरोप र अमेरिकामा भने कोभिड–१९ संक्रमितको संख्या उच्च रफ्तारले बढ्दैछ ।
कोभिड–१९ को प्रकोपले महामारीको रुप लिँदा अधिकांश क्षेत्रको मौसम चिसो रहेको छ । र यसले गर्मी मौसमको सुरुसँगै कोभिड–१९ को संक्रमण पातलिदै जाने आशंका र सम्भावना ब्यक्त गरिदैछ । तर प्रायजसो विज्ञले भने गर्मी मौसममा भाइरस मर्ने सम्भावनामाथि आश्रित हुनु जोखिमपूर्ण हुने चेतावनी दिइ सकेको छन् । र ती विज्ञको उक्त सचेतना सही रहेको पाइएको छ ।
कोभिड–१९ लाई आधिकारिक रुपमा सार्स–कोभ–२ नामाकरण गरिएको छ । र मौसम अनुसार कोभिड–१९ को संक्रमणमा उतारचढाब आउनेबारे अध्ययन गर्न नयाँ र थोरै मात्रै तथ्याङ्क उपलब्ध छन् । सन् २००३ मा फैलिएको सार्स छिट्टै नै प्रकोपको रुपमा देखियो । र त्यसैकारणले सार्समाथि मौसमको प्रकोपबारे राम्ररी अध्ययन हुन सकेन । तर कोरोना भाइरसको संक्रमण मौसमी प्रकोपको रुपमा मानवमा संक्रमण हुन सक्ने थोरै मात्रै तर्क उपलब्ध छन् ।
इडेनवर्ग विश्वविद्यालयका शोधकत्र्ता केन टेम्प्लेटनले दशवर्ष अघि एक शोध गर्नुभएको थियो । उहाँले आफ्नो शोधमा तीन प्रकारको कोरोना भाइरस फेला पार्नुभयो । श्वासप्रश्वास सम्बन्धी संक्रमितबाट इडनवर्गको एक अस्पतालबाट बिरामीको नमूना संकलन गरिएको थियो । र उक्त शोधले चिसो मौसममा संक्रमणको जोखिम उच्च रहने देखायो । भाइरसको संक्रमण डिसेम्बरदेखि अप्रिलसम्म बढी हुने देखियो । र यस्तै स्वरुप र स्वभाव इन्फ्लुएन्जामा समेत देखियो ।
तर प्रतिरक्षा क्षमता कमजोर रहेका बिरामीबाट संकलित चौथो नमूनामा भने मौसमको प्रकोप छिटफुट देखियो । कोभिड–१९ को संक्रमण पनि केही हदसम्म मौसम अनुसार फरक पर्ने देखिन्छ । प्रकोपको रुप लिएको कोभिड–१९ चिसो र सुख्खा मौसममा बढी प्राथमिकीरुपले फैल्ने सम्भावना देखिएको छ ।
प्रकाशन हुन नसकेको विश्लेषणसहितको शोधमा विश्वका विभिन्न पाँच सय स्थानबाट नमूना संकलन गरी अध्ययन गरिएको छ । जसले कोभिड–१९ फैलिनुको सम्बन्ध तापक्रम, हावाको गति र सापेक्षिक आद्र्रतामा निर्भर रहने दाबी गरेको छ । अर्को शोधले भने तापक्रमको वृद्धिले कोभिड–१९ को घटना कम हुने सम्बन्ध देखाएको छ । तर उक्त अप्रकाशित शोधले वैश्विक रुपमा तापक्रम मात्रै निर्धारण गर्ने एक मात्रै तत्व हुन नसक्ने प्रष्ट्याएको छ ।
केही अप्रकाशित शोधले भने शितोष्ण तातो र चिसो मौसम प्रकोपको रुपमा हाल देखापरेको कोभिड–१९ को उच्च जोखिममा हुने उल्लेख गरेको छ । विश्वको उष्ण प्रदेशीय क्षेत्रमा भने कोभिड–१९ को संक्रमण कम हुने जनाइएको छ । तर वर्षको प्रत्येक मौसममा संकलन गरिएको वास्तविक तथ्याङ्क नभई उक्त तर्कमा पूर्णरुपले निर्भर हुन नसक्ने जनाइएको छ ।

(उष्ण मौसममा कोभिड–१९ भाइरसको संक्रमण नसर्ने आम बुझाइ छ । विज्ञदेखि शोधकत्र्ताले आ आफ्नै तर्कसहित उक्त संक्रमणमा मौसमको प्रभावबारे विश्लेषण गर्दैछन् । बीबीसीमा रिचर्ड ग्रेले उक्त सम्भावना र आम बुझाइबारे लेख्नुभएको आलेखको अनुवादित अशं )





error: Content is protected !!