६ महिना देखि जनप्रतिनिधी जिल्ला बाहिर

सुकमाया थापा
डोल्पा ः डोल्पाका ८ वटा स्थानीय तहका सरकार प्रमुखहरु ६ महिना देखि जिल्ला बाहिर रहेको खुलासा भएको छ । जिल्लामा बसेर काम नगर्ने जनतका काम ठप्प भएको नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले बताउनुभयो ।
जिल्लामा २ नगरपालिका , ६ गाउँपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरु काठमाण्डौ बसेर डोल्पाको काम सञ्चालन गरेको उहाँको भनाइ छ । यसले गर्दा दैनिक हुँने बिभिन्न कार्यक्रमहरु , जनता दिने सेवा समेत प्रभावित भएको छ ।
जिल्ला अन्य सरकारी कार्यालयका प्रमुखहरु पनि जिल्लामा नरहेको उहाँले बताउनुभयो । बिभिन्न बहाना बनाउदै डोल्पा छाडेको उहाँको भनाइ छ । स्थानीय तहमा अनुगमण गर्दा पुरै स्थानीय तहका प्रमुख र कर्मचारीहरु बिहिन भएको पाइएको हो ।








