जाजरकाेटका ठाउँ ठाउँमा विप्लप नेकपाको कोणसभा

Image may contain: people standing, plant, tree, outdoor and nature

जाजरकाेट ।  जाजरकोट नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले जिल्लाका विभिन्न स्थानमा कोणशभा सम्पन्न गरेको छ ।

सो पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग, केन्द्रीय सदस्य सुवाससहित २१ नेता–कार्यकर्ताहरूलाई सरकारले गिरफ्तार गरेको विरोधमा नेकपा जाजरकोटले जिल्लाका नलगाड, वारेकोट, कुशे लगायतका क्षेत्रमा कोणसभा सम्पन्न गरेको हो ।

Image may contain: 1 person, outdoor and nature

कोणसभालाई सम्बोधन गर्दै नेकपाका जिल्ला नेताहरुले सरकारले आस्थाका आधारमा आफनो पार्टीमाथि दमन अभियान चलाएको भन्दै यसले देशलाई द्धन्दतिर धकेल्ने खतरा भएको बताए ।

सो पार्टीको राप्तीब्युरोस्तरीय बैठक तथा प्रशिक्षण सञ्चालन भइरहेको समयमा बैठकस्थल नै कब्जा गरी प्रहरीले दाङकोराजपुरबाट नेकपाका नेताहरूलाई गिरफ्तार गरेको विरोधमा नेकपाले कात्तिक ३ गते देशव्यापी जुलुस प्रदर्शन, कात्तिक ५ गते कोणसभा र पिँढीसभा, कात्तिक ७ गते प्रधानमन्त्री केपी वलीको पुतला दहन, कात्तिक ९ गते विरोध प्रदर्शन, कात्तिक १५ गते मशाल जुलुस र कात्तिक १७ गते आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म चक्काजाम गर्ने सङ्घर्षका कार्यक्रम घोषणा गरेको थियो ।

Image may contain: 2 people, people standing and outdoor




सम्बन्धित समाचार


error: Content is protected !!