अम्बिकाको नयाँ तीजगीत ‘आठाँ आठाँ छेकेर’

पोखरा ः नेपाली नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै साहित्यकार एंवम गायिका अम्बिका भण्डारीले नयाँ तीजगीत ‘आठाँ आठाँ छेकेर’ बजारमा ल्याएकी छिन् । यसअघि महिला दिदीबहिनीहरुको व्यथा समेटेर मौलिक गीत पस्कीदै आएकी भण्डारीले यस वर्ष देशको समसामयिक बिषयलाई प्रतुत गरेकी छिन् ।

भण्डारीको एकल स्वरमा रहेको गीतमा शब्द र लय पनि उनकै रहेको छ । छवि सुवेदीको निर्देशन रहेको गीतमा बि।बि अनुरागीले म्युजिक अरेन्ज गरेका छन् । शिब भुर्तेलले छायाँकन गरेका छन् । भावना पन्त र कुलमाया पौडेलको अभिनय रहेको उक्त भिडियोलाई नमस्ते पोखरा ब्रोडकास्टिङको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।





error: Content is protected !!