सांसदकै १०६ बर्षिया हजुरआमा नागरिकता बिहिन

कालिकोट । राष्ट्र्रिसभाका सांसद जीवन बुढाका १०६ बर्षिया हजुरआमा मया बुढा अहिलेसम्म नागरिकता बिहिन छन् । कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नं ३ कुमालगाउँमा रहेकी बुढाले अहिलेसम्म नेपाली नागरिकता पाइकी छैनन् ।

बुढाले नेपाली नागरिकता नपाउँदा सरकारी सेवा सुबिधाबाट बन्चित छिन् । बुढाका श्रीमान बितेको धेरै बर्ष भयो । छोराछोरीको पनि मृत्यु भइसकेकाले नाता प्रमाणित गर्ने कुनै आधार नहुँदा नागरिकता बिहिन भएकी हुन् ।

स्थानिय पहल बुढाका अनुसार बिगतमा महिलाहरुले नागरिकताको आवश्यकता महसुस् गर्दैन थे । ‘पहिला महिलाहरुको नागरिकता बनाउने चलन थिएन् ।’ उनले भने,‘नागरिकताको आवश्यकता नपर्ने भएका कारणले पनि नागरिकता नबनाएको होला रु’ मया मात्र होइनन् कुमालगाँउमा नागरिकता नपाउने महिला धेरै छन् ।
संबिधानसभाको २०६४ सालको निर्वाचनमा मतदाता नामावलीमा नाम भएका कारणले मतदान गरेको भएपनि अहिले नागरिकता आधारमा मतदाता परिचय पत्र बनाएका कारणले मतदानबाट बन्चित भएको बुढाको भनाई छ ।

२०६४ सालबाट बृद्धभत्ता खाएको भएपनि स्थानीय सरकार बनेपछि बृद्धभत्ताका लागि नागरिकता खोजेपछि त्यो सुबिधाबाट बन्चित हुनुपरेको बुढाले बताइन् । ‘गाउँमा सिंहदरबार आएपछि मेरो भत्ता रोकियो ।’ उनले भनिन् ‘पहिला पहिला हाम्रो जमानामा महिलालाई नागरिकता आवश्यकता थिएन् । अहिले नागरिकता नभइ हुन्न भन्छन् बनाउने कुनै आधार छैन ।’ उनले भनिन् ।’

देशको नीति निर्माण तहमा आफ्नो नाती ९जीवन बुढा० भएपनि आफुले नागरिकता समेत पाउन नसकेको बुुढाले बताइन् । ‘देशको नीति नियम मेरो नातीले बनाउछ भन्ने सुनेकी छु ।’ उनले भनिन्,‘त्यो नीति नियम भनेको के हो रु मलाई थाहा नै छैन् ।’

सांसद बुढा भन्छन्,‘नाता प्रमाणित गर्ने परिवारमा अरु कोही नहुँदा समस्या प(यो ।’ नाता प्रमाणित ब्यक्ति नहुँदा हजुरआमाको नागरिकता बनाउन नसकिएको सांसद जीवन बुढाले बताए । ‘हजुरबुवा पहिले नै बित्नुभयो । बुबाका भाइहरु पनि बितिसकेँ ।’ उनले भने,‘अहिलेको नियम अनुसार नातीले नाता प्रमाणित गर्न मिल्दैन रहेछ ।’





error: Content is protected !!