के महिलाहरू बेकार कराइरहेका हुन् ?

सविता विमली
झापा यात्राको योग अपर्झट बन्दैनथ्यो। पूरै प्लान्डु हुन्थ्यो। कुन बस, कुन बेला, कति नम्बरको, कतापट्टिको कुन सिट, सिटको अर्को छेउमा बस्ने को छरु सबै विवरण हात परेपछि मात्र यात्रा तय हुन्थ्यो।
सिट अगाडि नै हुनुपर्ने, लामो यात्रामा साथी हुनैपर्ने, साथी नभए अर्को सिटमा महिला हुनैपर्ने, नभए सिट साटेर भए पनि महिला नै ल्याइदिनुपर्ने( यस्ता सर्तबीच धेरै छोरीहरूले यात्रा गरेको हुनुपर्छ।
अद्यापि यस्तै ससर्त यात्रा गरिरहेका होलान् कतिपय छोरीहरू।
समय परिवर्तनोन्मुख छ। अहिले छोरीहरू एक्लै यात्रामा निस्कन्छन्। घरबाट टाढा पुगिरहेका छन्। दसैंतिहारको बिदा मान्न मात्र होइन, घुमघामका लागि पनि उपयोग भइरहेको छ। र, यो घुमघाम परिवारमा मात्र सीमित छैन। स्वदेशमा मात्र सीमित छैन। कोही एक्लै, कोही समूहमा हिँडिरहेछन्।
अचेल म धेरै महिलाहरू घरबाहिर निस्किएको देखिरहेकी छु। नाइट(आउटमा रमाइरहेको देख्छु। अलिकति आफ्नो लागि समय निकालेर रमाइरहेका उनीहरूका अनुहारको खुसी हेर्छु र दंग पर्छु।
यस्तो खुसी धेरै टिकाउ भने हुँदैन
पुस १ गते। घामको ताप विस्तारै उकालो लाग्दैछ। पेटभरि भोक छ। म क्यान्टिनतिर लाग्छु। पद्यकन्याको क्यान्टिनअगाडि दुई मित्र बसेको देखेर उतै तानिन्छु।रि
मे आइ जोइन यू
पुरुष मित्र भन्छ, नआऊ, तिमी अल्ट्रा फेमिनिस्टहरू
म उसको कुरा वास्ता गर्दिनँ। गएर बसिदिन्छु। सँगै चिया पिइरहेकी साथीलाई ऊ र्याडिकल फेमिनिस्टु भन्छ। ऊ चुपचाप बस्छे। ऊ फेरि भन्छ– अहिले सँगै चिया पिएको भरमा तिमीहरूले केस गरिदिनसक्छौ१ु
ऊ नारीवादी भनिरहन्छ मलाई। तर उसको समकालीन समूहमा सबैभन्दा धेरै बोली र व्यवहारले नारीप्रति सम्मान गर्ने पुरुषका रूपमा चिन्छु म उसलाई।
एकल आमाले हुर्काएको छोरो हो ऊ। आमाका दुःख र संघर्ष भित्रैदेखि अनुभूत गरेको छ। आमालाई असाध्यै प्रेम गर्छ। श्रीमतीलाई उत्तिकै सम्मान गर्छ।
ुमेरो त सबै काम बूढीले गरिदिन्छे। म त आफूले लगाएको कट्टु पनि धुँदिनँ, भन्नेहरूको भिडमा ऊ ुत्यस्तो गर्नु हुँदैन। आफ्नो काम आफैं गर्नुपर्छ। म मेरा लुगा आफैं धुन्छुु भन्छ।
घरमा श्रीमती भएर पनि लुगा धुन नछाडेकोमा हाँसोको पात्र बनाइन्छ। ऊ भने आफूमाथि हाँसिरहेकामाथि नै हाँसेर हिँडिदिन्छ। बिरामी श्रीमती डोहोर्याएर डाक्टरकहाँ पुग्छ। श्रीमतीको परीक्षामा सँगसँगै लागेर पढाउँछ। सहयोग गर्छ।
यहीँनेर म एक प्रगतिशील अगुवा सम्झन्छु, जो डाक्टरले चाँडै शल्यक्रिया गर्नुपर्छ भनिएकी श्रीमतीलाई अस्पताल लानुभन्दा ुश्रीमतीले यसरी नै अल्झाएको भए के मार्क्स, मार्क्स हुने थिए रुु भन्छ। उनकी श्रीमती अहिलेसम्म अस्पतालमा आफूलाई रुङ्ने कुरूवा पर्खिरहेकी छन्।
लगभग दुई शताब्दीदेखि तेस्रो विश्वका मानिसको दिमाग भुटिरहेको मार्क्सवादको विकृत हुलिया देखेर स्वयं मार्क्सलाई पनि अन्ततः आफू मार्क्सवादी नभएको स्वीकार गर्नुपर्ने अवस्थामा पुर्याउने यस्तै मार्क्सवादी हुन् क्यारे१
र्याडिकल फेमिनिस्टु भनिएकी साथी बोल्छे– ुतिमी त्यसो भन्छौ तर म त्यस्तो छुइनँ। असाध्यै चित्त नबुझ्दा मात्र हो बोल्ने। बोल्न त पाउनुपर्यो नि१ यो राम्रो होइन, सही भइरहेको छैन भनेपछि कसरी चुपचाप हेर्नु मात्र। कोही त बोल्नुपर्यो नि१ु
धेरै ठाउँमा सही भइरहेको छैन। अब चुप रहने होइन, त्यसैले कोही त बोल्दै छ। र, अब बोल्न ढिलो गर्नुहुन्न।
के अहिले बोलिरहेका महिला बेकार कराइरहेका हुन्रु के महिलाहरू आरोपका नाममा आरोप मात्र लगाइरहेका छन्रु यी ुफेमिनिस्टु भनिएका महिलाका घरमा पारिवारिक कलह मात्र छरु घर बिग्रिएका महिलाले चलाएका अभियान हुन यी सबैरु बोल्नेजतिको भएको घर बिग्रिने र बाँकीको घरै नबस्ने होरु सँगै बसेर चिया पिउनुमा, हात मिलाएर, अंकमाल गरेर एकअर्काप्रति शिष्टाचार तथा हार्दिकता व्यक्त गर्न हामी डराइरहेकै हौं तरु महिलाले लगाइरहेका आरोप यतिमा मात्रै सीमित छन्रु कुनै एउटै घटना या व्यवहारमै मात्र महिला यसरी बोलिरहेका हुन्रु
कक्षाकोठामा बोलिरहेछन् महिला। पसलमा बार्गेनिङ गरिरहेछन्। बसमा, यात्रामा बोलिरहेछन्। उनीहरूको स्वरलाई अब अर्को स्वरको भरथेग नचाहिने हुँदै गएको छ। आजभोलि किन हो घरमै पनि बाझिरहेका, छुच्चा छोरीहरू मनपर्छन्। प्रश्न गर्ने, कारण खोज्ने, निडर, निर्भय, निर्भीक छोरीहरूका अनुहारले दिने सन्तुष्टिको के कुरा गरौं१
दसैंंअगाडिको कुरा।
शंकरदेव क्याम्पसमा बिबिएमा नाम निकालेकी दिदीकी छोरीको असावधानीवश छुटेको भर्ना गराउन क्याम्पस पुगेँ। केही प्रयत्न गरेपछि उसले भर्ना हुन पाई। त्यहाँबाट निस्कँदै गर्दा उसकी साथीको फोन आयो। उसकी साथीको पद्यकन्यामा नाम निस्किएनछ।
यी दुवैलाई नजिकबाट हेरिरहेकी थिएँ म। कक्षा ११ मा बराबरी अंक ल्याएका उनीहरू १२ मा भने थोरै नम्बर अघिपछि थिए। पद्यकन्यामा नाम ननिस्किएकी छोरीले भने १२ कक्षामा ३।९२ जिपिए ल्याएर यसपटकको राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट भएकी थिई। ११ र १२ को संयुक्त जिपिए ३।८० थियो। यस्तो विद्यार्थीको नाम किन निस्किएनरु
मैले उसलाई क्याम्पस आउन भनेँ। पुग्दा उसको ट्रान्सक्रिप्ट नबुझाइएको पाइयो। नाममा गल्ती भएका कारण सच्याउन दिइएको र सच्चिएको ट्रान्सक्रिप्ट आइनपुगेकाले उसले बुझाएकी रहिनछ। पर्याप्त कागजपत्र नपुगेकाले क्याम्पसले उसको प्रवेश परीक्षाको नतिजा रोकिएको बतायो।
उसलाई निवेदनका साथ बिग्रिएको ट्रान्सक्रिप्टको नक्कल प्रति छोड्न भनियो।
नयाँ भर्ना जोडतोडले चलिरहेको थियो। हामी निवेदन लेखिरहेका थियौं। त्यस्तैमा एउटी किशोरी भित्र पसी। सुरूमा पाउने भनिएको छात्रवृत्ति उसले पाइनछ। क्याम्पसले दिएको जवाफमा ऊ सन्तुष्ट थिइन। ऊ झोंक्किइरहेकी थिई। रिसाइरहेकी थिई। छेउमा बसिरहेकी मलाई ऊ अत्यन्त आकर्षक लागिरहेकी थिई।
उसले एउटा फोन गर्न मिल्छ भनेर टेबलमा रहेको फोनतर्फ इसारा गरी। ुमिल्दैनु भन्ने जवाफ पाई। के गरौं के गरौंको भावमा मतर्फ फर्किएर उस्तै आग्रह गरी। मैले फोन दिएँ। उसले दाइलाई बोलाई। फर्किंदा गेटनजिक ऊ पुनः भेटिई। उस्तै रिसाइरहेकी१ उस्तै असन्तुष्ट१
उसलाई देखेर मलाई भने अचम्मको सन्तुष्टि मिलिरहेको थियो।
किन नाम निस्किएन भनेर सोध्ने हिम्मत नगरिरहेका। आफ्नो लब्धांकपत्रमा भएको नम्बर देखाएरै भए पनि आफ्नो हकका लागि बोल्न नसकिरहेका। मसँगै हिँडिरहेका दुई किशोरी भने तार्किक वाकशक्तिका भरमा लडिरहेकी उसलाई देखेर सातो गएजस्ता भएका थिए।
हामीले घरमा आफ्ना सन्तानलाई बोल्न सिकाएका रहेनछौं। आफ्नो हकका लागि बोल्नु ठूला भनिएका व्यक्ति र नाताको ुडिसरेस्पेक्टु होइन भन्न ढिलो भइसकेको छ।
डिसरेस्पेक्टु को भय यस्तो छ, दुई जनाको भेटमा तेस्रो व्यक्ति सोच्छ, मेरै कुरा गरे तिनीहरूले।
र, भर्खरै यस्तै भयको अनुभूति गर्न पाइयो ।
मंसिर पहिलो साताको एक बिहान लेखक उमा सुवेदीले फोन गर्नुभयो। उहाँले आह्वानले कार्यक्रम गर्न लागेको, आह्वानमा नियमित आउने विशेषगरी महिलाले आह्वानलाई कसरी हेरिरहेका छन्रु आह्वानका के(कस्ता कमजोरी छन्रु अब कसरी जानेरु भन्ने विषयमा पन्ध्रदेखि बीस जनासम्म महिलाको समूह एक रात बस्नेगरी नजिकै कतै जान लागेको र सम्पूर्ण खर्च दामासाही भाग लगाइने बताउनुभयो।
समय निकै बाँकी रहेकाले त्यस दिनसम्म छोड्नै पर्ने गरी केही आइनपरे जाने पक्का गरियो।
२० गते शुक्रबार बुढानिलकण्ठ मन्दिर परिसरमा साँझ ४ बजेतिर हामी सहभागीमध्ये असी प्रतिशत भेला भयौं। करिब ४।३० मा नजिकै रहेको तपेस रिसोर्ट पुग्यौं। सात बजेसम्म तय भएका सत्र जनै भेला भयौं। छलफल भयो। गफ गर्यौं। के भइरहेछरु के गर्न सकिन्छरु के गर्नुपर्छरु जस्ता विषयमा गच्छेअनुसारका विचार पोख्यौं। केही सिर्जना सुन्यौं। सुनायौं। आफ्ना कमजोरीका कुरा गर्यौं। शक्तिका कुरा गर्यौं। हामी कहाँ छौंरु जस्ता कुरामा आफ्नै समीक्षा गर्यौं।
आह्वानले सुझाव लिन, छलफल गर्न भनेर त बोलायो तर उसले आफ्नो लगभग पूर्ण तयारी गरेपछि चाहिँ हामीलाई सम्झिएछ भन्ने लाग्यो। यद्यपि हाम्रा केही नवीन सुझाव आह्वानले ग्रहण गर्ला नगर्ला१ गर्नै पर्दाका खण्डमा उसका सीमाहरूलाई उसले मात्र होइन हामीले पनि देखिरहेका छौं नै।
तसर्थ अब आह्वान समूह मात्र रहेन। अब यो संस्था हो, ब्रान्ड हो। यसले आफ्ना आगामी कार्ययोजना कुनै घोषणापत्र ९रु०मार्फत सार्वजनिक गर्नेछ। नेपाली साहित्यमा महिलाहरूले मात्र सुरू गरेको यो अभियान प्रारम्भ भएको लगभग चार वर्षमा हस्तक्षेपसहित अब उभिइसक्यो भन्नमा जिब्रो कमाइरहन पर्दैन।
र, यो बसाइ २१ गते बिहानको नास्तासहित सकियो। हामी फर्कियौं। त्यसको केही दिनभित्रैको एक रात ुतपेस भन्ने ठाउँ कहाँ होरुु भन्ने जिज्ञासा सहभागीमध्ये कसैका म्यासेन्जरमा देखियो। लब्धप्रतिष्ठित लेखकको प्रश्नमा इमान्दार जवाफ लेखियो।
कस्तो प्रोग्राम होरुु
।।।।।। आफ्नै आत्मालोचना पनि गर्यौं।ु
आत्मालोचना भनेको के होरुु
के हुनु र१ आफ्नै समीक्षा गर्ने त हो नि१ु
जाँठीहरू तिमीहरूले गर्छौ आत्मालोचना१ लोग्नेमान्छेहरूकै कुरा गरेर बस्यौ होला नि
यस्तो जवाफ देखेर हजार अरिगांलले एकैपटक चिलेको अनुभूति कसलाई नहोलारु
यो सत्र जना महिलाको समूहमा विश्वविद्यालय, क्याम्पस तथा विद्यालयमा प्राध्यापनरत, विद्यावारिधिप्राप्त, समालोचक, कवि, आख्यानकार, निबन्धकार, नाटककार, गीतकार, पत्रकार, बैंकर, सम्पादक, प्रकाशक थिए। साह्रै ठूलो नभए पनि ससानै हैसियतमा उनीहरू बाँचिरहेछन्। साह्रै ठूलो महत्वाकांक्षा पालेजस्तो कोही देखिँदैनन् पनि। आफूलाई कस्तो न लेखक पनि ठानिरहेका छैनन्। अब त झन्झन् आफ्ना लेखनमा कमजोरी देखेर छक्क परिरहेका यी महिलाले साँच्चै नै आफ्नै कमजोरीका नाममा त्यो समय बिताएभन्दा पत्याउने कसले
लेखनमा संघर्ष गरिरहेका महिला देखिने गरी पहिलोपटक एकै ठाउँमा यो चिसो मौसममा एउटा न्यानो रात बिताएको यो समाजलाई खट्किएकै हो
हामीले पिउनुका नाममा कालोरसेतो चियारकफी पियौं। यो सत्र जनाको समूह पुरुषहरूको कुरा काट्न त्यहाँ पुगेको थिएन। महिलाहरूको यस्तो सक्रियता पुरुषका आँखामा बिझेकै हो
प्रिय लेखक तपाईं सामान्य मानिस होइन भन्ने तपाईंको लेखनले भन्छ। तपाईंलाई लेखककै रूपमा प्रेम गर्न, सम्मान गरिरहन मन छ। हामी महिलाहरू त सानै चित्तका भएछौं रे लौ, तर तपाईंलाई यति छुद्र देखिरहन पनि सजिलो नहुँदो रहेछ।
यो बौद्धिक दरिद्रताबाट माथि उठ्न आग्रह गर्छु, महोदय
अन्ततः मान्छे मान्छे नै हो। उसको लेखन र उसको व्यक्तित्व असाध्यै विपरीत छन्। लेखनको आदर्श तपाईंले व्यक्तिमा खोज्नुभयो भने दुर्घटना हुनेछ र यही दुर्घटित विश्वासका नाममा यति बोलियो है










