कर्णालीमा हवाई भाडाको मारमा सर्वसाधारण

जाजरकोट , कर्णाली प्रदेश भित्र उडान भन्दै आएका निजि हवाई कम्पनीले जथाभावी भाडा लिएको भन्दै पुर्व शान्ति तथा पुर्ण निर्माणमन्त्री एवं प्रतिनिधिसभा सदस्य सत्य पहाडीको ध्यान आक्रषण गराएका छन् ।

आज पहाडीलाई नेपालगन्जबाट कर्णाली प्रदेशको डोल्पा लगायतका अन्य ठाउँमा उडान भर्ने हवाई कम्पनीले यात्रुहरुको कृतिम अभाव देखाएर डोव्वर भाडा असुल्ने कार्य गरेको भन्दै ध्यान आक्रषण गराएको हो । कर्णालीवासीलाई सधै अभाव र समस्यमा मात्र पार्नेलाई कारवाहीको माग समेत गरिएको छ ।

सांसद पहाडीलाई तत्काल यो समस्यको हल गरी सहजयात्राको व्यवस्थापन गर्न आग्रह गरिएको जीवन शाहीले जानकारी दिनुभयो । अहिले शारीरिक रुपमा अशक्त भएका व्यक्तिहरु घर फर्कन समस्य भएको समेत उहाँले बताउनुभयो ।

कोरोना लगायतको समस्य बाट बच्नका लागि घर फर्कनेलाई हवाई कम्पनीले डोव्वर भाडा लिएर मात्र उडान गदै आएको भन्दै ध्यान आक्रषण गराएको हो । मन्त्री पहाडीले सो समस्य हल गर्न तत्काल सरोकारवालासँग छलफल गर्ने बताउनुभएको छ ।





error: Content is protected !!