भिन्नता


सत्य पहाडी
तिमि बिना प्रमाण
कपोलकल्पित आरोप लगाएर
मेरो बाटो छेक्दै गर
त्यो तिम्रो लडाईको तरीका हो
तर म
सबै चुनौतीका काँडे बारहरु भत्काउदै
आफ्नो आदर्श लाई
शतिशाल बनाएर
निरन्तर महान लक्ष्य र उद्देश्य को बाटोमा
आफ्नै माटो बाट पईतला कुदाईरहनेछु ।
यों मेरो जिवन पर्यन्त प्रतिबध्दता हो
तिम्रो जस्तो
नत ढोंग हो
नत पाखण्ड हो
२)
तिमी मेरो चिन्ता नगर
आफ्नो चिन्ता गर
किनकी तिमीले आरुलाई
एक औंलाले चुनौंती दिदै गर्दा
बेस्सरी कसियर
बाँकि औंलाहरु
तिमी तिरै फर्किएका हुन्छन
तथ्य बिनाको आरोप
भ्रम र अपराध हो
बुझ्ने लाई ईशारा
काफि हुन्छ भनिन्छ
तसर्थ यति बाहेक धैरै कसैलाई
स्पष्टीकरण दिनु जरुरी छैन मलाई
तिमी तिम्रो तरीकाले लड्दै गर
म मेरो तरीकाले लड्नेछु
तिमीलाई हराउनु छैन मलाई
बरु
सत्य , निष्ठा र बलिदान को आदर्शलाई
जसरी पनि स्थापित गर्नु छ मलाई
हो रगत को मुल्य मा भए पनि
म नरहे पनि
त्यहि आदर्शलाई
जसरी पनि बचाउनु छ मलाई
त्यहि संकल्प लाई
जिताउनु छ मलाई
३)
तिमी प्रतिगमन तिर लागेर
परिवर्तनलाई सत्तोसराप गरीरहेछौ गर
चिहानहरु खोतलेर
कंकाल हरु देखाएर
क – कस्लाई डराउनु छ डराऔ
तिमी पनि डरी रहेछौ डर
मलाई डर लाग्दैन महासय
वारुद निलेर मृत्यू भगायौ हामीले
जेल नेल र यातना भित्र
डर चपायौं अनि पचायौं हामीले
तिमी जस्तै हामी
छाला बचाउन चाला बिगार्दैनौ महासय
हामी मृत्यु भित्र
जिवन खोजेर जिउछौं
तिमी बिष वमल गर्छौं
तिम्रो धम्किको त के कुरा
तिमीले देखाएको
द्वयष को त के कुरा
हामी आफुले बिष निलेर
अरुलाई अमृत पिलाउछौं !










