पौने दुई अर्ब कर छलीको आरोपमा २४ जनामाथि मुद्दा दायर

राजस्व अनुसन्धान विभागले एक अर्ब ७५ करोड रुपैयाँ कर छलीको आरोपमा २४ जनामाथि मुद्दा दायर गरेको छ ।

झुटा तथा नक्कली बिजक तयार पारी कर छली गर्ने जयकिशोर साह, परमेश्वर साहसहित २४ जना विरुद्ध मुद्दा दायर गरेको हो । उनीहरुलाई झुटा तथा नक्कली विजक तयार पारी करिब १ अर्ब ७५ करोड कर छली गरेको आरोपमा मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

विभागको अनुसन्धानमा १३ प्रतिशत भ्याट र खर्च देखाई आयकर २५ प्रतिशत छली गरेको पाइएको छ । अनुसन्धानमा कतिपय फर्महरु कारोबार गरेर गायब भएको भेटिएको छ । महानिर्देशक मैनालीले कारोबारमा आएका तर भएका फर्महरुको अनुसन्धानलाई पनि अघि बढाइएको जानकारी दिए ।




सम्बन्धित समाचार


error: Content is protected !!