कांग्रेसले हानेको बम सगुन थियो ?

अनिल शर्मा विरही
कमरेड विप्लव नेतृत्वको नेकपाले एनसेल नामक दूरसञ्चार सेवाप्रदायक कम्पनीमाथि कारवाही गरेपछि विभिन्न कोणबाट बहसहरु भएका छन् । घरानियाँहरूले कडा आपत्ति र विरोध जनाएका छन् । झापाका एकजना झापा विद्रोहकालीन नेताले अरुण –३ मा आक्रमण भएको र विराटनगरस्थित भारतीय अवैध ‘दूतावास’ मा आक्रमण भएको खबर सुन्नासाथ ‘यो देशमा देश र जनताको विरुद्ध जानेहरुलाई थ्रेट गर्ने शक्ति पनि रहेछ भन्ने भयो । स्वाभीमानबोध भयो । त्यसदिन राम्रो निद्रा लाग्यो ।’ भनेका थिए । एनसेलको समाचार सुन्नासाथ एकजना न्यायाधीशले खुशी हुँदै ‘आज भात धेरै खाएँ’ – भने । यसरी देश ध्रुवीकरण भइरहेको छ । यद्यपि, सरकार र निगम पँुजीवादको नुन खाएका सञ्चार र प्रायोजित बौद्धिकका स्वर मात्र ठूला सञ्चारगृहले पस्कने गरेका छन् । अक्टोबर क्रान्तिपछि रुसका एकजना पाका मजदुरले भनेका थिए – ‘हाम्रो देशमा धेरैजसो लखपति छन्् । उनीहरुको हाम्रो भन्दा फरक खाले जीवनस्तरमात्र नभएर भाषा पनि बेग्लै छ ।’ नेकपा र संसदीय व्यवस्थाका नेताहरुको भाषा पनि फरक हुँदै गएको छ ।

शान्ति प्रक्रिया अवरुद्ध भएको, गृहयुद्ध नभएको संक्रमणकालीन अवस्थामा नेपाल छ । हामीले २÷३ वर्षअगाडि नै माधव नेपाल, के।पी। ओली, रामचन्द्र पौडेललगायत नेताहरुलाई ‘प्रचण्ड र बाबुरामलाई किनेर शान्ति प्रक्रिया पूरा हुँदैन । जनयुद्धले उठाएका नारा संबोधन हुनुपर्छ’ भनेका थियौं तर पटक्कै सुनिएन । जनमुक्ति सेनाका युवाहरुलाई अनेक गरेर लखेटियो । परिचयपत्र, पोशाक सम्झनाको लागि लग्छु भन्दा खोसेर रुवाउँदै घर फर्काइयो । सहिद परिवारलाई राहत देऊ भन्दा रामचन्द्र पौडेलले ‘हाम्रालाई द्वन्द्वकै समयमा दियौं, तिम्रालाई तिमी नै देऊ, सरकारले दिंदैन’ भनेको होइन रु कुनै पनि समस्याको पछाडि वस्तुगत धरातल ९ग्राउण्ड रियालिटी० हुन्छ । धरातलीय यथार्थको समाधान षड्यन्त्र र दमन हुन सक्दैन । विश्वका घटनाहरु हाम्रासामु छन् । हेर्दै जानुहोला श्रीलंकाको तमिल समस्या अझै भयावह भएर उठ्नेछ । अफगानिस्तानमा के भयो रु अरब देशमा के भइरहेको छ रु

कांग्रेस, पूर्व एमाले र त्यसको बैचारिक श्रोत निकट ब्यक्तिहरुले नेकपाको कारवाही र नीतिहरुको विरोध गर्दैछन् । त्यसो गर्ने नैतिक हक उनीहरुलाई हुनसक्दैन । नेपाली कांग्रेसले हतियार उठाएको, जहाज अपहरण गरेको, राजामाथि बमप्रहार गरेको होइन रु कांग्रेसले हानेको बम सगुन थियो रु तत्कालीन झापाली ९हालका प्रम ओली, सिपी मैनाली, झलनाथ० ले टाउको काटेर आएका होइनन् रु राजाहरुको इतिहास देशभक्त भारदार र आफ्नै भाइ–भतिजा मारेर बनेको हो । राजतन्त्रको इतिहास रगतको पोखरीमा हुुर्केको छ । २०६६ सालताका चितवनका एकजना एमाले नेताले सर्वदलीय बैठकमा ‘बाटोमा हिंड्दा किरा पनि नमरोस् भनेर सोच्दै हिँड्छु’ भनेका थिए । मैले तत्काल माओवादी मार्न शाही सेनालाई बन्दुक थमाउने एमाले–कांग्रेस होइन रु एमाले–कांग्रेसका हरेक कार्यकर्ताले त्यसको नैतिक जिम्मेवारी लिनु पर्र्दैन रु मैले त तिम्रो अनुहारमा रगतको छिर्का देखिरहेको छु भनेको थिएँ । राजाको रक्षा गर्न नसकी, कालापानीमा विदेशी सेनाले परेड खेल्दा बोल्न नसक्ने, गीत गाउन पनि नपाउने नेता र निकायले सभ्य समाजको नेत्रृत्व गर्न सक्दैनन् । ती भजनमण्डली हुन्, कोही पशुपतिका, कोही रामजानकी मन्दिरका ।

राष्ट्रिय अर्थतन्त्र चौपट भएको छ । देशको प्रतिष्ठा गिर्दो छ । सत्ताधारी र नेताहरुलाई धार्मिक आवरणका अपराधी गिरोहले चलाउँछन् । देशको आन्तरिक मामिलाको निर्णय युरोप, अमेरिका र दिल्लीमा हुन्छ । शासकहरु ल्याप्चे ठोक्न मात्र जन्मन्छन् । विदेशी उत्पादनको विस्तार गर्नु, नयाँ–नयाँ उत्पादन उपभोग गर्न सक्ने उपभोक्ता तयार गर्नु नै बिकास होइन । जनयुद्ध त्यसका लागि भएको थिएन । वर्तमान गृहमन्त्री रामबहादुर थापाले २ बर्ष अगाडि प्रचण्डलाई लाल गद्धार भनेको स्वर राष्ट्रिय सभागृहमा अझै प्रतिध्वनित भैरहेको होला । अहिले तिनै थापा कानुनको कुरा गर्दैछन् । एक प्रसंगमा पम्फा भुषालले ‘मलाई राजनैतिक वेश्यावृत्ति मन पर्दैन’ भनेकी थिइन् । गृहमन्त्रीको गर्जनको कुनै नैतिक आधार छैन । जसले वैद्य नेत्रृत्वमा हुँदा चुनाव बहिष्कार भन्दै कांग्रेसको पैसा खपत गरेका थिए । चितवनको पार्टीको जमिन बेचेर दारुपानी खान खोजे । पँुजीवादी व्यवस्थाका लागि पनि निम्नतम् आदर्श र नैतिक बल भएका नेताहरु चाहिन्छ होला । प्रचण्ड, बादलले कानुन तोड्न हुने, अरुले नहुने ? २०४७ को संविधान घोषणा गर्दा बिरोध थियो, तर रगत बगेको थिएन । अहिलेको संविधान दर्जनौं नागरिकको रगतको आहालमा घोषणा भएको हो । त्यसैले आज ओली–प्रचण्ड –बादल–देउवा सबैले इतिहासको मूल्यांकन, नैतिक जिम्मेवारी र वस्तुगत समस्या समाधानको विषयमा सोच्न आवश्यक छ । अन्यथा आँधीले को–कसलाई उडाउने हो ? भन्न सकिन्न जनआस्थामा खवर छ ।
लेखक विप्लव माओवादीका पूर्वीकमाण्ड इञ्चार्ज हुन्




सम्बन्धित समाचार


error: Content is protected !!