नेपाल सरकारले बुधवार प्रस्तुत बजेटले डोल्पाली उत्साहित

सुकमाया थापा
डोल्पा, बुधवार नेपाल सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट वक्तब्यले डोल्पाका विभिन्न समस्याहरुलाई समाधान गर्ने गरी कार्यक्रम आएको भन्दै स्थानीयहरु खुसि देखिन्थे ।

?????????????

बजेटबाट डोल्पाका सबैभन्दा बढि खुसि वृद्धवृद्धाहरु देखिएका थिए । नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले आउने साउन १ गतेदेखि लागु हुने गरी वृद्ध भत्ता १ हजार बढाएर मासिक ३ हजार पुर्याएका छन् । हामीलाई कमसे कम खानबस्न त पुग्ने भयो । खान लाउनका लागि चिन्ता त भएन ७६ वर्षिय वृद्ध चेतबहादुर रोकायले बताए । उनका अनुसार बजेट भाषणले वृद्धवृद्धाहरुलाई मात्र राम्रो गरेको छैन । विभिन्न पेशा व्यवसायीहरु, राष्ट्र सेवक कर्मचारीहरु, कृषकहरु र स्थानीयहरु सबैको प्रतिकृया बजेट समग्रमा राम्रो आएको भन्ने पाइएको छ ।
बजेटले शिक्षा, स्वास्थ्य, कृषि, सहकारी, पर्यटन क्षेत्र तथा पर्यटन व्यवसायको विकास, पूर्वाधार विकास, संचार क्षेत्रको विकास, उर्जा विकास, सामाजिक सुरक्षा, शासकीय प्रणालीको सुधार लगायतलाई समेटेर जिल्लाको विकासका लागि राम्रो भूमिका खेल्ने प्रकारका कार्यक्रम ल्याएको जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाले बताए । उनका अनुसार स्थानीयहरुले गर्न सकेमा सबैतिर समेटेर सबैलाई ध्यान दिएर कसैलाई नछुटाइकन बजेट विनियोजन भएको छ ।





error: Content is protected !!