नस्ल सुधारको लागि उन्नत जातको राँगा, बोका, भेडाको थुमा वितरण

जाजरकोट ः जिल्लाको सवै भन्दा बढी पशुपालन हुँने बारेकोट गाउँपालिकामा यहाँका किसानहरुलाई उन्नत जातको राँगा, बोका र भेडा बिवरण गरिएको छ ।

पशुपालनमा राम्रो आम्दानी होस भनी गाउँपालिकाले ९ वटा वडामा उन्नत जातका ९ वटा राँगा, १८ वटा बोका, ४ वटा भेडाको थुमा वितरण गरिएको हो । राँगामा रु ४ लाख २५ हजार, बोकामा रु ३ लाख ६० हजार र भेडाको थुमामा रु ८० हजार वजेट खर्च भएको गाउँपालिकाले जनाएको छ ।

बारेकोट गाउँपालिका भित्र गाईगोरु ३२ हजार, भैसीराँगा १८ हजार, भेडाभेडी १२ हजार, बाख्राबोकाखसी १५ हजार, घोडा ६ सय, कुखुरा ६ हजार रहेको पशु चौपाय भएको पशु पंछी विकास शाखा प्रमुख गोविन्द्र सिंहले बताउनु भयो ।

पशु पंछी विकास शाखाले पशुपालक कृषकलाई नस्ल सुधारको लागि उन्नत जातको राँगा, बोका, भेडाको थुमा वितरण गरेको उहाँले बताउनुभयो । गाउँपालिकाको १ देखि ९ वडाका किसानलाई वितरण गरिएको हो ।

गाउँपालिकाले कृषकहरुलाई पशुपालनको क्षेत्रमा व्यवसायीकरण गर्ने उद्धेश्यले विभिन्न कार्यक्रम सन्चालन गर्दै आएका छ ।




सम्बन्धित समाचार


error: Content is protected !!