हेमोग्लोबिनको कमीले हुन्छ रक्तअल्पता

रगत तरल, ठोसलगायत विभिन्न पदार्थले बनेको हुन्छ । जस्तै, रातो रक्तकोष, सेतो रक्तकोष, प्लेटलेट्स, प्लाज्मा र प्रोटिन आदि । जहाँ रगत जमाउने र पातलो बनाउनेजस्ता विभिन्न तत्वसमेत हुन्छन् ।

शरीरमा विभिन्न कारणले रगतको कमी हुन्छ । जसमध्ये रक्तअल्पता ९एनिमिया० प्रमुख हो । राता रक्तकोष अर्थात् हेमोग्लोबिनको कमीका कारण रक्तअल्पता हुने गर्छ । यस्तो अवस्थामा उच्च रक्तचाप, पोषण, फोलेट र भिटामिन बीको कमी तथा आन्तरिक रक्तश्राव आदि समस्या देखिन्छन् । नेपालमा धेरै मानिस रक्तअल्पताबाट प्रभावित भएको पाइन्छ ।

कारण

शरीरमा पोषणको कमी हुनु रक्तअल्पताको मुख्य कारण हो । शरीरमा आवश्यक हेमोग्लोबिनको आपूर्ति नहुनु, आवश्यकता बढ्नु र शरीरबाट रगत बग्नु यसका अन्य कारकतत्व हुन् ।
हेमोग्लोबिनको आपूर्ति नहुनु अर्थात् आइरनजस्ता पौष्टिक तत्वको अभावले रक्तअल्पता हुने गर्छ । त्यस्तै, आन्द्रामा घाउ हुनु, नियमित ग्यास्ट्रिकको औषधि खानु आदिले कारणले समेत हेमोग्लोबिनको आपूर्ति हुँदैन ।
कतिपय समयमा शरीरलाई हेमोग्लोबिनको मात्रा बढी आवश्यक पर्छ । जस्तै, संक्रमण हुनु, गर्भवती हुँदा, बच्चाको वृद्धि विकासको समय र वृद्ध अवस्थामा रगतको मात्रा परिपूर्ति नहुँदा एनिमियाको समस्या हुने गर्छ ।
रक्तअल्पताको अर्को मुख्य कारण शरीरबाट रगत बग्नु हो । महिनावारीको समयमा बढी रगत बग्नु तथा ग्यास्ट्रिकले समेत रक्तअल्पता हुन्छ ।
लक्षण

अत्यधिक थकान महसुस हुनु एनिमियाको प्रमुख लक्षण हो । सामान्यतया, हेमोग्लोबिनले कोषहरूमा अक्सिजन पु(याउने काम गर्छ । हेमोग्लोबिनको कमी हुँदा कोष वृद्धि र श्वास–प्रश्वासमा समस्या हुने गर्छ ।
शरीर कमजोर हुने, जोस–जाँगर हराएर जाने र धड्कनमा परिवर्तन आउनेजस्ता लक्षण देखिन्छन् ।
बिस्तारै डिप्रेसन, हृदयाघात र प्रतिरोधी क्षमतामा कमी आउने हुन्छ ।
यसरी हुन्छ हेमोग्लोबिनको आपूर्ति

हेमोग्लोबिनको मात्रामा सामान्य असन्तुलन हुँदासमेत शरीरमा आइरनको कमी हुने सम्भावना बढ्छ । यसबाट बच्न आइरनयुक्त खाद्यपदार्थ खानुपर्छ ।
रक्तअल्पताको कारण पत्ता लगाएर उपचार गर्नुपर्छ । शरीरबाट रगत बगेर समस्या भएमा परिपूर्ति गर्नुपर्ने हुन्छ । त्यसका लागि रगत नै दिनुपर्ने हुन्छ ।





error: Content is protected !!