दिशा बिहिन गन्तव्य काे लक्ष्य बिहिन संघर्ष!

“याे ध्रुवाणि परित्यज्य अध्रुवं परिषेवते।
ध्रुवाणि तस्य नश्यन्ति अध्रुवं नष्टमेव च।।१३।।
अर्थ-जाे निश्चिततालाई छाेडेर अनिश्चितताकाे खाेजि गर्छ उसले अनिश्चिततालाई हासिल पनि गर्दैन र निश्चिततालाई पनि गुमाउछ।-चाणक्य
चाणक्य नितिकाे याे श्लोक पहिले पेश गरिसकेको भए पनि समय ले पुष्टि गरे पछि पुन:अावश्यक ठानि प्रस्तुत गरियाे।खास गरि कमरेड किरण ले “तत्काल बिद्राेह काे संभावना”भन्दै पार्टि फुटाएर जानू भाे।लक्ष्यकाे किटान नगरि,रणनीति र कार्यनीति काे मुर्तिकरण नगरि र परिस्थिति काे अाकलन नगरि नेतृत्व प्रति काे असन्तुष्टि काे झाेकमा प्राविधिक विषयलाई शैद्धान्तिकृत गरेर जसरि बिद्राेह काे कुरा उठाउनु भाे त्याे उहाकाे अनिश्चितता तर्फकाे कदम थियाे।याे कुरा कुनै पुर्बाग्रहकाे निष्कर्ष नभई पार्टी फुटकाे ७ बर्षका अनुभवले पुष्टि गरिसक्याे।केही (अाफुलाई नेतृत्व ले अपमानित गरेकाे अनुभुत गरेका)साथिहरुकाे उक्साहटमा लागेर पार्टि फुटाए पनि बिच बाटाेमै लात हानेर ठुलाे हिस्सा साथिहरु अलग्गिए पछि र एक हिस्सा साथिहरु पुन:मुल लाईमै
एकतामा अाईसके पछि क किरणकाे “तत्काल बिह्राेह”
थि अनिश्चित हुन पुग्याे।
क किरण भारतिय जेल बाट मुक्त भए पछि बालाजु
भेला मै अाशंकायुक्त विषय प्रस्तुत गर्नु भाे।त्यति बेला नेपाली राजनितीक अवस्थामा अाएकाे फेरबदल,शक्ति सन्तुलन मा अाएकाे फेरबदल र अन्तर्राष्ट्रिय परिस्थिति काे अाकलन गरि “कुन बाटाे संभव छ”भनी निष्कर्षमा पुगेका क प्रचण्डले पार्टि फुट्न बाट जाेगाउन किरणकाे अाशंका मेटाउन केही कुरा अदृश्य मा राख्नु भयाे,खरिपाटि भेलामा किरणकाे असन्तुष्टिले
शिद्धान्तकाे जग हाल्याे जाे पालुङटार मा दस्तावेजकाे रुप
धारण गर्याे।फेरि पनि किरणलाई टाढिन नदिन प्रचण्डले अाफुले बुझेकाे अान्तरिक-बाह्य परिस्थिति लाई माैण राखेर
दस्तावेजमा हेरफेर गरियाे,उता बाबुराम भट्टराई ले “गाेबर मिसएकाे तरकारि”भनेर प्रचण्ड -किरण मिश्रित दस्तावेज काे विराेध गर्नु भाे।
उता संविधान घाेषणा हुन नसक्ने र नेपाली राजनिती मा पहल पनि गुम्ने देखेपछि क प्रचण्डले परिस्थिति काे यथार्थता र माअाेवादीकाे अागामि बाटाे भनेर प्रष्ट राख्नु भाे
।त्यसपछि पार्टिकाे अाैपचारिक फुटकाे सुरुवात भयाे।तर किरणकाे मत भेद बिचार र राजनिती भन्दा सत्ता साझेदारि संग
थियाे भन्ने धाेविघाट घटना ले पुष्टि गर्याे।डा बाबुराम सहितकाे मार्चा कसेर प्रचण्डलाई अल्पमत मा पार्नु र सरकारमा अाफ्नाे बर्चस्व कायम गर्न धाेविघाट भेला गरे पनि किरणले शाेचेजस्ताे
बहुमत पुगेन।फेरि पनि प्रधानमन्त्री मा बाबुराम लाई प्रस्ताव गरेका क प्रचण्डले धाेबिघाट पछि अाैपचारिक निर्णय गरेपछि डा बाबुराम प्रधानमन्त्री बन्नु भाे र मन्त्री मण्डल गठन गर्दा अाफुले मागेका मन्त्रालय र मन्त्री दिनु पर्ने जिकिर गरे पनि प्रचण्ड काे सल्लाह बिना अाफु सफल नहुने देखेर प्रधानमन्त्री ले माग पूरा गर्नु भएन।
यी घटनाक्रम पछि क किरण प्रचण्डलाई पार्टि फुटाएर कम्जाेर बनाउने सकिने विकल्प मा पुग्नु भाे।त्यसपछि
किरण ले सबै असन्तुष्टि लाई शिद्धान्तकाे जामा पहिराई अाैपचारिक रुपमा पार्टि फुटाई जानू भाे।तर अमेरिका ले साेभियत संघ सिध्याउन गाेर्वाचेभ काे प्रसंशा गरेझै प्रचण्डलाई एक्ल्याउन किरण लाई उचाल्नेहरु ले फुट काे केही महिना पछि नै दाेबाटाेमै छाेडेपछि साेभियत संघ विघटन पछि गाेर्वाचेभ कै अवस्थामा क किरण पुग्नु भाे।भएकाे उपलब्धि लाई ईन्कार गर्दै र संभव भएकाे बाटाे छाेडेर असंभवता तर्फकाे यात्रा प्रचण्डलाई कम्जाेर बनाउन त एकदह सम्म सफल भयाे तर उहाहरुकाे अस्तित्वमा प्रश्नबाचक चिन्ह लागेकाे छ।
अर्काेतिर किरणले बिद्रोह काे नेतृत्व गर्न नसक्ने ठाेकुवा गरि अाफ्नै नेतृत्वमा नयाँ पार्टि गठन गरेकाे ने क पा
अाज सम्म अलमलमै छ।बैज्ञानिक समाजवाद तथा एकीकृत जन क्रान्ति काे कार्यदिशा बाेकेकाे साे समूह काे बैज्ञानिक समाजवाद काे लागि सामन्तवाद र पुर्व राजा संग कार्यगत एकता गर्ने काे कुरा गर्नु ले उसकाे अकर्मण्यता र अनिश्तता काे पुष्टि गर्दछ।”दलाल र गद्दार”काे नाममा बिराेध गर्दै सत्ता बाहिरका दलाल , गद्दार र प्रतिगमनकारी लाई जानि नजानि मनाेबल बढाउन सहयाेग पुग्ने गतिविधि हरु हुनु दुर्भाग्य हाे।
ने क पा ले अख्तियार गरेकाे फाैजि कार्यदिशा उसकाे रणनीति संग मिल्दैन बरु उल्टाे छ।भ्रष्टाचार र अनियमिता बिरुद्धकाे संघर्ष सकारात्मक मान्न सकिन्छ।तर त्यहि काम राज्यकाे अख्तियार छदैछ।हिजाे राजतन्त्र थियाे राजाकाे अादेश मा देश चल्दथ्याे।अाज हामी अाफैले लडेर ल्याएकाे संविधान र गणतन्त्र छ।गल्ति गर्ने कसैलाई पनि दण्डित गर्ने कानुन् छन्,हरेक पार्टिकाे अाफ्नाे बिचार याेजना लागू गर्न संविधान मा ब्यबस्था छ ।संविधान अनुसार न्यायिक काम गर्ने न्यायलयछन भने कर छल्ने,कर नतिर्ने लाई कार्यवाही गर्न कहि रुकावट छैन भने टावरमा अागजनि पनि गर्नु परेन भने भ्रष्टाचा
गर्ने लाई माेसाे दलेर मिनाह गर्ने हाेईन बरु दण्डित गर्ने असुल गर्ने नीति सहि हुन्छ।
अन्तमा :हाम्राे गन्तव्य काे लागि अहिलेकाे संविधान कै बाटाे सहिछ।हामी सबै लेनिन लाई भट्याउछाैं भने लेनिवाद भने बहुमत जनताकाे मनाे बिज्ञान र अावश्यकता काे नेतृत्व गर्ने बिचार हाे।वर्मान संविधान ले पनि हामी त्याे माैका दिएकाेछ।समाजवादमा जाना बाटाे खाेलेकाे छ,त्यसकाे लागि
कुनै पनि पार्टिले दुई तिहाई जनमत लाई विश्वास दिलाउनु पर्छ।
हामी अाफैलाई कम्जाेर सावित हाेईन सबल र सक्षम सावित गर्न सक्दैनाैं?दुई कम्युनिस्ट काे गठबन्धन ले दुईतपहाईकाे नजिक पुगेकाे अवस्था हाे भने नेपालका कम्युनिस्टहरु सबै एक हुदा स्वत्:दुई तिहाई पुग्ने छ र कम्युनिस्टको कार्यदिशा कार्यन्वयन गर्न सकिन्छ।यसमा कम्युनिस्ट सत्ता नरुचाउने अान्तरिक तथा बाह्य शक्ति सल्वाउनेछन् जसरि अाज केही संकेत देखाएछन् ,उनिहरुलाई पनि नैतिक रुपले त्यति सजिलाे
हुनेछैन ।यदि इतिहास दाेहर्याउन खाेजे अन्तिम बिकल्प बिद्राेह हाे त्याे जनबिद्राृह हुनेछ त्यस्काे नेतृत्व कम्युनिस्ट पार्टिले गर्ने छ।अहिलेकाे संभव र ब्यबहारिक बाटाे यहि हाे त्यसैले अनिश्चितताकाे लागि निश्चितता लाई नगुमाउ भन्दा बढि हुन्छ कि?










