समाचार प्रभाव ः पुग्यो जाजरकोट अस्पतालमा औषधि


हेमन्त केसी
जाजरकोट , औषधि अभाव भएको तीन हप्ता पछि जाजरकोटमा औषधी पुगेको छ । औषधी अभाव हुँदा उपचारमा परेको समस्यका बारेमा पटक , पटक नेपालपोष्टखवरबाट समाचार प्रकाशित भएपछि प्रदेशसभा सदस्य गणेसप्रसाद सिंह , कृष्ण शाह आज गाडीमा औषधी लिएर जिल्ला अस्पताल पुग्नुभएको हो ।
दैनिक भारी मात्रामा उपचारका लागि विरामी भएपनि औषधी नपाउँदा रित्तो हात फर्कने गरेको गुनासो बढेपछि आज औषधी ल्याएर आएको जाजरकोट (क) का प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले बताउनुभयो ।
भाईरलका कारण विरामी चाप बढेसँगै औषधी अभाव हुँदा दैनिक चिकित्सकले जाँच गरेर औषधी पसलबाट औषधी लिन सुझाव दिदै आएका थिए । आज औषधी आएसँगै विरामीलाई उपचारमा सहज भएको छ । कर्णाली प्रदेश सकारको मताहातमा रहेको जाजरकोटको जिल्ला अस्पतालमा लामो समय देखि औषधी अभाव हुँदा पनि सरोकारवालाले ध्यान नदिएको भन्दै गुनासो बढेको थियो ।
औषधीको अवस्थाका बारेमा तत्काल खवर नगर्ने तर मिडियामा आएपछि मात्र खोजतालस गर्ने जनता प्रति उत्तरदायी नहुँने कार्यशैलीले गर्दा समस्य पदै आएको आम नागरिकको भनाई छ ।

अस्पतालमा चिकित्सको सङ्ख्य बढेसँगै सेवा प्रवाह राम्रो भएपनि बेला , बेलामा प्रभावकारी जनसम्पर्क नहुँदा समस्य आउँने गरेको प्रदेशसभा सदस्य सिंहले बताउनुभयो । उहाँले भन्नुभयो , “ हामीलाई सही सूचना र जानकारी नदिने तर समस्य लुकाएर वस्दा जनताले हामीलाई गाली गर्ने गरेका छन् , कर्मचारी साथीहरुले काम राम्रो गरौ र सही सूचना दिऔँ , । ” कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय आपुर्ती महाशाखाबाट जाजरकोटको जिल्ला अस्पतालका लागि २४ प्रकारका औषधी ल्याईएको छ ।
त्यस्तै हुईल चियर , वार्डबाटहरु समेत ल्याईएको प्रदेशसभा सदस्य कृष्ण शाहले जानकारी दिनुभयो । जाजरकोट जिल्ला अस्पतालले अभाव भएको औषधीको लिष्ट प्रदेश कार्यालयलाई नपठाएका कारण आपुर्ती महाशाखाबाट प्रदेशसभा सदस्यले आफै गाडीमा राखेर औषधी पाएजती राखेर ल्याएको बताएका छन् ।
मिडियामा आएको समाचारमा जुन औषधी अभाव भनिएको छ , त्यही अनुसार खोज्दै ल्याउने काम भएको सिंहले बताउनुभयो । जिल्लाका सवै ठाउँमा भाइरल फैलिएका कारण सवै ठाउँमा औषधी पठाईने उहाँले बताउनुभयो । जाजरकोट कुनै पनि स्वास्थ्य संस्थाले औषधी खरिद नगरेका कारण औषधी अभाव भएको हो ।
गाउँमा भाईरलका कारण जनता थलिएका छन् , विद्यालय बन्द भएको छ , स्थानीय तहले भने कुनै मतलव नगरेको उहाँको गुनासो छ । त्यस्तै अस्पतालमा भएका चिकित्सकहरु सवै समायोजनमा गएका कारण उपचारमा समस्य पदै गएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताउनुभयो ।
अस्पतालले अघेल्लो आर्थिक वर्षको अडिट नगरेका कारण औषधी खरिद गर्ने वजेट आएपनि वजेट खर्च गर्न नपाएको उहाँले बताउनुभयो । आफ्नै लेखापाल नभएका कारण काम गर्न समस्य भएको छ , उहाँले भन्नुभयो , “ हामी चाहेर पनि काम गर्न सकिरहेका छैनौँ , प्रदेशसरकारले पनि भने जती सहयोग गरेको छैन् ।
” गाउँ , गाउँमा औषधी पठाउनका लागि अझै औषधी थप गर्नुपर्ने अस्पतालले जनाएको छ । स्वास्थ्य विमा गरेका विर्मीतहरुलाई अझै समस्य परेको छ । विमाको दर र अस्पतालको फार्मेसीमा रहेको औषधीको दर नमिल्दा विरामीले सहज रुपमा औषधी नपाएका बताएका छन् ।










