ठगी काण्डमा अभिनेताका पति–पत्नी पक्राउ

मुम्बई । ९० को दशकमा ‘छल’ तथा ‘फिर वैसा भि होता है २’ फिल्ममा गरेको भूमिकाबाट आफ्नो परिचय स्थापित गरेका प्रशान्त नारायणन र उनकी पत्नीलाई जेल पठाइएको छ ।
‘मर्डर २’मा खलनायक रहिसकेका प्रशान्त र उनकी पत्नीलाई जालसाझीको आरोपमा जेल पठाइएको हो ।
उनीहरूका पतिपत्नीले मलयालम सिनेमाका एक निर्मातालाई १।२० करोड भारू ठगेको उजुरीपछि केरल प्रहरीले पक्राउ गरेर न्यायिक हिरासतका लागि जेल पठाएको छ ।
उनीहरूले थोमस पेनिकर नाम गरेका ती निर्मातालाई आफ्नो कम्पनीमा लगानी गरेमा सिनेमाको निर्देशक बनाइदिने भन्दै ठगी गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले उनीहरूलाई मुम्बईबाट पक्राउ गरेर केरल लगेको छ । उनीहरूलाई २० सेप्टेम्बरसम्म न्यायिक हिरासतमा राखिनेछ । दैनिक नेपाल










