न्यायिक समितीमा कानुनी सल्लाहाकार नै छैनन्, मुद्धा छिनोफानामो समस्या

जाजरकोटको छेडागाड नगरपालिकामा लामो समयदेखि कानूनी सल्लाहकार नहुँदा न्यायिक समिति अलमलमा पर्ने गरेको जनाएको छ । नगरपालिकाकी उपप्रमुख सरिता वलीले कानुनी सल्लाहाकारको अभावमा नगरपालिकाका आउने मुद्धा समाधानमा समस्या हुने गरेको बताइन ।

उनले भनिन्र्, हाम्रो पहिलो प्राथमिकता सडक थियो हामीले केही निर्माण गरेका छौँ । अरु निर्माण निर्माण गरेका छौ ।’यो बर्ष सबैमा सडक पुर्याँछौ ।

कतिपय स्थानीय तहमा कानुनी सल्लाहकार नभएर न्याय सम्पादनमा समस्या हुने गरेको छ । तपाईको नगरपालिकामा के छ ?

न्याय सम्पादन सम्बन्धी हाम्रो नगरपालिकामा पनि कानुनी सल्लाहकार छैन ।, हाम्रो नगरपालिका एउटा वकिलको भरमा चलेको छ । वकिलको सल्लाह अनुसार काम गछौँ । न्यायिक समिती गठन गरेका वडाहरुमा न्यायिक समितीका साथीहरुले मिलाउने कोसिस गर्नुहुन्छ ।

यदि त्यहाँ भएन भने नगरपालिकामा आउँछौ । र वकिलले मिलाउने गर्नुहुन्छ । हामीलाई निकै समस्या हुने गरेको छ ।
नगरपालिकामा अहिले सम्म कानुनी सल्लाहकार नराख्नुको कारण के हो ?
माथि बाटै पठाउँछौँ भनेर राख्न नदिएकोे अवस्था । कर्मचारी अभाव भएको कारण माथी बाट पठाएको अवस्था ।

हामीले एकजना कानुनी सल्लाकार कानुनले दिदैन भनेपछि हामीलाई निकै समस्या परेको छ । न्याय सम्पादनमा निकै समस्या हुने गरेको छ । सरकारले छिटो भन्दा छिटो व्यवस्था गरिदिएको भए । हामीलाई निकै सहज हुने थियो । जनतालाई सेवा सुविधा दिन सजिलो हुने थियो । वकिललाई पनि समय छैन भन्दै कहिले त काम नै नहुने गरेको छ ।

आगामी दिनमा जनतालाई सहज होस भनेर के गर्दै हुनुहुन्छ ?

आगामी दिनमा २६ जना मिलमेलाप कर्ता भनेर गठन गरेका छौ । उहाँहरुलाई प्रत्येक वडामा एउटा राखेर काम गर्ने तयारीमा हामी छौँ । नगरपालिका स्तरीय न्यायिक समिती गठन गरेर काम गर्न हामी तयार छौ ।

सरकारको आशामा छौ । यदि सरकारले पठायो भने ठिकै छ । नत्र भने हामी पनि स्थानीय सरकारमा छौ । राखेर काम चलाउन तयार छौँ । कोसिस गरिरहेका छौ ।




सम्बन्धित समाचार


error: Content is protected !!