प्रहरीद्धारा अफिम खेती नष्ट

जाजरकोट ः जाँड रक्सी नियन्त्रण गरी सभ्य समाज निर्माणका लागि आक्रामक रणनीति लिएको जाजरकोट प्रहरीले लागु औषध उत्पादन तथा बिक्री वितरणमा समेत कडाई गरेको छ । जिल्लाको नलगाड नगरपालिका १ पातला , खौरा, गर्वेमा बारीमा लगाएको अफिम खेती प्रहरीले नष्ट गरेको छ । १० कठा क्षेत्रफलमा लगाएको अफिम नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ । लुकाइ, छिपाइ खेतबारीमा लगाएको अफिम खेती अनुसन्धान गदै नष्ट गर्ने काम सुरु भएको प्रहरीले जनाएको छ ।











