यसकारण स्तन क्यान्सर

डा.विवेक आचार्य
क्यान्सररोग विशेषज्ञ
वीर अस्पताल
स्तनको सामान्य अवस्थामा परिवर्तन हुनु, गाँठा तथा गिर्खा आउनु स्तन क्यान्सरका सामान्य लक्षण हुन् । हाम्रो शरीरमा रहेका कोष तथा हर्मोनको गडबडीका कारण स्तन क्यान्सर हुने गर्छ । पुरुषको तुलनामा यो रोग महिलामा बढी देखिन्छ ।
सुरुवाती अवस्थामा उपचार गरेमा स्तन क्यान्सर पूर्ण रूपमा निको हुन्छ ।
स्तन क्यान्सर हुँदा प्रायः काखीको छेउमा गिर्खा तथा गाँठा आउने गर्छ । स्तन तथा यसको वरिपरि कुनै किसिमका गाँठा वा गिर्खा छन् र छाम्दा दुख्दैन भने यो स्तन क्याक्सरको लक्षणसमेत हुन सक्छ । यस्तो अवस्थामा तुरुन्त सम्बन्धित स्वास्थ्यकर्मीसँग परामर्श गरी परीक्षण गर्नुपर्छ ।
कारण
- ढिलो विवाह गर्नु ।
- लामो समयसम्म बच्चा नहुनु वा बाँझोपना ।
- महिलामा हुने हर्मोन गडबडी,
- मोटोपन बढी भएमा ।
- शारीरिक क्रियाकलाप कम गर्नाले ।
- मद्यपान तथा धूम्रपान सेवन ।
- धेरै तातो चिया–कफीको प्रयोग ।
- चिल्लो, पिरो र नुनको अत्यधिक प्रयोग । रातो मासु बढी खाने महिलामा स्तन क्यान्सर हुने सम्भावना बढी हुन्छ
रोकथामका उपाय
- भिटामिनयुक्त खानेकुरा नियमित खाने । नियमित स्वस्थ्य परीक्षण गर्ने । आफ्नो स्तनको आफैँ निरीक्षण गर्ने बानी बसाल्ने ।
- स्तन वा वरिपरि गाँठा–गिर्खा फेलापरेमा तुरुन्त सम्बन्धित अस्पतालमा जचाउँने ।
- चिल्लो तथा बोसोयुक्त खानेकुरा सकभर नखाने वा कम खाने ।
- सुर्तीजन्य पदार्थको सेवन नगर्ने ।
- मोटोपना घटाउने ।
- बच्चालाई कम्तीमा दुई वर्षसम्म स्तनपान गराउने । नियमित शारीरिक व्यायाम गर्ने ।
- स्तनको सामान्य अवस्थामा आएको परिवर्तनसँगै कुनै किसिमको गाँठो छ, छैन भनी आफैँ निरीक्षण गर्न सकिन्छ ।
- सुरुवाती अवस्थामा उपचार गरेमा स्तन क्यान्सर पूर्ण।








