भेरी करिडोर ः पासागाड – रिम्ना सडकको पिच गर्ने प्रक्रिया सुरु

हेमन्त केसी
जाजरकोट ,  अस्थायी रुपमा ट्याक खुलेर यातायात सञ्चालन हुँन थालेको १४ वर्ष पछि पासागाड – रिम्ना सडक खण्डको पिच गर्ने कार्य सुरु भएको छ ।


भेरी करिडोर अन्तरर्गत पर्ने जाजरकोट सदरमुकामको पासागाड देखि रिम्ना सम्मको पहिलो चरणमा पिचको काम सुरु भएको सडक डिभिजन चौरजहारीले जनाएको छ । आज डिभिजन कार्यालयले वोलपत्र आवह्वान गरेर कामको सुरुवात गरेको हो । जाजरकोटको पासागाड देखि डोल्पा सम्म पर्ने भेरी करिडोर अन्तरर्गत वहुँवर्षे ठेक्का मार्फत काम सुरु गरिएको छ । पहिलो चरणमा पासागाड –रिम्ना सडक खण्डको काम सुरु गर्ने प्रक्रिया अगाडी बढेको छ भने दोस्रो चरणमा रिम्ना , चिसापानी हुँदै तल्लु सम्मको काम सुरु हुँने डिभिजन कार्यालयले जनाएको छ ।

छिन्चु – जाजरकोट सडक खण्डमा पासागाड सम्म पिच भएकाले त्यहाँबाट रिम्ना सम्म पहिलो चरणमा पिच गर्न लागिएको हो । भेरी करिडोर अन्तरर्गत सडकको स्तरउन्नती सँगै पिच गर्ने काम यो आर्थिक वर्षबाट सुरु भईसकेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो । मन्त्री बस्नेतको भेरी करिडोरमा तत्काल पिच गर्ने चुनावी नारा समेत रहेको थियो ।

अस्थायी ट्याक खोलेको १४ वर्ष सम्म सडकको स्तरउन्नती नहुँदा यस सडक खण्डमा यात्रा गर्ने स्थानीयहरु दैनिक धुलामे हुँने गरेका थिए । जाजरकोट – डोल्पा सडक खण्डकको मुख्य भाग रहेको यस खण्डमा कच्ची तथा साँघुरो सडक हुँदा आधा दर्जन दुर्घटना समेत भईसकेको थिए । वर्षायाममा वर्षेनी अवरुद्ध हुँदै आएको यस खण्डमा हिउदयाममा मात्र यातायातका साधनहरु धुलाम्य हुँदै सञ्चालन हुँने गरेका छन् ।

२८ किलोमिटर सडक पहिलो चरणमा काम हुँने छ । वहुवर्षे ठेक्का अनुसार काम पुरा गदै अगाडी बढ्दै जाने लक्ष्यका साथ काम सुरु भएको मन्त्री बस्नेतले टेलिफोन मार्फत जानकारी दिनुभयो ।
पिच सँगै पुल निर्माण कार्य सुरु

भेरी करिडोर अन्तरर्गत जाजरकोट –डोल्पा सडक खण्डमा पुल निर्माूण कार्य समेत सुरु भएको छ । जाजरकोट तर्फको नलगाड नदीमा डिपिआरको काम सकेर वोलपत्र आवह्वान गर्ने चरणमा पुगेको छ ।

त्यस्तै रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको वाँके ज्यूलामा पुल निर्माण कार्य अगाडी बढेको छ । भेरी नदीमा ठुला पुल निर्माणका लागि डिपिआरको काम अन्तिम चरणमा पुगेकोले छिटै वोलपत्र आवह्वान गरेर काम सुरु गर्ने विभागले जनाएको छ ।

यो सडक खण्ड भित्र निर्माण हुँन लागेका सवै पुल तत्काल काम चलाउ सम्मको मात्र भएको बताएको छ । आगामी असोजमा पुल निर्माण कार्य पुरा गर्ने उदेश्यका साथ काम भईरहेको सडक विभागले जनाएको छ ।

त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने करपगाड खोला, खदाङ्गको हरियापानीस्थित ठूलीभेरी नदी, त्रिपुराकोटको छलगाड खोला, त्रिपुराकोट बगरस्थित ठूलीभेरी नदी र ठूलीभेरी नगरपालिकामा पर्ने रुपगाड खोलामाथि बेलिब्रिज पुल निर्माण गर्न लागिएको हो ।

सडक विभाग र बिएनबी कन्सल्टेन्सीले पुलको पुलको अन्तिम नक्साङ्कन सम्पन्न गरी काम अगाडी बढाउन लागेको जानकारी दिएको छ । करीब ११८ किलोमिटर लामो जाजरकोट–डोल्पा सडकको ट्र्याक खोल्ने कार्य नेपाली सेनाले २०७५ मङ्सिर ४ गते सम्पन्न गरेको थियो । निर्माण गरेको एक वर्षपछि २०७६ कात्तिक २१ सडक विभागलाई जाजरकोट–डोल्पा सडक औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो ।

पुल निर्माणसँगै विद्युत आयोजना निर्माणमा सहजता आउने
भेरी करिडोर भित्रका सडकमा पिच पुलको काम सुरु भएसँगै सडक भित्रपर्ने नलगाड जलविद्युत आयोजना र जगदुल्ला जलविद्युत आयोजना निर्माणका लागि सजिलो हुँने भएको छ । आयोजना निर्माणका लागि लिनुपर्ने कच्चा पदार्थ तथा आवश्यक उपकरण र विद्युत लिन समेत सजिलो हुने भएको छ । अहिले आयोजना स्थलमा हवाई मार्गबाट त्यस्तै जिल्लाका अन्य आन्तरिक सडक निर्माणका लागि समेत थप सहयोग पुग्ने छ ।





error: Content is protected !!