विकासका लागि आएको वजेट फिर्ता, रु ९ लाख ४५ हजार १ सय १८ रुपैया कामकाबारेमा कार्यालयले स्पष्ट हिसाव छैन्

जाजरकोट ः जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, जाजरकोटले खर्च गर्न नसकेर बार्षिक बजेटबाट रु ३ करोड ४४ लाख ७० हजार ९ सय ९९ रुपैया फिर्ता भएको छ । विभिन्न शिर्षकमा आएको बार्षिक विकास बजेट अनुसारको काम सम्पन्न गर्न नसकेपछि ३ करोड ४४ लाख ७० हजार ९ सय ९९ रुपैया फिर्ता भएको हो ।
कर्णाली प्रदेश सरकार, भौतिक पूर्वाधार बिकास मन्त्रालय अन्तरगत रहेको जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय, जाजरकोटलाई बार्षिक बजेट ८ करोड १५ लाख ८ हजारको अख्तियारी प्राप्त भएको जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय, जाजरकोटका निमित्त प्रमुख रामचन्द्र शाहले जानकारी दिनुभयो । कार्यालयले योजनाहरु सम्पन्न गरि रु ४ करोड ७० लाख ३७ हजार भुक्तानी दिई बाँकी रहेको बजेट फिर्ता भएको जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय, जाजरकोटका सुचना अधिकारी तथा ईन्जिनियर स्मीत श्रेष्ठले बताउनुभयो ।
कार्यालयलाई बार्षिक र अर्धबार्षिक कार्यक्रममा सिंचाई आयोजना, बार्षिक बिकास कार्यक्रम र थप बिकास कार्यक्रममा नदी नियन्त्रण आयोजना, संशोधित बार्षिक बिकास कार्यक्रममा भैपरि आउने बिकास कार्यक्रम र नयाँ प्रविधिमा आधारित सिंचाई आयोजना गरि झण्डै ७ वटा शीर्षकको बजेटका अख्तियारी प्राप्त भएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।
सुचना अधिकारी श्रेष्ठले दिएको जानकारी अनुसार जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, जाजरकोटलाई बार्षिक बजेट अन्तरगतको सम्झौता सिंचाई आयोजना शिर्षकमा १ करोड ९ लाख ९८ हजार बजेट रहेको थियो भने, ५५ लाख ६९ हजार खर्च भएर ५४ लाख २९ हजार फिर्ता भएको छ ।
दोस्रो अर्धबार्षिक कार्यक्रम अन्तरगत सिंचाई आयोजना शिर्षकमा रु २ करोड ६० लाख बजेट रहेको थियो भने, रु १ करोड ८६ लाख ६१ हजार खर्च भएर ७३ लाख ३९ हजार फिर्ता भएको छ ।
बार्षिक बिकास कार्यक्रम अन्तरगत नदी नियन्त्रण आयोजना कार्य शिर्षकमा रु ४५ लाख बजेट रहेको थियो भने, ४२ लाख ७० हजार खर्च भएर २ लाख ३० हजार फिर्ता भएको छ ।
थप बार्षिक बिकास कार्यक्रम अन्तरगत नदी नियन्त्रण आयोजना कार्य शिर्षकमा रु २० लाख बजेट रहेको थियो भने, रु १७ लाख ३४ हजार खर्च भएर रु २ लाख ६६ हजार फिर्ता भएको छ ।
संशोधित बार्षिक बिकास कार्यक्रम अन्तरगत भैपरि आउने बिकास कार्यक्रम शिर्षकमा २ करोड ५५ लाख बजेट रहेको थियो भने, रु ७५ लाख ७७ हजार खर्च भएर रु १ करोड ७९ लाख २३ हजार फिर्ता भएको छ ।
संशोधित बार्षिक बिकास कार्यक्रम अन्तरगत नयाँ प्रविधिमा आधारित सिंचाई आयोजना शिर्षकमा रु ३५ लाख १० हजार बजेट रहेको थियो भने, रु २३ लाख ७१ हजार खर्च भएर ११ लाख ३९ हजार फिर्ता भएको छ ।
बार्षिक बिकास कार्यक्रम अन्तरर्गत नदी नियन्त्रण आयोजना कार्य शिर्षकमा रु ९० लाख बजेट रहेको थियो भने, रु ६८ लाख ५५ हजार खर्च भएर रु २१ लाख ४५ हजार फिर्ता भएको छ ।
सुचना अधिकारी श्रेष्ठले दिएको जानकारी अनुसार कार्यालयले आर्थिक बर्ष २०७५ ÷०७६ मा सिंचाई योजना र नदी नियन्त्रण योजना गरि दुई शिर्षकका झण्डै ३५ वटा योजनालाई भुक्तानी दिएको छ । सिंचाई योजना तर्फ भेरी नगरपालिका–९ र १० मा रहेको भुरचौर सिंचाई योजनालाई रु १४ लाख २ हजार ४ सय ४० रुपैया २० पैसा भुक्तानी दिएको छ । बारेकोट गाउँपालिका–४ र ५ मा रहेको नायकबाडा सिंचाई योजनालाई रु ३ लाख ७० हजार ४ सय ९८ रुपैया ३० पैसा भुक्तानी दिएको छ । भेरी नगरपालिका–१ मा रहेको रावतगाउँ सिंचाई योजनालाई रु ६ लाख ९३ हजार ९ सय ८९ रुपैया ५ पैसा भुक्तानी दिएको छ ।
त्यसैगरि छेडागाड नगरपालिका–४ मा रहेको चंखिला सिंचाई योजनालाई रु १८ लाख ६९ हजार ७ सय ४६ रुपैया भुक्तानी दिएको छ । जुनीचाँदे गाउँपालिका–१ र २ मा रहेको रसेतरा–दुले सिंचाई योजनालाई रु १४ लाख ३३ हजार ८ सय १७ रुपैया भुक्तानी दिएको छ । जुनीचाँदे गाउँपालिका–९ मा रहेको सेराखेत सिंचाई योजनालाई रु ७ लाख ४२ हजार १ सय १६ रुपैयाँ भुक्तानी दिएको छ । भेरी नगरपालिका–१ मा रहेको रिम्ना सिंचाई योजनालाई रु १० लाख २३ हजार ५ सय ५० रुपैयाँ १५ पैसा भुक्तानी दिएको छ । भेरी नगरपालिका–१३ मा रहेको कुदु सिंचाई योजनालाई रु २१ लाख २६ हजार २ सय ४७ रुपैया २० पैसा भुक्तानी दिएको छ ।
छेडागाड नगरपालिका–४ मा रहेको राक्से सिंचाई योजनालाई रु २ लाख ३२ हजार ८ सय १७ रुपैया भुक्तानी दिएको छ । जुनीचाँदे गाउँपालिका– कोर्ताङमा रहेको चैते सिउरेनीपाखा सिंचाई योजनालाई रु ९ लाख २० हजार ६ सय ८२ रुपैया भुक्तानी दिएको छ । नलगाड नगरपालिका–१ मा रहेको सिस्नेखोला सिंचाई योजनालाई रु ४१ लाख ६१ हजार ५ सय ९२ रुपैया भुक्तानी दिएको छ । जुनीचाँदे गाउँपालिका–५ मा रहेको गान्का सिंचाई योजनालाई रु ३४ लाख २७ हजार ४ सय ५२ रुपैया भुक्तानी दिएको छ । भेरी नगरपालिका–५ मा रहेको महिला खोला सिंचाई योजनालाई रु ८ लाख २९ हजार ३ सय ८० रुपैया भुक्तानी दिएको छ । कुशे गाउँपालिका–२ मा रहेको डाडाँखेत पाईप घट्ट देखि चिन्ने मेला सिंचाई योजनालाई रु १० लाख ८४ हजार ७० रुपैया भुक्तानी दिएको छ ।
त्यसैगरि जुनीचाँदे गाउँपालिका–११ मा रहेको कुलबाँध देखि कुलो सिंचाई योजनालाई रु ४ लाख ४६ हजार ७ सय ८१ रुपैया ८२ पैसा भुक्तानी दिएको छ । भेरी नगरपालिका–२ मा रहेको बाहुथान सिंचाई योजनालाई रु २७ लाख ५४ हजार ४ सय १४ रुपैया भुक्तानी दिएको छ । शिवालय गाउँपालिका–३ मा रहेको टाट्के सिंचाई योजनालाई रु १७ लाख ७८ हजार ९ सय ६ रुपैया भुक्तानी दिएको छ । छेडागाड नगरपालिका–११ मा रहेको लम्तिखोला सिस्नेतरा सिंचाई योजनालाई रु ३१ लाख ४८ हजार ६ सय २९ रुपैया भुक्तानी दिएको छ । नलगाड नगरपालिका–२ मा रहेको घोघेतरी रिता सिता सिंचाई योजनालाई रु ५० हजार भुक्तानी दिएको छ । जुनीचाँदे गाउँपालिका–११ मा रहेको पैयाखोला ओखलढुङ्गा सिंचाई योजनालाई रु २२ लाख ८८ हजार ७ सय २४ रुपैया भुक्तानी दिएको छ ।
नलगाड नगरपालिका–९ मा रहेको दारिमपाटा तात्रगाड हुदै लामातरा सिंचाई योजनालाई रु ७ लाख ७५ हजार १ सय ५५ रुपैया ४१ पैसा भुक्तानी दिएको छ । नलगाड नगरपालिका–८ मा रहेको छहरीखोला हुदै कोरेन्चे सिंचाई योजनालाई रु १७ लाख १० हजार १ सय ५५ रुपैया भुक्तानी दिएको छ । जुनीचाँदे गाउँपालिका–११ मा रहेको घट्टखोला सिलतरा चौतारा सिंचाई योजनालाई रु १ लाख भुक्तानी दिएको छ । भेरी नगरपालिका–२ मा रहेको कोसेरी सिंचाई योजनालाई रु ३ लाख ९० हजार ६५ रुपैया ११ पैसा भुक्तानी दिएको छ ।
नदी नियन्त्रण योजनाका कार्यक्रमतर्फ योजनामा आपतकालिन तथा बाढी पहिरो नियन्त्रण सम्बन्धि कार्यहरु भन्ने शिर्षकमा एकमुष्ट रु ९ लाख ४५ हजार १ सय १८ रुपैया भुक्तानी दिएको छ । उक्त शिर्षकमा दिएको भुक्तानी रकमको योजना तथा कामकाबारेमा कार्यालयले स्पष्ट पार्न सकेको छैन । सुचना अधिकारी श्रेष्ठका अनुसार उक्त शिर्षकमा खर्च भएको रकमबाट कोटेशनका काम भएका छन् । कोटेशनका काम कति वटा र कहाँ–कहाँ सम्पन्न भए त भन्ने प्रश्नको जवाफमा सुचना अधिकारी श्रेष्ठले आफुले हाकिम सावसंग बुझेर भन्न सक्ने बताएका छन् भने, जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय, जाजरकोटका निमित्त प्रमुख रामचन्द्र शाहसंग टेलिफोन सम्पर्क गर्दा आपतकालिन तथा बाढी पहिरो नियन्त्रण सम्बन्धि कार्यहरु भन्ने शिर्षकबाट दिएको रु ९ लाख ४५ हजार १ सय १८ रुपैया भुक्तानीको काम भेरी नगरपालिकाको बुरुङ्गेमा उपभोक्ता समितिले जाली भर्ने काम गर्नुको साथै कोटशन मार्फत अफिसले जाली खरिद गरेर राखेको जानकारी दिएका छन् ।
त्यसैगरि छेडागाड नगरपालिका–१ मा रहेको साल्माखोला नदी नियन्त्रण योजनालाई रु ३३ लाख २३ हजार ७ सय ८५ रुपैया भुक्तानी दिएको छ । छेडागाड नगरपालिका–१० र ११ मा रहेको ढुङ्गिल खोला नदी नियन्त्रण योजनालाई रु १४ लाख १२ हजार ५ सय ४९ रुपैया भुक्तानी दिएको छ । भेरी नगरपालिका–७ र ८ मा रहेको बुरुङ्गे खोला नदी नियन्त्रण योजनालाई रु १० लाख ५७ हजार ७० रुपैया २६ पैसा भुक्तानी दिएको छ । नलगाड नगरपालिका–८ मा रहेको मन्मई बगरा तटबन्धन योजना निर्माणलाई रु २७ लाख ७४ हजार ५ सय ७० रुपैया भुक्तानी दिएको छ । शिवालय गाउँपालिका–६ र ७ मा रहेको टुनीबगर देखि बडाखेतसम्मको नदी नियन्त्रण योजनालाई रु १४ लाख २१ हजार ९ सय ११ रुपैया भुक्तानी दिएको छ । जुनीचाँदे गाउँपालिका–१० मा रहेको देउसुले बजार नदी नियन्त्रण योजनालाईरु १७ लाख ३३ हजार ८ सय ८६ रुपैया भुक्तानी दिएको छ ।
त्यसैगरि आयोजना सम्झौता गरेरे कामको सुरुवात नगरेको आयोजनामा बारेकोट गाउँपालिका–२ र ५ मा रहेको घाट वारी पारी नदी नियन्त्रण योजना रहेको छ । उक्त योजनाको काम सुरुवात नभएकोले कुनै पनि रकम भुक्तानी नगरिएको कार्यालयले जनाएको छ ।
डिजिटल सञ्चारबाट ।



