काईके गाउँपालिकाको निर्णय ः तीन सय बालवालिका घर फर्काउर्दै स्थानीय सरकार

डोल्पा ः आफ्नो थाकथलो छाडेर पढ्नका लागि देशका बिभिन्न ठाउँमा गएका डोल्पा काईके गाउँपालिकाका विद्यार्थीहरुलाई घर फर्काउने अभियानमा गाउँपालिका लागेको छ ।
गाउँपालिकाको चैत ९ गते वसेको बसेको वैठकले गाउँ भित्रका सवै बालबालिकालाई घर फर्काउनका लागि रु ३० लाख खर्च गर्न लागेको हो । कोरोनाको संक्रमणबाट जोगिनका लागि घर फर्काउने काममा गाउँपालिकाले नीतिगत निर्णय गरेरै विद्यार्थीलाई घर फर्काउने अभियानमा लागेको गाउँपालिकाका अध्यक्ष अंगदकुमार रानाले जानकारी दिनुभयो ।
अभिभावकको माग र चाहानालाई सम्वोधन गर्न गाउँपालिकाले यस्तो निर्णय गरेको उहाँको भनाई छ । विद्यार्थी ल्याउदा पर्ने समस्य हल गर्नका लागि गाउँपालिकाले सवै ठाउँमा पत्राचार समेत गरेको उहाँको भनाई छ ।
त्यस्तै गाउँपालिकाले दश हजार मास्क , सेनेटाइजर र साबुन खरिद गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत सम्झना अधिकारीले जानकारी दिनुभयो । त्यस्तै औषधी समेत खरिद गर्न लागिएको छ । स्वास्थ्यकर्मीलाई विदामा नबस्न समेत आग्रह गरिएको छ । प्रति स्वास्थ्यर्की रु १० हजारका दरले भत्ता समेत दिने निर्णय गरिएको छ ।





error: Content is protected !!