डन्डिफोर भए यसरी सेभिङ

काठमाडौं ः कतिपय पुरुष दैनिक दाह्री काटेर फर्मल र स्मार्ट देखिन चाहन्छन् । जसले पुरुषलाई सुन्दर देखाउन पनि मद्दत गर्छ । तर, कतिपयको छाला संवेदनशील हुन्छ । जसका कारण सेभिङपछि विभिन्न समस्या आउने गर्छ । उसो त कतिपयको अनुहारमा पिम्पल्स डन्डिफोर पनि हुन्छ । यस्तो अवस्थामा सेभिङ गर्न निकै कठिनाइ उत्पन्न हुन्छ । यद्यपि, केही सावधानी अपनाएमा यसरी पिम्पलयुक्त अनुहारमा पनि सजिलै सेभिङ गर्न भने सकिन्छ ।

अनुहारको सफाइ
सेभिङ गर्नुभन्दा पहिला अनुहारलाई राम्रोसँग पानीले सफा गर्नुपर्छ । त्यसपछि नरम टावेललाई अनुहारमा केही बेरसम्म अँठ्याएर राख्नुस् । जसले तपाईंको अनुहारलाई मुलायम गराउँछ । यसो गर्दा अनुहारको रौँका जरा पनि खुल्छन् । जसले तपाईंको सेभिङलाई आरामदायी बनाउन सहयोग पु(याउँछ ।

सेभिङ तेल
त्यसपछि पनि सीधै सेभिङ गर्नुको साटो सेभिङ तेल ९ओयल०को प्रयोग गर्न सक्नुहुन्छ । यस्तो ओयलले अनुहारमा राम्रोसँग मसाज गर्नुपर्छ । जसले अनुहारलाई नरम बनाउने गर्छ । यसले पनि तपाईंलाई सेभिङ गर्दा आराम मिल्छ । यसपछि रेजरले आरामसँग सेभिङ गर्न सकिन्छ ।
अल्कोहल फ्री क्रिम
यदि तपाईंको अनुहारमा पिम्पल्स छन् भने सेभिङ क्रिममा पनि ध्यान दिन आवश्यक हुन्छ । यसका लागि अल्कोहल फ्री सेभिङ क्रिमकै छनोट गर्नुपर्छ । तपाईंले यस्तो क्रिमको प्रयोग गर्न आवश्यक हुन्छ, जसमा सेन्सेथिक तनाव हुन्छ । किनकि, यस्तो क्रिमले तपाईंको छालामा जलन उत्पन्न गराउने गर्छ । जहिले पनि नेचुरल ओयलको मात्रा बढी भएको सेभिङ क्रिमको छनोट गर्नुपर्छ ।
रेजर
यदि तपाईंको छाला बढी संवेदनशील छ भने सिंगल ब्लेड भएको रेजर प्रयोग गर्नुपर्छ । मल्टिपल ब्लेड भएको रेजरका कारण अनुहारमा भएको पिम्पल्स काटिने र फुट्ने सम्भावना बढी हुन्छ । सेभिङ गर्नुभन्दा पहिला र पछि एन्टिब्याक्टेरियल लोसनको सहयोगले सफा गर्न सकिन्छ ।
सेभिङपछि
सेभिङपछि आफ्नो अनुहारलाई मनतातो पानीले सफा गर्नुपर्छ । यदि सेभिङपछि चिपचिप लाग्ने हुन्छ भने सामान्य क्लिन्जरको सहयोगले पनि सफा गर्न सक्नुहुन्छ । त्यसपछि अनुहारमा हल्का मोस्चराइजर लगाउनुस् या सेभ लोसनको प्रयोग गर्नुस् । जसले तपाईंको अनुहारलाई नरम मात्र बनाउँदैन, हाइड्रेड पनि बनाइराख्छ ।




सम्बन्धित समाचार


error: Content is protected !!