प्रजातन्त्र दिवसमा घोडा दौड

सुकमाया थापा
डोल्पा ः ६९ औ प्रजातन्त्र दिवसको अवसरमा आज डोल्पाको सदरमुकाम दुनैमा घोडा दौड प्रतियोगीता गरेर बनाएको छ । जिल्ला समन्वय समिति डोल्पाको आयोजना र ८ वटा स्थानीय निकायको सहयोगमा प्रतियोगीता गरी मनाइएको छ ।
डोल्पा जिल्लामा हरेक पर्ष प्रजातन्त्रको विशेष अवसरमा विभिन्न खेल मनोरञ्जन लगाएतका पुरना पुर्खेउली कला संस्कृतीको प्रदर्शन गरेर मनाइने गरिन्छ ।
अन्य खेल भन्दा यो निकै जोखिम पुर्ण खेल रहेको छ तर पनि स्यानीय युबाहरुले यो खेलमा साहस र हिम्मतका साथ घाडादौड प्रतियोगिता मा सामेल भएका छन् । ६९ औ प्रजातन्त्र दिवसमा २८ वटा घोडाहरुको बीचमा यो खेल प्रतियोगिता गरेको आयोजक जिल्ला समन्वय समिती डोल्पाले जानकारी दिएको छ ।
जस्मा त्रिपुरासुन्दरी नगरपालिका वडा नं ७ पाहाडाका बिष्णुप्रसाद महतारा को घोडा प्रथम प्रथम भइ २५ हजार राशीको पुरुष्कार हात पारेको छ भने , सोही नपाकै २ रसिको सुर्यबहादुर रोकायको घोडा दोस्रो स्थान प्राप्त गरी १५ हजार राशीको पुरुष्कार हात पारेको बतएको छ । त्यस्तै ठुलीभेरी नगरपालीका वडा नं ४ तिप्लाको राजबहादुर बुढाको घोडा तेस्रो भएर रु १० हजार , त्रिपुरासुन्दरी नगरपालीका वडा नं ७ पाहाका शिवेस शाहीको घोडा चौथो स्थान हासिल गदै ४ हजार राशीको पुरुष्कार हात पारेको जिल्ला समन्वय समिती डोल्पाका उप प्रमुख नरबहादुर बुढाले बताउनु भयो ।










