घर आगनमै गएर माटोको अवस्था पत्ता लगाउन माटो परिक्षण

जाजरकोट ः कुशे गाउँ पालिका ले कृषक को घर  गएर माटोको अवस्था पत्ता लगाउन माटो परिक्षण गरेको गरेको छ ।
जाजरकोट जिल्ला कुशे गाउँपालिका ले कृषक को खेत बारीमा माटो को अवस्था बुझ्न माटो परिक्षण सिबिर संचालन गरेको छ । जाजरकोट जिल्ला एक विकट जिल्ला हो त्यही माथी नेपाल कृषि प्रदान भएको र त्यसलाई अनुभुती गर्न नसकेको कृषक लाई घर त्यो सेवा अनुभुती गराउन आगन गएर माटो परिक्षण गरेको हो । उक्त सिबिरमा माटो को पि एच ९उज ० र बिरुवा लाई चाहिने प्रमुख खाद्य तत्व नाइटोजन , फस्फोरस , पोटास को परिक्षण गरिएको छ ।

यो जाजरकोट जिल्ला माटो परिक्षण सिबिर गर्ने पहिलो हो । कृषी प्राबिधिक कृषि बिकास शाखामा धिरेन्द्र बस्नेत ले बताए । ४ दिन सम्म संचालन सिबिरमा २७९ जना कृशक माटो जाच गराएका छन भने सिबिर अबधि भर ४८६ वटा माटो को नमुना परिक्षण गरिएको छ । कुशे गाउँपालिका भरी बाट आएको माटो को परिक्षण गर्दा माटो को पि एच को कम क्षारिय रहेको छ भने बाली बिरुवा लाई आबस्यक पर्ने प्रमुख खाद्य नाइटोजन अति कम रहेको छ ,  फस्फोरस कम र पोटास कम रहेको छ समग्ररूपमा प्रमुख बाली बिरुवा लाई चाहिने खाद्य तत्व एकदै न्युन रहेको बस्नेतले जानकारी दिएका छन ।

प्रमुख खाद्य तत्व को परिपुर्ति गर्नको लागि कुशे गाउँपालिका अर्गानिक क्षेत्र भएकोले रासायनिक मल को सिफारिस नगरिएको र स्थानीय गोबर मल तथा हरियो मल , कोशे बालि लगाइ उत्पादन बढाउन सिफारिस गरिएको बस्नेत बताए र आगामी बर्ष कार्यक्रम मा माटो सुधार लाई जोड दिइने बस्नेत बताएका छन ।





error: Content is protected !!