एउटा मान्छेको मायाले कति फरक पार्छ जिन्दगीमा ?

हेमन्त केसी
पक्कै पनि एक घर भत्काएर अर्को घर निर्माण गर्नु कम जोखिम पुर्ण काम भने पक्कै होईन् । तर रहर नभई बाध्यताले कयौन घर भत्कीने र जोडिने गर्दछन् । मान्छेको जिन्दगी यहाँ खास , महंगो र सस्तो छैन् , किनकी क्षणभरमा खरानी र क्षणभरमै मानपदवी पाउँन सक्छ , त्यो सवै समयको खेल हो ।
हाम्रा भेट र कयौन योजनाहरु नभएको र अंगिकार नगरिएको भने पक्कै होईन् । सायद हरेक योजना म सहिद नबनुन् भनेरै हजार पटक सोचेर बनाउथे पनि ? तर भाग्य ए समयको खेल भन्यौं , कहिले काँही सानो कुराले मान्छेको जिन्दगीमा अनौठो खालको परिवर्तन र खास फरक पार्दो रहेछ । भनिन्छ नि “ एउटा मान्छेको मायाले कति फरक पार्छ जिन्दगीमा ” । तिम्रो मायाले मेरो जिन्दगीमा कती , कती फरक पारेको छ , सायद त्यो मलाई मात्र थाह छ । चाहेर पनि त्यो म अहिले व्यक्त गर्न सक्दिन । माया एउटा अलिखित दस्तावेज हो , जहाँ हजारौ योजना हृदयमा अलिखित रुपमै सजाएका हुन्छन् , जहाँ लिखित हुँदा सम्म सहिद सम्म हुँदा रहेछन् ।
कसलाई लाग्दैन् , मान्छेको भावनामा चोट दिने , र मरी मरी बाच्न वाध्य पार्ने । सायद यती सम्म कठोर निर्णय सायद जिन्दगीको अन्तिम क्षणमा आएर हुन्छ । हो म तिम्रो नाममा धेरै पटक मर्न तयार भएर वाँचेको मान्छे हुँ , पटक , पटक प्रयास गर्दा पनि मलाई मर्न बाट धेरै पटक रोकिएको छ । मान्छेका यादहरु , मायाका भावनाहरु र अलिखित दस्तावेजहरु हृदयमा अमिट बनेर वस्दा मृत्यु सानो र माया ठुलो लाग्दो रहेछ । सायद तिम्रो र मेरो फोनमा कुरा नभएको पनि भारी दिन भैसक्यो , फेसवुकमा कुरा नभएको पनि त्यस्तै भयो होला । म विवश छु , यहाँ चाहेर पनि कुरा गर्न सकिरहेको छैन् , किनकी म अहिले फोन र कुराले मलाई झन यामराजको नजिक लिन बाध्य पार्ने छ
मेरो कुरा सायद मसानघाटका आफन्त बाहेक अरुले सुन्नेवाला छैन्न । केही दिन अघि तिम्रो पत्र बढे , सायद त्यहाँ माया बढी थियो , त्यहाँ प्रयोग भएका शव्दमा गाली भन्दा पनि तिमी भित्रको प्रेमरुपी मायाको छाल आक्रोषमा बदलिएको स्पष्ठ देखिथ्यो , तर मैले बुझे र केही नभनि १० पटक पढे , सायद अहिले पनि त्यो चिठीमा सुरक्षित छ । मान्छेले चाहेको वस्तु , आत्म कहिले नपाउँदो रहेछ तर त्यसैले घरी ,घरी सताउँने भने पक्कै रहेछ । प्रेम भन्ने कुरा पैसामा तौल गर्ने र वर्षायाममा छहरामा झर्ने पानीको वहाव जस्तो होईन् । मलाई थाह छ , हाम्रो बीचमा कहल पर्ने र फाईदा उठाउने तत्व अहिले पनि क्रियाशिल छ । तर म सँग जिउन सक्ने सामाथ्य छ भने , त्यो मेरो व्यक्तिगत कुरा हो । कसैको व्यापार बढाउनका लागि हाम्रो बीचमा बनेको सम्वन्ध र योजनाहरु जवरजस्त ध्वस्त पार्नका लागि जुन खेल खेलियो , सायद त्यो ईतिहासका कुनै पनि काल खण्डमा क्ष्यामा योग्य हुँने छैन्न । यो मेरो सवै थोक छ घरमा , तर माया दिने मुटु भने पक्कै छैन् ।
मायाको अभावमा म दैनिक कर्मलाई सहज रुपमा लिन नसक्ने मान्छे बनेको छु । सुन्दै छु म , उसले यती जागिर खान्छ , मेरो भन्दा कम रे ? म जती खाउ , जे गरौ , जहाँ सुकै जाऔ त्यो मेरो व्यक्तिगत कुरा हो । म के गदै छु , के काम गरेर बसेको छु , त्यो मलाई मात्र थाह होला । एक दर्शकको पत्रकारिताको जिन्दगीमा धेरै अनुभव बटुल्ने र अप्ठयारा अनि सजिला यात्रा गर्ने मान्छे पनि हुँ । तर यहाँ जुट्ने भन्दा पनि छुटाउने खेल , रिजाउने भन्दा विजाउने खेल , जसरी अदृश्य ठाउँबाट भए ति सवैलाई हार्दिक बधाई छ ।
तिमीलाई थाह छ नि ? मलाइ आउँने म्यासेज कति कडा र निर्मम थिए र सायद ति शव्द म मरेर गए पनि मेरो आत्ममा अजम्वरी भएर वस्ने छन् । मैले जुन कुरा नगर्नु भनेको थिए , त्यही कुरा अहिले बढी चर्चामा छ । यो भन्दा बढी लेख्न सक्ने म सँग खास सामथ्य छैन् । सायद लेख्दा , लेख्दै आँखाबाट आँसु झरे , सरी म विवस छु । उही अभागी मान्छे ।
मेरो जिन्दगी त झन कति खेर कहाँ सकिन्छ थाह पनि छैन् । बरु म मृत्यु सहन सकुला तर हृदयमा रहेको तिमी प्रतिको माया विर्सन सक्दिन । उही अभागी मान्छे ।





error: Content is protected !!