शनि विश्वकर्मा बने पहिलो नेपाल लोकस्टार


काठमाडौं / नेपालमा विभिन्न चर्चित अन्तरास्ट्रिय गायन रियालिटी शोहरुको फ्रेंचाइस भित्र्याई रहेको बेला एउटा आफ्नै संस्कृति बोकेको गायन रियालिटी शो ‘नेपाल लोक स्टार’ पनि आएको थियो।
हिमाल पहाड तराई मेची देखि महाकालीका विभिन्न भेगमा गाइने मौलिक लोक भाकाको संरक्षण पनि हुने र आफ्नो पहिचानको पनि निरन्तरता हुने हुनाले यो गायन रियालिटी शोलाई छुट्टै महत्वका साथ् हेरिएको छ ।
समय संगै विदेशी नक्कलले आफ्नो मौलिकता हराउदै गएको बेला यस प्रकारको कम्पिटिसनहरु आयोजना हुनाले भाबि सन्ततिलाई पनि आफ्नो मौलिक लोक संस्कृति बारे जानकारी हुने अपेक्षा गरिएको छ ।
देशभरबाट लोक गायनमा खारिएका प्रतिभा खोज्ने यस रियलिटी शो को उपाधी जितेका छन् । पहिलो लोकस्टार बन्न सफल ५० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।










