हुम्लाका क्रियाशिल पत्रकार तामाङ सम्मानित

हुम्ला–विगत ५ वर्ष देखि पत्रकारिता क्षेत्रमा समर्पित हुम्लाका क्रियाशिल यूवा पत्रकार नरजन तामाङ सम्मानित भएका छन । तामाङलाई नेपाल टेलिभिजनले उत्कृष्ट संम्वाददाताको रुपमा शुक्रवार संम्मान गरेको हो ।
उनीसंगै अरु प्रदेशका ७ जना पत्रकारलाई नेपाल टेलिभिजनले उत्कृष्ट संम्वाददाताको रुपमा सम्मान गरेको हो ।
तामाङ हुम्ला जिल्लामा रही दुरदराजका खोजमुलक समाचार संम्प्रषण गर्दै आईरहेका छन ।
विकट हिमाली जिल्ला हुम्लाको हिउ चिसो ,पहाड र उकाली उराली छिचोल्दै हुम्लामा भईरहेको गतिविधि उजागर गर्दै आईरहेका छन ।
तामाङको योगदानको कदर गर्दै टेलिभिजनले ७७ जिल्लाका १ सय सम्वादादाता मध्ये ८ जनालाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा प्रमुख अतिथि संञ्चारमन्त्री गोकुल बास्कोटा तथा नेपाल टेलिभजनका उच्च ब्यक्तिहरुले उनका दोसल्ला र प्रमाणपत्रले सम्मान गरे ।
सम्मानपछि तामाङ आफुले विकट जिल्लामा रहेको संञ्चार क्षेत्रमा पू¥याएको योगदान भएको बताए ।
सहर केन्द्रित पत्रकारिता र दुरदराजको पत्रकारिता नितान्त फरक र चुनौतिपूर्ण हुने भन्दै पत्रकार तामाङले हुम्लाको प्राकृतिक सौन्दर्यता र त्यहाको भोगाईलाई चित्रण गर्न पाउदा गौरान्भित भएको उल्लेख गरे । तामाङले गत वर्ष प्रादेशिक लेखनवृत्ति राष्टिय शिक्षा पत्रकारिता पुरस्कार पनि प्राप्त गरेका हुन् । तामाङ हाल नेपाल टेलिभिजन नयाँ पत्रिका राष्टिय दैनिकमा हुम्लाका सम्वादादाता हुन ।



