जाजरकोट अस्पतालमा सप्टवेयर जडान

जाजरकोट , जाजरकोट अस्पतालमा अत्याधुनिक अस्पताल व्यवस्थापकीय सूचना प्रणाली एचएम आईएस जडान भएको छ । भेरी नगरपालिकाको ६ लाख आर्थिक सहयोगमा सप्टवेरको उपकरण खरिद तथा जडान भएपछि अस्पतालको सेवा पारदर्शी हुने अपेक्षा गरिएको छ ।

नगरप्रमुख चन्द्रप्रकाश घर्तीले अस्पतालाई मंगलबार उक्त सप्टवेर जडान हस्तान्तरण गरेका छन् । सप्टवेर जडान हस्तान्तरणसँगै नगरप्रमुख घर्ती कम्प्युटर प्रणालीबाट ओपिडी टिकट काट्ने पहिलो ब्यक्तिसमेत बनेका छन् । नागरिकले पाउने स्वास्थ्य सेवालाई व्यवस्थित तथा पारदर्शी गर्न अस्पतालमा अत्याधुनिक एचएमआईएस सप्टवेर जडान गरेको नगर प्रमुख घर्तीले बताए ।

जाजरकोट अस्पताल भेरी नगरपालिकाको मात्र नभएर जिल्लाका ७ वटै स्थानीय तहकका जनताको उपचार गर्ने थलो भएको उनको भनाइ छ । अस्पतालको चौतर्फी विकास तथा ब्यवस्थापनमा भेरी नगरपालिकाले सकृयता देखाएको अस्पताल विकास समितिका अध्यक्ष धरमशीला बस्नेतले बताइन् । उनका अनुसार ५० शय्याको अस्पतालबाट २५ शय्याको सेवा पनि प्रवाह गर्न कठिन छ । ुभौतिक पुर्वाधार, विशेषज्ञ जनशक्ति लगायत अभावका कारण अस्पतालबाट गतिलो सेवा प्रवाह गर्न हुन सकेको छैन,ु बस्नेतले भनिन् । जाजरकोट अस्पताललाई सुविधा सम्पन्न बनाउन चुनौतीको पहाडहरु खडा भएका छन्,ु उनले भनिन् ।




सम्बन्धित समाचार


error: Content is protected !!