जाजरकोटमा रेडपाण्डा संरक्षणमा चाँसो

जाजरकोट ः विश्वकै दुर्लभ वन्यजन्तु रेडपाण्डा चोरी शिकारीको बढ्न थालेपछि संरक्षण्का लागि बिबिध कार्यक्रम सञ्चालन गर्न थालिएको छ । यहाँको बारेकोट र कुशे गाउँपालिकाका विभिन्न जंगलहरुमा गरिएको जेनेटिक्स अध्ययन तथ्याङ्कले जाजरकोटमा ५५ वटा मात्र रेडपाण्डा रहेको पत्ता लागेपछि संरक्षणमा जोड दिइएको हो ।
५ सय मात्र रेडपाण्डा रहेको नेपालमा , जाजरकोटमा मात्र ५५ वटा रहेको पाइएको छ । सन् २००८ देखि २०१८ सम्म नेपाल प्रहरीको केन्द्रीय तथ्याङ्क अनुसार ८४ वटा रेडपाण्डाको छाला सहितका व्यक्तिहरु नेपाल प्रहरीले पक्राउ गरेको छ भने, जाजरकोट जिल्लामा पनि ४ बर्षको अबधिमा दुई वटा रेडपाण्डाको छाला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
के हो रेडपाण्डा ?
रेडपाण्डा एक सुन्दर प्राणी हो । लजालु स्वभाव रेडपाण्डा रुखको हाँगामा सुत्ने गर्छ । रेडपान्डा स्तनधारी समुह अन्तर्गत पर्दछ । रातो पाण्डाले (निगाला)मालिंगोको टुसा र कलिलो पातलाई आफ्नो मूख्य खानाको रूपमा लिनुको साथै अन्य खानाहरू जस्तै च्याउ, वेरी, आदि मन पराउने गर्दछ ।
नेपालमा पाइने उप–प्रजातिमा ऐलुरस फल्जेन्स फल्जेन्स ( ब्ष्गिचगक ागनिभलक ागनिभलक ) हो । रेडपाण्डालाई ठाउँ अनुसार रातो पाण्डा, पुडे कुदो, वाह, होप, होपरोक्पा, होपदोङ्गा, हाब्रे, निगाले पोन्यो, आदि नामले चिनिन्छ । यसको प्रजाती एल्युरिडी परिवारमा पर्दछ । रेडपाण्डाको बासस्थानमा हुने सानो परिवर्तनले यसको अस्तित्वलाई नै संकटमा पार्ने गरेको छ ।
रेडपाण्डा समशीतोष्ण हावापानीमा पाइने निगालो पर्याप्त रहेको चौडापाते पतझर र कोणधारी जंगलहरूमा पाईने गर्दछ । रेडपाण्डा (हाब्रे) करिब २२ सय मिटरदेखि ४८ सय मिटरको उचाइसम्म १० देखि २५ डिग्री तापक्रम सम्म औसत वार्षिक वर्षा ३ सय ५० से.मी. भएको उच्च भेगका जङ्गलमा पाईने गरेको छ ।
किन संरक्षण गर्छ कानुनले ?
विश्व संरक्षण संघको रातो किताबमा हाब्रेलाई सङकटासन्न ( भ्लमबलनभचभम ) प्राणीको समुहमा सूचिकृत गरिएको छ । नेपालको स्तनधारी रातो कितावले पनि संङकटासन्न वन्यजन्तुको रूपमा सूचीकृत गरेको छ । दुलर्भ वन्यजन्तु तथा वनस्पति अन्तराष्ट्रिय व्यापार महासन्धि ( ऋयलखभलतष्यल यल क्ष्लतभचलबतष्यलब ित्चबमभ ष्ल भ्लमबलनभचभम क्उभअष्भक या ध्ष्मि ँबगलब बलम ँयिचब ९ऋक्ष्त्भ्क् ) ले यस जनावरलाई अनुसूची–१ मा राखी यसको गैरकानुनी ओसारपसार गर्न बन्देज लगाएको छ । रेडपाण्डा संकटासन्न प्रजातिको सुचीमा रहेकोले नेपाल सरकारले यसलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित प्राणीको सुचीमा सुचिकृत गरेको हो । उक्त ऐनमा कुनै पनि व्यक्तिले रेडपाण्डा नियन्त्रणमा राखेमा वा मारेको पाईएमा १ देखि १० बर्षसम्म कैद वा १ लाख देखि ५ लाखसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने र मतियारको हकमा कसुरदारलाई हुने सजाय हुने प्रावधान रहेको छ ।
नेपालमा कसरी भयो जानकारी ?
सन् १९८५–१९८७ मा लाङटाङ राष्ट्रिय निकुञ्जमा स्वर्गीय प्रल्हाद योञ्जनले गरेको विद्यावारिधी अध्ययन पछि यस जनावरका बारेमा जानकारी प्राप्त हुन थालेको हो । रेडपाण्डाको बिषयमा विद्यावारिधी गर्ने नेपालका पहिलो व्यक्ति स्वर्गीय प्रल्हाद योञ्जन नै हुन् ।
त्रिभुवन विश्व विद्यालयको केन्द्रिय विभाग वातावरण विज्ञानसंकाय तर्फ स्नातककोत्तरमा अध्ययनका क्रममा काठमाडौं गोकर्णेश्वर–५ जोरपाटीका बद्री बरालले रेडपाण्डाका बिषयमा जाजरकोटका विभिन्न जंगलहरुको अध्ययन तथा अवलोकन गरेर आफ्नो थेसिस पुरा गरेका थिए । सन् २०१३ वाट थेसिस सुरु गरेका बरालले सन् २०१४ मा पुरा गरेका गनुभएको थियो । रेडपाण्डा नेटवर्कको पछिल्लो तथ्याङ्क अनुसार नेपालका २४ वटा जिल्लाहरूमा रेडपाण्डाको बासस्थान भएको रेडपाण्डा नेटवर्कले जनाएको छ ।
सन् २०१६ देखि प्रकृति संरुक्षण अभियान नेपालमा काम गर्न सुरु गरेका बद्री बरालले रुफोड फाउण्डेसनको आर्थिक सहयोगमा गत बर्ष रेडपाण्डा संरक्षणका लागि जाजरकोटको बारेकोट र कुशे गाउँपालिकाका विभिन्न ठाउँहरुमा जनचेतनामुलक कार्यक्रमहरु संचालन गनुभएको थियो ।
विद्यालय तथा समुदायस्तरमा बालक्लब गठन गर्नुको साथै सामुदायिक वन समितिका पदाधिकारी र क्लबका पदाधिकारीलाई चेतनामुलक तालिम तथा गोष्ठीहरु सञ्चालन गरेका थिए । बारेकोट र कुशे गाउँपालिका लगायत जिल्लाका अन्य गाउँ तथा नगरपालिकाका विभिन्न ठाउँका विद्यालय तथा समुदायस्तरमा बालक्लब गठन गर्नुको साथै सामुदायिक वन समितिका पदाधिकारी र क्लबका पदाधिकारीलाई चेतनामुलक तालिम तथा गोष्ठीहरु सञ्चालन गरेर कार्यक्रमलाई निरन्तरता दिने बरालको भनाई रहेको छ ।
६ बर्ष देखि काम गदै आएको रेडपाण्डा नेटवर्कले २०७४ मंसिर देखि जाजरकोटमा काम सुरु गरेको थियो । जाजरकोटमा रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा डाँफे युवा क्लव, जाजरकोटले पश्चिम नेपालको समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम मार्फत जाजरकोटको कुशे गाउँपालिका–२ टालेगाउँ, ३ अर्छानी दतिउर, ९ पैंक र बारेकोट गाउँपालिका–१ रामीडाँडा, ३ मुल्साम, ४ नायकवाँडा जिरी, ७ सक्ला लुहाकमा संचालन गर्दै आएको कार्यक्रम अधिकृत भुपलाल केसीले जानकारी दिनुभयो ।
दुईवटा गाउँपालिकामा संचालन भएको पहिलो चरणको उक्त कार्यक्रम सन् २०२० सम्म संचालन हुने कार्यक्रम अधिकृत केसीले बताउनुभयो । कार्यक्रमले गतबर्ष बारेकोट गाउँपालिकाका २ वटा र कुशे गाउँपालिकाको १ गरी जम्मा ३ वटा सामुदायिक वनमा ९ वटा रेडपाण्डा संरक्षण ब्लक स्थापना गरेको अधिकृत केसीले बताउनुभयो । रेडपाण्डा संरक्षणका लागि स्थापना गरिएका ९ वटा ब्लकमा ८ जना वन अविभावक छनौट गरिएको छ अधिकृत केसीले भन्नुभयो “कार्यक्रमले रेडपाण्डा संरक्षणका लागि ७ वटा ठाउँमा विद्यालय स्तरका बालबालिकाहरुलाई अतिरिक्त कृयाकलाप संचालन गरेको छ, समुदाय स्तरमा ५ ठाउँमा रेडपाण्डा संरक्षण सम्बन्धि छलफल तथा बैठक सम्पन्न गर्नुका साथै वनजंगलको अबस्था तथा रेडपाण्डाको अबस्थालाई बुझ्नका लागि सय घरमा घरधुरी सर्वेक्षण गरिएको गरी रेडपाण्डा संरक्षणका लागि ३ वटा सामुदायिक वनमा ९ वटा व्लक स्थापना समेत भइसकेका छन् र ७ वटा विद्यालयमा क्लव गठन गरिनुका साथै सुचना पार्टी स्थापना गरिएको छ ” । त्यस्तै उहाँका अनुसार ठाउँ–ठाउँमा सुचनापाटीहरु राखिएको छ, जिविको पार्जन तर्फ बारेकोट गाउँपालिकाका ३ वटा सामुदायिक वनमा ४ सय १६ वटा टिम्मुरका बिरुवाहरु वितरण गरिएको छ ।
जैविक विविधत्ता संरक्षण सम्बन्धि कार्यशाला गोष्ठी, वन्यजन्तु अपराध नियन्त्रण सम्बन्धि गोष्ठी, वन अविभावकहरुका लागि क्षमता विकास तालिम लगाएतका कृयाकलापहरु संचालन गर्दै आएको छ । पश्चिम नेपालको समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रमसंगको साँझेदारीमा बारेकोट गाउँपालिकाले पनि गत आर्थिक बर्षमा साढी ४ लाखको बजेट खर्च गरेर विभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गरेको थियो ।
उक्त कार्यक्रम मार्फत जुनीचाँदे गाउँपालिकाका केहि जंगलमा जेनेटिक्स अध्ययन गर्नुको साथै बारेकोट र कुशे गाउँपालिकामा परिमार्जित कृयाकलाप सहित कार्यक्रमलाई निरन्तरता दिने बताईएको छ ।
डिभिजन वन कार्यालय, जाजरकोटको पञ्चबर्षिय कार्ययोजनामा रेडपाण्डा संरक्षणको बिषय पनि वन बिभागबाट स्वीकृत भएर आएको डिभिजन वन कार्यालय, जाजरकोटका प्रमुख मन्जुर अहमदले जानकारी दिनुभयो । वन बिभागबाट स्वीकृत भएको कार्ययोजनामा रहेर डिभिजन वन कार्यालयले आगामी बर्ष देखि रेडपाण्डा संरक्षणको क्षेत्रमा विभिन्न कृयाकलाप संचालन गर्ने डिभिजन प्रमुख अहमदको भनाई रहेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!