मंसिर ४ जाजरकोटको कालो दिन ‘रोएरै विते पाँच बर्ष, सपनीमा मात्र आउँछन् आफन्त’


कालीबहादुर नेपाली ,जाजरकोट । भनिन्छ, ‘छिटो गएँ के हो के हो । ढिलो गए अवश्य पुगिन्छ ।’ यो टुक्का प्रयोग हुने त्यो बेला मात्रै हो जति बेला हामी कुनै पनि सवारी साधनमा यात्रा गरिरहेका हुन्छौँ ।
नेपालमा दैनिक रुपमा दर्जनाँै दुर्घटना हुने गरेका छन । दुर्घटनामा परी कति मानिसले ज्यान गुमाउँछन, कति अंगभङ्ग हुन्छन् त्यही एउटा दुर्घटनाका कारण जीवनभरी अपाङ्गको जीवनयापन गर्छन् ।
दुर्घटना भईसकेपछि दुर्घटनामा परी ज्यान गुमाउने र अपाङ्गको हुनेको मात्रै नभई कतिपयको परीवारकै अस्तीत्व समाप्त हुन्छ । दुर्घटनामा परी कतिको कोख रित्तो हुन्छ, कतिको सिउँदो पुछिन्छ, कतिको माईती रित्तिन्छन्, कतिको बाबु आमा, दिनि भाई सब परीवारको अन्त्य हुन्छ । अनि त्यो मृतकका परीवारको जो सदस्य बाँच्छ उनीहरुको सम्झना र स्मृतीमा पटकपटक जिउँदै मर्छ ।
दुर्घटनामा पर्ने र उस्का आफन्तलाई मात्रै हैन दुर्घटनाको समाचार लेख्ने, पढ्ने, उद्धारमा खटिने सैनिक मात्र नभई सिङ्गो देशबासी लाई नै स्तब्ध बनाउँछ ।
भेरी न.पा.–२ की लक्ष्मी खड्का बस दुर्घटनापछि पति वियोगमा परिन् । श्रीमानको मृत्युसँगै उनको काँधमा एक छोरा र दुई छोरी हुर्काउने जिम्मेवारी आइलाग्यो । ‘दैनिक गुजारा चलाउनै मुस्किल परेको छ,’ भक्कानिँदै उनले भनिन्, ‘नेपालगन्ज जान हिँडेका श्रीमानको मृत्युको खबर सुनेको त्यही दिनको दुःखद् घटनाको याद बारम्बार आइरहन्छ । केटाकेटीका लागि भए पनि मुटुमाथि ढुंगा राखेर जिउनुपरेको छ ।’ उनले भक्कानिँदै भनिन् ‘चाहे त्यो शत्रु किन नहोस् भाग्य नफुटोस्, इतिहास नदोहोरियोस् ।’
यस्तै भेरी न.पा.–४ रामजानकी टोलका कैलाशसिंह खत्रीलाई मंसिर ४ को दुःखद यादले सताइरहन्छ । ०७१ साल मंसिर ४ गते भुर रावतगाउँ नजिकै ५४ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनामा उनका छोरा प्रदेशसिंहले पनि ज्यान गुमाएका थिए । उनले भने, ‘नेपालगन्ज जान हिँडेको छोरा कहिल्यै नफर्किने गरी हामीलाई छाडेर गयो । मंसिर ४ हाम्रा लागि कालो दिन हो ।’ छोरा बितेपछि बुहारी दोस्रो विवाह गरेर गएको उनले बताए ।
‘नाबालक नाति नातिना हुर्काउने जिम्मा मेरै काँधमा आइप¥यो’, उनले भने, ‘मेरोजस्तो पीडा कसैले भोग्नु नपरोस् ।’ यस्तै हालत छ ५४ जनाका परिवारको । दुर्घटनामा ज्यान गुमाउनेका परिवारमा त्यतिबेलाको पीडाले पछ्याइरहेको छ ।
देशमा जतिपनि दुर्घटना हुन्छ त्यो दुर्घटनाका कारण अंगभंग हुने दुर्घटनाकै कारण पारिवारिक बिखण्डन हुने र आर्थिक रुपमा समेत ठुलो क्षति हुने गरेको छ । सञ्चार माध्ययमहरुमा दुर्घटनाको खबर नआएको त दिन नै हुन छाडेको छ ।
किन हुन्छन् दुर्घटना ?
ट्राफिक प्रहरीले राजमार्गमा दैनिक रुपमा सुरक्षा चेकजाँच गरिरहेको हुन्छ, जनचेतनामुलक कार्यक्रमलाई समेत निरन्तरता दिई नै रहेको हुन्छ तरपनि दुर्घटनामा कमी हुनुको साटो बढदै गएको छ ।
राजमार्गमा असिमित गति र लापरबाहीका कारण नै बढी दुर्घटना भएका देखिन्छन । सार्बजनिक बस लगायतका सवारीमा बढी यात्रुको चाप, ओभरटेक, मदिरा सेवन र कतिपय अबस्थामा चालक निदाउने समस्याका कारण दुर्घटना बढेका छन ।
मोटरसाईकल लगायतका साधनमा यात्रा गर्दा चालकहरुले मदिरा सेवन गरी सवारी चलाउने,हेलमेट प्रयोग नगर्ने र असावधानी पुर्बक सवारी चलाउने भएका कारण पनि दुर्घटना बढदै गएका छन । ट्रक, ट्रयाक्टर, लहरी लगायत मालवहाक सवारी साधनमा समेत चालकले मादक पदार्थ सेवन गर्ने र क्षमता भन्दा बढी लोड बोक्ने कारण अनियन्त्रित भई दुर्घटना हुने गरेका छन ।
दैनिक रुपमा दुर्घटनाले भयानक रुप लिईरहेको छ । सडकमा नियमसंगत रुपमा सवारी चलाउनेहरु समेत अन्य चालकहरुको असावधानीका कारण दुर्घटनाको जोखिममा पर्ने गरेका छन । सवारी सञ्चालन सम्बन्धि नियम कानुन सबै छ,चेकजाँचमा समेत उत्तिकै कडाई गरिएको छ तरपनि दुर्घटनाका घटना दिनप्रतिदिन बढ्दो छ ।
यसरी बन्यो कालो दिन ?
जाजरकोटको बिभिन्न गाउँका ६५ जना मानिस । जो आफ्नो मनमा रहेको हजारौँ सुनौला सपना साकार पार्न निरन्तर संघर्षको यात्रा गरीरहेका थिए । थाहा छैन उनीहरुले जन्मिएदेखि लामो र छोटो दुरीका कति यात्रा पुरा गरे ।
थाहा छैन् उनीहरुले आफ्नो जीवनको कति समय यात्रामा नै समर्पीत गरे । सायद उनीहरुको कतिपय यात्राले उनीहरुको मनमा रहेको कति सपना पनि पुरा गरीदियो होला ।
हो । हरेका मान्छे कुनै न कुनै सपना मनमा सजाएर मात्रै आफ्नो यात्रा तय गर्छ । कतिपय मानिसको कतिपय यात्रासँगै उनको सपना पनि पुरा हुन्छ । अक्सर, कहिलेकाँही मानिसका कुनै यात्रासँगै उनको मनमा फक्र्रीँदै गरेको कति सपनाको साथमा जीवनको पनि अन्त्य भई दिन्छ ।
कोही पनि मानीसको यात्रा र सपना बिफल हुनुको एउटा मात्रै कारण बन्दिन्छ । ‘दुर्घटना’ । हो यही पापी दुर्घटना । बिसं २७१ साल मङ्सीर ४ गते । जाजरकोटको सदरमुकाम खलंगाबाट अनगिन्ती सपनाहरु मनमा सजाएर नेपालगञ्जसम्म यात्रा तय गरेको ती ६५ जना मध्ये कसैको पनी यात्रा पुरा भएन ।
मनका सपनासँगै खलंगाबाट बिहानको करीब ६ बजे सुरु गरेका उनीहरुको यात्रा छिन्चु जाजरकोट सडकखण्डको भुर नजिकै बिहानको करीब ७ बजे भेरी नदीमा डुब्न पुग्यो । अर्थात् उक्त बस दुर्घटनामा परी भेरी नदीमा डुबेपछि ती ६५ जना मध्ये ५४ जनाको जीनवपनि त्यही भेरी नदीमा बगिरहेको पानीको फोकासँगै फुट्यो भने बाँकी ११ जनाको सिर्फ त्यो दिनको मात्रै सपना फुट्यो ।
मतलब दुर्घटनामा परी ५४ जनाको मृत्यु अनि ११ जना घाईते भए । उक्त दुर्घटनामा परेर मृत्यु हनेहरु जाजरकोट, सल्यान, गोरखा, चितवन, नेपालगञ्ज लगायत बिभिन्न ठाउँका थिए । सोही दुर्घटना भएको दिनदेखि मङ्सीर ४ गतेलाई जाजरकोटका मानिसले कालो दिनको रुपमा लिईन्छ ।
केही हद सम्म कमी भयो प्रहरी ?
जिल्लामा २०७१ साल पछि सवारीसाधन दुर्घटनामा कमी आएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा छ ।
त्यसपछि दुर्घटना नभएका त होइनन् तर पनि सवारी साधनमा,टाइम कार्ड, चेकजाँचकमा कडाई, क्षमता अनुसारका यात्रुहरु राखेपछि कमी आएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका निमित प्रमुख इन्सपेक्टर केशरबहादुर कार्कीले बताए ।
उनले भनेर्, जाजरकोट जिल्ला दुर्घटना हुने अत्याधिक सम्भावना भएको जिल्ला हो । यहाँको भौगोलिक अवस्था त्यस्तै छ ।’ दुर्घटना भने केही हद सम्म कम भएको देखिन्छ ।’ अझै दुर्घटना न्युनीकरण गर्न सबैको खाँचो रहेको उनको भनाई छ ।








