नेपालमा सामुदायिक रेडियोको सान्दर्भिता कति ?

हेमन्त केसी
नेपाल जस्तो भौतिक पूर्वधारको विकासमा पछि परेको , शिक्षा र नागरिक चेतनानाको स्तर कम भएको , आर्थिक , सामाजिक अवस्था कमजोर भएको तथा जातजाती , धर्म , भाषा , वर्ण, सम्प्रदाय र संस्कृतीको विविधतायुक्त देशमा सामुदायिक रेडियोको सान्दर्भिकता अरु देशको तुलनामा अझ बढी रहेको छ ।
यहाँको भूबनोट , हावापानी, र जैविक विविधताका कारणले पनि हामीलाई हाम्रो आप्नो समुदायमै सञ्चार गर्ने रेडियो चाहिन्छ । जस्तो विशेषता भएको नेपालजस्तो तेस्रो विश्वको मुुलुकमा समाजको समग्र क्षेत्रको विकासका लागि आवश्इक सञ्चार सामुदायिक रेडियो नै राम्रो हुन्छ । नागरिकको सूचना विचार र अभिव्यक्तिका कुराहरुलाई यहाँ केन्द्रको रेडियोले मात्र सम्वोधन सक्दैन । नागरिक स्वतन्त्रताको हक , दिगो शान्ति र समुदाय हुँदै देशको विकासका निम्ति यहाँ सामुदायिक रेडियोहरु नै बढी मात्रामा प्रभावकारी सञ्चारको साधनका रुपमा मानिन्छन् ।
यसले समुदायमा नै केन्द्रित भएर समुदायलाई आवश्यक सञ्चार गर्दछ । जुन हाम्रो जस्तो भौगोलिक र सांस्कृतिक विविधतायुक्त देशलाई आवश्यकता पर्दछ । सामुदायिक रेडियो समुदायमा मात्र केन्द्रित हुन्छन् । यो रेडियो प्रर्णाली व्यावसायिक जस्तो नाफामुखी हुँदैन् । त्यस्तै सरकारी रेडियो जस्तो सरकारको मात्र सूचना दिने र सरकारले गरेका कामहरुको गुनगान गाउने खालको पनि हुँदैन । त्यस्तै यसमा सार्वजानिक प्रशारण माध्यम अनुरुप चल्ने सरकारको अप्रत्यक्ष हस्तक्षेप हुने र सैद्धान्तिक कुराहरु मात्र गर्ने हुँदा त्यसमा सम्भ्रन्त वर्ग र पढेलेखेका मानिसहरुको मात्र पहुँच हुँन् खतरा हुँदैन् । सामुदायिक रेडियो निश्चित भूगोलमा वसोवास गर्ने समुदायले आफनो हितका लागि आफैँले लगानी गरेर विषय वस्तु समेत चयन गरेर आफ्नो खाँचो र आवश्यकता वमोजिम प्रशारण गर्ने एउटा स्थानीय स्तरको प्रशारण माध्यम हो ।
यसको अवधारणा वमोजिम नै यसले समुदायकै सहयोगमा आफ्नो खर्चको व्यवस्थापन गर्दछ र समुदायका लागि नै काम गर्छ । समग्रमा जस्तो कि समाचार ,कार्यक्रम , गीत , संगीत , र अन्य सूचनाहरुमा समेत समुदायले नै पहिलो प्राथमिकता पाउँछ । नेपालमा हाल देशभरि सञ्चालनमा रहेका सामुदायिक रेडियोले पनि यस्तै विषय वस्तुलाई नै उच्च प्राथमिकता राखेको देखिन्छ ।
हाल नेपालमा सञ्चालनमा रहेका समुदायिक रेडियोहरुले कैयौँ स्थानीय भाषाहरुलाई जोड दिएका छन् । ती रेडियोहरुले स्थानीय भाषाहरुमा र स्थानीय विषय एवं खाँचोकै समाचार अनि कार्यक्रम दिईरहेका छन् । सुरुका तुलनामा यो क्रम झनै बढेर आएको छ । किनभने देश संघीयतामा गएको कारणले गर्दा पनि यतिखेर स्थानीयता , क्षेत्रीयतामा मानिसहरु बढी रमाउने थालेका छन् । यसका अतिरिक्त स्थानीय नागरिको विचार , अभिव्यक्तिको भरपर्दो माध्यम पनि अहिले सामुदायिक रेडियो बनेको छ । सामुदायका मानिसले आफ्नो खाँचो र प्राथमिकता निर्धारण गर्न समाजमा आवश्यक शिक्षा , खानेपानी, स्थानीय विकास, महिला सम्वन्धि कार्यक्रम एवं सामाजिक विकासका सकरात्मक परिवर्तका लागि सघाउने कार्यका लागि पनि अहिले स्थानीय नागरिकले सामुदायिक रेडियोलाई नै सारथि बनाएका छन् ।
नेपालमा सामुदायिक रेडियोको चुनौतीहरु
समुदायका विकासका लागि महत्वपूण भूमिका निर्वाह गर्ने सामुदायिक रेडियोले विभिन्न समस्य झेल्दै आएका छन् । ठुलो समस्य त राजनीतिक प्रभाव र यी रेडियोहरुको राजनीतिप्रतिको झुकाप हो । एउटै राजनीतिक आस्था भएका वा एउटै राजनीतिक दलका सदस्यहरु संगठित भएर सामुदायिक रेडियो खोल्ने विद्यमान परिपाटी विगतमा देखिएको हो र यो परम्परा अद्यापि कार्यम रहेको पाईन्छ ।
त्यस्तै सामुदायिक रेडियोको अन्तराष्ट्रिय मापदण्डले सामुदायिक रेडियोले स्थानीय परिचयलाई प्रतिविम्बित र प्रत्साहित गर्नुपर्छ । यसले आप्नो कार्यक्रममा स्थानीय संस्कृतीलाई केन्द्रित गर्नुपर्छ । हाम्रा अधिकांश सामुदायिक रेडियोहरुमा हिन्दी गीत , पप, र र्यापले पाएका छन् । विकासोन्मुख देशहरुमा सरकारले ग्रामीण विकासका लागि अबौँ रकम खर्च गर्ने गरेका छन् तर त्यबाट लक्षित प्रतिफल हासिल भने हुँन सकेको छैन् ।
त्यस्तो रिक्तताको खाडललाई सामुदायिक रेडियोले पुरा गर्न सक्नु पर्छ । सामुदायिक रेडियोको अर्को कम्जोरी भनेको स्थानीय समुदायसँग कम्जोर रुपमा हेर्ने दृष्टिकोणका कारण समुदायसँग राम्रो सम्वन्ध स्थापना गर्न समस्य भएको छ ।
त्यस्तै सामुदायिक रेडियो स्थापनाको सुरुवाती वर्षहरुमा नेपालमा देखिएको द्धन्द्धले यी रेडियोको सञ्चालनमा चुनौती । द्धन्द्धको समयमा संकटकालका कारण सामुदायिक रेडियोको बजारीकरणमा समस्य , संविधानमा स्वतन्त्रताको ज्ञारेन्टी भएतापनि सरकारको अनुदार रबैया, कम्जोर अर्थतन्त्र र कम्जोर व्यवसायिक क्षमताका बीच नेपालका सामुदायिक रेडियोको सवै भन्दा ठुलो चुनौती भनेकै विश्वसनियता आर्जन गर्नुपनि रहेको छ ।
कानुनि अस्पष्टता
सामुदायिक रेडियोका लागि कानुनी अस्पटष्टता एक समस्य हो । बोलीचाली र सामान्य व्यवहारमा सामुदायिक र कमर्सियल रेडियोको भिन्नाता जस्तो सुन्ने गरिएपनि कानुनमा छैन् । यी दुई रेडियो बीचको स्पष्ट कानुनी व्यवस्थापन नहुँदा यसले यी रेडियोको सञ्चालनमा पनि समस्य उत्पन्न हुँदै आएको छ । सामुदायिक रेडियोलाई के भन्ने र तिनलाई कानुनी प्रावधान के कस्तो राख्न् भन्ने चाहिन्छ । सामुदायका लागि ती रेडिया हुँन् र सामाजिक सशक्तिकरण ल्याएका छन् झन तिनका लागि राज्यले के कस्तो सहुलियत दिने , देशमा कसरी सञ्चालन गर्ने भन्ने कुरा स्पष्ट हुँनुपर्दछ ।
मुलधारका मिडियामा वैकल्पिक मिडियाको रुपमा भुमिका
काठमाडौँका मुलधारका रेडियोले उठाउन नसकेका वा छुटाएका विषय वस्तु स्थानीय स्तरमा सञ्चालनमा रहेको रेडियोले मुद्धा उठाउने कार्य नै आपनत्वको एक आधार हो ।
काठमाडौँले बोल्ने बोली भन्दा जाजरकोटमा सञ्चालनमा रहेका रेडियो वा अन्य मिडियाले बोल्ने भाषा नितान्त फरक छ । स्थानीय , साना साना कुरा उठाएर स्थानीयलाई जागरण पैदा गरी सूचनाको पहुँचमा आम नागरिकलाई पुर्याउनु स्थानीय सञ्चार माध्यमको मुख्य काम हो । सामुदायिक रेडियोले व्यवसायिक रेडियो जस्तो गरी सामाचारका मुख्य वुुद्धाको बीचमा विज्ञापन प्रशारण गर्न सान्दर्भीक नहुँदा , नहुँदै पनि वल मिच्याई गरेको देखिन्छ ।
समुदायिको रेडियो , समुदाय जस्तो व्यवहार भएन भने त्यो मिडिया जनताको खास पहुँचमा हुँदैन र स्रोताले अर्को विकल्प राज्न थाल्छन् । अहिले देशमा सवैका आवाज मुखरित नभएकै कारण अन्य मिडियाहरु विकल्पको रुपमा सञ्चालन हुँदै आएका छन् । सामुदायिक रेडियो नाम दिएर कपी कारिता गरी समाचार प्रशारण गरेमा त्यो समुदायको आवाज भन्दा पनि मालिकको स्वार्थमा समाचार प्रशारण भएको स्पष्ट भएको स्रोताले सजिलै थाहा पाउँछन् ।
सामुदायिक रेडियोले आवाज दिने हो , तर यहाँ त समाचार कपी गरेर प्रशारण गरेपछि कहाँ बाट आवाज पाउनु र कत्ताबाट स्रोताले सुन्नु ? यस्तो खालको कार्यले समुदायिक रेडियो सञ्चालनमा आफ्नो पन हराउछ ।
विज्ञापन नदिनेको समाचार किन प्रशारण गर्ने ?
अहिले पछिल्लो समयमा जवर रुपमा उठेको समस्य भनेकै विज्ञापन प्रशारण नगर्नेको समाचार किन दिने भन्ने रेडियो सञ्चालकको तर्कले समस्य बनाएको छ । समाचार र विज्ञापन नितान्त फरक कुरा हुन् । समुदायको आवाज जति उठाईन्छ , त्यति वजारले मिडिया हेर्ने हो । समाचार दैनिक कपी पेष्ट गरेर प्रशारण गरेपछि कहाँबाट वजारले त्यस्ता मिडिया पत्याउछन् ।
लेखक ः पुर्वञ्चल विश्वविद्यालय आम सञ्चार र पत्रकारिताका विद्यार्थी हुँन् ।




सम्बन्धित समाचार


error: Content is protected !!