नाकको एलर्जी ः बेवास्ता नगरौं, दम होला

 वातावरणीय प्रदुषणका कारण मानव स्वास्थमा विभिन्न प्रकारका समस्याहरू देखिने क्रम बढ्दो छ । विशेषगरी प्रदुषणका कारण श्वासप्रश्वासजन्य समस्याबाट शहरी क्षेत्रमा बस्ने मानिसहरू बढी पीडित भइरहेका छन् । यसर्थ, ग्रामीण भेगमा बस्नेलाई पनि समस्या नभएको भने होइन । वातावरणीय प्रदुषणका कारण शरीरका जुनसुकै अंगमा एलर्जी हुने क्रम बढ्दो छ । त्यसमा पनि नाकको एलर्जी बढी देखिहरेको छ । नाकको एलर्जी किन हुन्छ रु यसबाट जोगिन के गर्ने रु वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डा काशीराज ज्ञवालीको सुझाब यस्तो छ

 

वातावरणलाई शरीरले सहजै स्वीकार गर्न नसक्नु वा शरीरको प्रतिरक्षा प्रणाली संवेदनशील भएर वातावरणसँग घुलमिल हुन नसक्दा हुने समस्या एलर्जी हो । शरीरलाई आवश्यक अक्सिजन नाकमार्फत लिने हुँदा प्रदुषणयुक्त वातावरणसँग नाकको पहिलो सम्पर्क हुन्छ भने समस्या पनि सबैभन्दा पहिला नाकमा हुन्छ । प्रदुषणका कारण सबै भन्दा बढी नाकमा एलर्जी हुनसक्छ । नाकको एलर्जीलाई बेवास्ता गरे यसले दम रोग समेत निन्त्याउन सक्छ । यसकारण एलर्जीको लक्षण देखिना साथ चिकित्सकसँग परामर्श लिनुपर्छ । के हो नाकको एलर्जी रु हावामा भएका प्रदुशित कणहरू हाम्रो शरीरले रुचाउँदैन । शरीरभित्र पसेका यस्ता कणलाई नाकले बाहिर फ्याल्न खोज्छ जसले गर्दा हाँछ्यू आउने, नाक थुनिने, श्वसाप्रश्वास बढ्ने, पातालो सिंगान बग्ने, घाँटी खसखस गर्ने हुन्छ ।

यस्तो हुनु नै नाकको एलर्जी हो । लक्षण नाक बन्द हुने । स्वाँ स्वाँ बढी हुने । पतलो सिंगान बग्ने । हाँछ्यू आउने । लामो समयसम्म एलर्जी भइरहे पिनास हुने, टाउको दुख्ने, नाकभित्र मासु पलाउने । बच्चाहरूमा दुखाई हुने, सुत्न गाह्रो हुने । प्रमुख कारण प्रदुशित वातावरण । वंशाणुगत गुण । नाकमा कुनै समस्या । बच्ने उपाय यो समस्या जोसुकै व्यक्तिलाई जुनसुकै बेला पनि हुनसक्छ । एलर्जीलाई सदाको लागि हटाउन भने सकिदैन्, नियन्त्रणमा राख्ने मात्रै हो । शरीरलाई अनुकुल नहुने वातावरणमा नबस्ने । स्वच्छ वातावरणमा बस्ने । बाहिर निस्कदा वा धुँवाधुलो भएको ठाउँमा जाँदा माक्सको प्रयोग गर्ने । यस्तो समस्या आए निको भैहाल्छ भनेर बस्नु हुन्न ।





error: Content is protected !!