बसाइँसराइ गर्ने एसिया क्षेत्रका चराको बहस मुम्बईमा

गिद्ध संरक्षणको उपलब्धीको कथा सुनायो नेपालले

लोनाभ्ला, मुम्बई — बसाइँसराइ गर्ने चराले उडानका क्रममा प्रयोग गर्ने बाटो फ्लाई वे, बासस्थान, चरन क्षेत्र, तिनका र उत्पन्न संकटबारे बहस गर्न ३० देशका चरा विशेषज्ञ, अनुसन्धानकर्ता, चरा प्रजातीमा काम गर्ने संघसंस्था र संरक्षणकर्मी मुम्बईको लोनाभ्लामा भेला भएका छन् ।

बम्बई नेचरल हिस्ट्री सोसाईटी बीएनएचएस को आयोजनामा एसिया क्षेत्रका बसाइँसराइ गर्ने चरा प्रजातिबारे सोमबारदेखि बहस सुरु भएको हो। सम्मेलनमा एसियाली रुट भएर बसाइँसराइ गर्ने चरा प्रजातिको अवस्था र समस्या तथा सिकाई र अनुभवबारे विशेषज्ञ, अनुसन्धानकर्ता र जानकारबीच बहस चलिरहेको छ।

‘इन्टरनेशनल कन्फ्रेन्स अन वेटल्याड्स एण्ड वाटरबर्डस् अफ एसिएन फ्लाइवेज’ नाम दिइएको सम्मेलनको मंगलबार बिहान भारतको केन्द्रीय वन, वातावरण र जलवायु परिवर्तन राज्यमन्त्री बबुल सुप्रियोले उद्घाटन गरे।

चराको अध्ययन, अनुसन्धानमा संलग्न बर्डलाइफ इन्टरनेशनल, युकेकी प्रमुख कार्यकारी अधिकृत ९सीईओ० प्याट्रिसिया जुरिटाले सुरक्षित बासस्थान र आहार तथा उड्ने बाटो ९फ्लाई वे० बसाई सर्ने चराको मुख्य समस्याका रुपमा देखा परेको औंल्याइन्। उनले भनिन्, ‘थोरै तौल भएरपनि हजारौं माइल यात्रा तय गर्ने चराको संरक्षणका लागि हामी सबैको उत्तिकै दायित्व छ।’

सम्मेलनका दौरान नेपालमा गिद्धको संरक्षण, अनुसन्धान र पुनर्वास कार्यक्रममार्फत् सरकारलाई सघाइरहेको नेपाल पन्छी संरक्षण संघ ९बीसीएन०ले समेत प्रस्तुति दिएको छ। बीसीएनकी प्रमुख कार्यकारी अधिकृत ९सीईओ० ईशाना थापाले सामुदायिक वनका उपभोक्ताका कारण गिद्ध संरक्षणमा सहयोग पुगेको बताइन्।

संकटमा परेका गिद्धको संरक्षण गर्ने, गिद्ध सुरक्षित क्षेत्र भल्चर सेभ जोन प्रवर्द्धन गर्ने र तिनलाई पुनर्वासमा फर्काउने कार्यमा नेपाल विश्वमै उदाहरणीय छ। गिद्ध सुरक्षित क्षेत्र बनाउने अभियानमा नेपाल विश्वमै अग्रणी मानिन्छ। नेपालको सिको गर्दै युरोप र अफ्रिकी मुलुकहरुले पनि पछ्याइरहेका छन्। बीसीएनले सरकारसँग मिलेर ७० जिल्लालाई गिद्धका लागि हानिकारक मानिएको डाइक्लोफेनेक मुक्त क्षेत्र घोषणा गरेको उनले उल्लेख गरिन्।

पशुको उपचारमा प्रयोग हुने डाइक्लोफेनेकको प्रतिबन्धसँगै गिद्धको मृत्युदरमै कमी अएपछि संकटमा पर्दै गएका गिद्ध प्रजातिको संख्याबढ्दै गएकोछ।

नेपालले विश्वमै पहिलो पटक प्रजनन् केन्द्रमा हुर्काएर प्राकृतिक बासस्थानमा गिद्ध पुनःस्थापना गरेको समेत उनले चर्चा गरिन्। ‘अहिलेसम्म ३० वटा प्राकृतिक बासस्थानबाट संकलन गरी हुर्काइएका र ३१ वटा प्रजनन् केन्द्रका गरी ६१ गिद्धलाई पखेटामा रेडियो कलर जडान गरेर प्राकृतिक बासस्थानमै छोडेका छौं,’ उनले भनिन्।

बर्डलाइफ इन्टरनेशनलको एसियाली सचिवालय, सिंगापुरका परामर्शदाता एवं क्षेत्रीय कार्यक्रम व्यवस्थापक हुमबहादुर गुरुङले सम्मेलनबाट एसिया क्षेत्रका बसाइ सर्ने चराको संरक्षण गर्न र तिनको सुरक्षित बासस्थान र आहारको उपलब्धता बढाउन ज्ञान र अनुभव प्राप्त हुने उल्लेख गरे।

उनका अनुसार मध्य एसिया भएर बसाइँसराइ गर्ने चरा हिँड्ने मुख्यतया ६ वटा बाटो ९फ्लाई(वे० छन् । यो मध्य एसियाको छोटो दुरीको बाटो हो । यो बाटो भएर १८० भन्दा बढी प्रजातिका चरा एकदेशबाट अर्को देशसम्म बसाइँसराई गर्छन् ।

परामर्शदाता गुरुङका अनुसार एसिया क्षेत्रमा चराको संरक्षण र अनुसन्धानमुलक कार्यक्रम सञ्चालन गर्न बर्डलाइफ इन्टरनेशनलको एसियाली सचिवालयले १३ वटा देशलाई सघाइरहेको छ । चरा संरक्षणका कार्यक्रममा खासगरी एसिया क्षेत्रका सरकारसँग सहकार्य गर्दै अघि बढ्ने सचिवालयको नीति रहेको छ ।

हरेक वर्ष सयौं प्रजातिका चरा नेपालका सिमसारमा आउने गरेका छन्। साइबेरिया, मंगोलिया, चीन, कोरिया, रसिया र मध्य एसियादेखि बसाई सराई गरेर चरा भित्रिने गरेका छन्। विस्तृत अध्ययन नभएपनि १५० प्रजातिका चरा बसाइँसराइ गरेर यहाँ भित्रिने गरेको जानकारहरु बताउँछन्। खासगरी जाडो छल्न हिउँद् याममा अन्य मुलुकहरुबाट चरा नेपालका विभिन्न सिमसारहरुमा भित्रिने गरेका छन्।





error: Content is protected !!