अर्गानिक कृषि

धीरेन्द्र बस्नेत
अर्गानिक यस्तो प्रबिधि हो जस भित्र माटो पानी ,पर्यावरण , जिबजन्तु तथा मानव स्वास्थ्य सुरक्षीत हुन सकुन् । सामान्य रूपमा भन्नु पर्दा प्रकृति को सहि रूपमा संरक्षण तथा मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने रासायनिक मल ,बिउ , बिषादि लगायतका सामाग्री तथा प्रबिधिहरुको प्रयोग नगरी प्राकृतिक रूपमा उपलब्ध हुने बस्तुको प्रयोग गरि माटोको उर्वरा संरक्षण गरि स्वस्थ , सभ्य र स्वच्छ तरिकाले गरिने खेती नै अर्गानिक खेती हो ।
यस प्रबिधिमा जस्ले पर्यावरण ,उत्पादन प्रणाली तथा यो प्रक्रियामा सामेल हुने कुनै साझेदार ( मानव ,बोट ,बिरुवा ,जीवजन्तु लाई ) नकारात्मक भन्दा सकारात्मक प्रभाव दिन सकोस् । यसमा तीन वटा पक्षमा सन्तुलन ल्याउछ । आर्थिक पक्ष , वातावरणीय पक्ष , सामाजिक पक्ष लाई ध्यान दिएर यो खेती प्रणाली अपनाइन्छ । प्राङ्गारिक कृषिका सिद्धान्तहरु मानव स्वास्थ्य , वातावरणिय स्वास्थ्य तथा सम्पुर्ण उत्पादन प्रणालीको संरक्षण र सम्बर्द्धन गर्दै सिङ्गो कृषि उत्पादन प्रणालीलाई दिगो बनाईराख्नु प्राङ्गारिक कृषिको मुख्य सिद्धान्तहो ।
१) स्वास्थ्यको सिद्धान्त ( principle of health ): दिगो कृषि बिकासको लागि माटो ,हावा ,पानी ,बनस्पति , जीव जन्तु तथा मानव लगाएतका समग्रमा पृथ्वीलाई स्वस्थ तथा जिवन्त बनाउन वातावरण गर्नु पर्छ ।
२) पर्यावरणको सिद्धान्त ( principle of ecology ) : पर्यावरण प्रक्रिया र पुनः प्रयोग प्रणाली अनुसार कृषि उत्पादन गर्नु पर्दछ ।
३)  निश्पक्षता को सिद्धान्त ( principles of fairness ) : एक अर्कोको समान,सामाजिक न्याय ,समान अबसर र कामको सम्मानबाट नै बास्तबिक प्राप्त हुन्छ । तसर्थ प्राङ्गारिक खेती अबलम्बन गर्नेहरुले जहिले पनि उत्पादन , वितरण , उपयोगमा समताको अबधारणालाई ख्याल गर्नु पर्दछ ।
४) स्याहारको सिद्धान्त ( principales of care ) : प्राङ्गारिक कृषिमा सहजरूपमा उत्पादन वृद्धि गर्न सकिन्छ तर उत्पादन वृद्धि गर्दा बाताबरणिय दिगोपनमा आच आउन दिनु हुदैन ।
बर्तमान वा भबिस्यमा वातावरणीय सन्तुलन र भावी सन्ततिको स्वास्थ्यमा नकारात्मक असर कम गर्न नयाँ प्रबिधि र परम्परागत प्रबिधिको संयोजन गरि उपयोगमा ल्याउनु पर्दछ । यि मुख्य चार वटा सिद्धान्तको आधारमा यसको ऐतिहासिक पृष्ठभुमि यसको इतिहास हेर्दा १९ औं शताब्दी तिर जापानी बैज्ञानिकबाट प्राङारिक प्राकृतिक कृषिको वकालत गरेको पाइन्छ । सन १९२४ तिर रुड्ल्फ स्टाइनरले जैविक गतिशील कृषि सम्बन्धि सिद्धान्त को बिकास गरेका थिए । सन १९५० मा रोबर्ट रोडेलले प्राङ्गारिक कृषिको प्रचार प्रसार अमेरिकामा गरेको पाइन्छ । सन १९६२ मा रासायनिक कृषिको नकारात्मक असरबारे आमजनमानसमा जनचेतना जगाउने उदेश्यले राचेल कार्शन ले silent spring ) साइलेन्ट स्प्रीङग नामक किताब प्रकाशित गरि अमेरिकी वातावरणमा बिषादिको नकारात्मक असर बारे लेखेका थिए । सन १९६२ मा सयुत्त राज्य अमेरिकामा वातावरण संरक्षण एजेन्सी ( enviroment protection agency ) को स्थापना भएको थियो । सन १९७० मा बिस्वमा पहिलो पटक प्राङ्गारिक कृषि सम्बन्धि अन्तरास्ट्रिय महासंघ अर्थात प्राङ्गगारिक कृषि अभियान को अन्तर्राष्ट्रिय महासंघ ( international federation of organic agriculture movements ) IFOAM को स्थापन भएको थियो । १९७० को दशक मै पर्मा कल्चर ( PERMACULTURE ) को प्रारम्भिक प्रयास सुरु भएको थियो ।
सन १९८० को दसक मा निजिस्तर बाट मापदण्डको बिकास भएको देखिन्छ । सन १९९० दसक मा युरोपियन युनियनबाट प्राङगारिक कानुन पारित भएको थियो । सन २००० मा अमेरिकी सरकारबाट प्राङगारिक कानुन लागू भएको थियो । सन २००० मै भारत ,चीन ,अस्ट्रेलिया लगायत देशहरुमा पनि प्राङ्गगारिक मापदण्ड र त्यस सम्बन्धि निति कार्यक्रम तर्जमा गरि कार्यान्वयन गरेको पाइन्छ । आधुनिक प्राङ्गारिक खेतीको जन्मथलो पोल्यान्डको सिल्भी क्षेत्रबाट भएको मानिन्छ । हाल बिस्वका विभिन्न देशमा प्राङ्गारिक खेती पद्धति को व्यापक रूपमा प्रसार हुदै आइरहेको छ । जापान , अष्ट्रेलिया , न्युजिल्यान्ड , अमेरिका ,क्यानडा , युरोप देशहरुमा ब्यापकता बढदै गइरहेको छ । क्षेत्रफलको आधारमा नर्बे , डेनमार्क , जर्मन मा यसको क्षेत्रफल बढी रहेको छ ।नेपालमा भने प्राङगारिक खेतीको क्षेत्रफल कम भए पनि यसको बारेमा जनचेतना बढदै गएको हुँदा ,सोच्न बोल्न र कार्यहरु सुरु भैरहेको छ ।
पहिलो पटक सन २००९ बि स २०६५/११/२० गते नेपाल सरकार बाट प्राङ्गारिक मापदण्ड निर्देशिका पारित गरेको थियो ।नेपालमा पहिलो पटक जुम्ला लाई अर्गानिक जिल्लाको रूपमा घोषण गरिएको थियो ।कर्णाली प्रदेशलाई देशको पहिलो अर्गानिक प्रदेश रूपमा घोषणा गरिएको छ । नेपालमा प्राङगारिक कृषिको अवस्था सन १९५० सम्म नेपालमा गरिने खेती पुर्ण रूपमा अर्गानिक रहेको थियो । बिस्वमा हरित क्रान्तिको सुरुवात सगै नेपालमा पनि कृषि उत्पादन वृद्धिको लागि रासायनिक बिषादि तथा मल को प्रयोग सुरु भएको थियो । खाद्यान्न उत्पादन बढाउन प्रयोग भएका रासायनिक मल तथा बिषादि को नकारात्मक असर देखा पर्न सुरु भयो । त्यस सगै शहरि क्षेत्रमा बसोबास गर्ने जनमानसमा प्राङारिक खाद्यान्न प्रती हाल जनचेतना बढदै गएको छ । नेपालमा IFOAM को २०१६ को प्रतिबेदन अनुसार ९३६१ हेक्टर जमिनमा प्राङारिक खेती गरेको पाइन्छ । एक अध्ययन प्रतिबेदनले नेपालमा ग्रामीण भेगमा अझै पनि २६ प्रतिशत खेतीयोग्य जमिन प्राङारिक रहेको छ । काठमाडौ उपत्यकामा गरिएको एक सर्वेक्षण ले ४ प्रतिशत उपभोक्ता सदैव प्राङारिक खाद्यान्न उपभोक गर्ने गरेका छन भने ७९ प्रतीशत प्राङारिक खाद्यान्न किन्न इच्छुक भएको देखाएको छ । हाल नेपालबाट प्रमानिकरण भै बिदेशमा निर्यात भैरहेको बालीहरु चिया , कफी ,सिमि,फापर ,अदुवा ,बेसार , धनिया , पिरो खुर्सानी , अलैंची ,लेमन ग्रास , essential oils र जडिबुटीहरु नेपालमा प्रमाणीकरण भै बिदेशमा निर्यात भैरहेको छ । अहिले व्यापक रूपमा प्राङ्गगारिक कृषिको कुरा उठिरहेको छ । 
अहिले व्यापक रूपमा प्राङ्गगारिक कृषिको कुरा उठिरहेको छ । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश लाई अर्गानिक प्रदेशको रूपमा घोषणा गरिसकेको छ । प्राङ्गारिक खेती गरिन्छ । निति गत ब्यबस्थाहरु नेपाल सरकार को राष्ट्रिय कृषि निति २०६१ ले ” प्राङारिक खेती (organic farming ) लाई प्रोत्साहन गरिने छ । प्राङ्गगारिक खेती गरि कृषिबस्तु निकासी गर्ने उत्पादन क्षेत्रमा उत्पादित कृषि बस्तुहरुको गुणस्तर प्रमाणीकरणका को लागि टेवा पुर्याइने ” भनी उल्लेख गरिएको छ ।
सन २००९ (२०६५/११/२० मा नेपाल सरकारबाट प्राङारिक कृषि उत्पादन तथा प्रशोधन प्रणालीको राष्ट्रिय प्राबिधिक मापदण्ड सम्बन्धि निदेशिका २०६४(;संशोधन २०६५) पारित भएको थियो । प्राङ्गगारिक तथा जैविक मल नियमन कार्यबिधी २०६८ नेपाल सरकार मा कृषि तथा सहकारी मन्त्रालयबाट मिति २०६८/७/७ गते स्वीकृत भएको छ । प्राङ्गगारिक कृषि लाई प्रवर्द्धन गर्नलाई प्राङ्गगारिक मलमा अनुदान कार्यक्रम को लागि नेपाल सरकार मा.मन्त्रीस्तरबाट मिति २०७२/२/५ मा प्रागारिक मल अनुदान (जिल्लास्तर ) कार्यबिधी २०७२ स्वीकृत भएको थियो । जैविक तथा वानस्पतिक बिषादि उत्पादन तथा प्रयोग लाई प्रोत्साहित गर्नको लागी ( जैविक तथा वानस्पतिक बिषादि उत्पादन तथा अनुदान निर्देशिका २०७४ ) लागु गरिएको छ ।
देशमा प्राङ्गगारिक कृषि उत्पादन र बजारीकरणको पुर्न मुल्य शृङ्खलाको बिकासमा सहयोग गर्न तथा उत्पादन र उपभोक्ता बीच दिगो सम्बन्ध बनाइ दीर्घकालीन प्राङ्गगारिक कृषि उत्पादन बजारीकरण र उपभोगका लागि सहज रूपमा कार्यक्रम गर्न नेपाल सरकारबाट ” प्राङ्गारिक कृषि प्रबर्द्धन मिसन कार्यक्रम कार्यबिधी २०७५ लागु गरिएको छ । प्राङ्गारिक कृषि उपजहरुको गुणस्तर निर्धारण ,मापन र प्रमाणीकरण लागि कृशकको सबै गतिविधि अभिलेख राखी प्राङ्गारिक प्रमाणीकरण प्रक्रियालाई ब्यबस्थित गर्न को लागी ( प्राङ्गारिक कृषि उत्पादनको सामुहिक प्रमाणीकरण लागी आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका २०६९ निर्माण गरिएको छ । कृषि बिकास रणनीति २०१५ मा पनि प्राङारिक खेतीको प्रवर्द्धनलाई समाबेश गरिएको छ ।
कर्णाली प्रदेश को हकमा कर्णाली प्रदेश सरकार मन्त्रीपरिषदको प्रथम बैठकबाट कर्णाली प्रदेशलाई अर्गानिक क्षेत्र घोषणा गरे संगै त्यसलाई कार्यान्वयन गर्न र अर्गानिक कृषि प्रबिधि अनुसरण तथा बिस्तार गरि कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न मा .मन्त्री ज्युबाट २०७५/०८/०५ स्वीकृत ” अर्गानिक मोडेल कृषि कार्यक्रम कार्यान्वयन कार्यबिधी २०७५ ” लागु गरि कार्यान्वयन मा ल्याइएको छ । प्राबिधिक शिक्षालयहरुमा अर्गानिक खेती तथा पशुपालन सम्बन्धि प्रबिधि पशिक्षण तथा प्रदर्शन मार्फत अर्गानिक लाई टेवा पुग्ने उदेश्यले “प्राबिधिक बिद्यालयमा अर्गानिक कृषी / पशु सेवा कार्यक्रम संचालन कार्यबिधी २०७६ ” कर्णाली प्रदेश मा दलित ,अति बिपन्न तथा लक्षित बर्ग विशेष एकीकृत नमुना अर्गानिक कृषि लाई प्रबर्द्धन को लागी ” लक्षित बर्ग अर्गानिक कृषि प्रबर्द्धन कार्यक्रम कार्यान्वयन कार्यबिधी २०७६” कर्णाली प्रदेशका अर्गानिक निति बनाइ कार्यान्वयनमा गएका स्थानीयतहलाई प्रोत्साहन गर्न को लागी ” स्थानीय तहका लागि अर्गानिक उत्पादन प्रोत्साहन कार्यबिधी २०७५ ” अर्गानिक कृषिको फाइदा यसले मानव स्वास्थ्यमा प्रत्यक्ष फाइदा पुर्याइ रहेको छ ।
यसको ले गर्दा मानव स्वास्थ्य क्यान्सर , अल्सर , मुटु ,तथा नसा सम्बन्धि रोग , अपज, बान्ता हुने , खाना रुचि नहुने , अपांग बच्चा जन्मिने , आखा कम्जोर भै अन्धो हुने र बिषादिको खराब असरले गर्दा हाम्रो शरीरका विभिन्न अंगहरुले राम्रो सग काम गर्न नसक्ने भइ चिनी रोग र मृगौला तथा पित्त थैलिमा पत्थर जम्ने जस्ता रोगको प्रकोप बढने कुरा बैज्ञानिकहरुले दाबी गरेका छन । प्राङ्गारिक खेतीले दिगो रूपमा उत्पादन बढने , पोषिलो र गुणस्तरयुत्त खाद्यान्न उत्पादन हुने तथा माटोको उर्वरा शक्ति बढने शुद्ध , शुद्ध पानी पाइने ,अर्को भनेको जैविक बिबिधता र स्थानीय ज्ञान तथा सीपको संरक्षण हुने गर्दछ । यसरी हेर्दा नेपालमा पछिल्लो समय अर्गानिक खेतीको चर्चा व्यापक हुदै गइरहेको छ । सबै तिर अर्गानिकलाई प्राथमिकता दिदै आइरहेको छ । नेपालबाट गुणस्तर कृषि उपच उत्पादन गरि बिदेशमा निर्यात गर्न सकिन्छ । अर्गानिक कृषिबाट प्रमाणीकरण गरि आर्थिक लाभ लिन सकिन्छ भने अर्को तिर अर्गानिक उपच उपभोग गर्दा हाम्रो स्वास्थ्यलाई फाइदा हुन्छ ।




error: Content is protected !!