गाउँपालिकाले सडक खनेको रकम नदिदा रिण बोक्दै उपभोक्ता


जाजरकोट ः गाउँपालिकाले सडक निर्माणका लागि छुट्याएको रकम झुक्तानी नगर्दा उपभोक्ताहरुले रिण काडेर तिर्न बाध्य भएका छन् । जिल्लाको कुशे गाउँपालिका –१ तारेचौर देखि साधलाग्ने सम्मको ७ किलोमिटर सडक निर्माण भएपनि उपभोक्ता समितिले पैसा नपाउँदा रिण काडेर तिरेको बताएका छन् ।
अघेल्लो आर्थिक वर्षमा निर्माण भएको यो सडकको प्राविधिक मुल्याङकन नगरिदिदा सडकको लागि छुट्याएको रकम फिर्ता भएको कुशेगाउँपालिका – १ का वडा अध्यक्ष गोपाल नेपालीले बताए । सडक निर्माण गर्ने भनि गाउँपालिका सँग लिखित सम्झौता भइ काम सम्पन्न गर्दा सम्म झुक्तानी नगर्दा समस्य परेको उपभोक्ता समितिका अध्यक्ष मानबहादुर बस्नेतले बताए । यो आर्थिक बर्षमा यो सडकका लागि रकम बिनियोजन नगर्दा आफुहरुले काम गर्ने ५ प्रतिशतका हिसावले ६ लाख रिण काडेर काम गरेका मजदुरलाइ रकम झुक्तानी गरेका बस्नेतले बताए । १० लाख रुपैयामा सडक निर्माणको सहमती भएको उहाँको भनाइ छ । बाँकी ६ किलोमिटर सडकको स्तरउन्नतीको काम गरेपनि रकम झुक्तानी नहुँदा समस्य भएको वडा अध्यक्ष नेपालले बताए।
स्तर उन्नतीको काम रु ६ लाखको काम भएको भएपनि अहिले सम्म रकम भुक्तानी नभएको उहाँले बताउनुभयो । सडक निर्माण भइ सोही बाटोमा यातायातका साधनहरु सञ्चालन भएका छन् तर काम गर्ने उपभोक्ता समितिले रकम नपाउँदा हैरान भएको छ , अहिले सम्म सो रकमका लागि सदरमुकाममा रहेको गाउँपालिकाको कार्यालयमा ६ पटक आएको उपभोक्ता समितिका अध्यक्ष बस्नेतले बताउनुभयो । अन्य जताततै योजनामा रकम छुट्याएपनि यो योजनामा रकम नछुट्याउदा समस्य भएको छ । कुशेगाउँपालिका प्रशासकीय अधिकृत श्यामकृष्ण पौडेल ले उपभोक्ता समिति आएर रकम माग्नु हुन्छ तर रकम बिनियोजन नभएको कसरी दिन सकिन्छ र ? अघेल्लो बर्ष दिने रकम अहिले सम्म अलझाएर किन राखेको होला ।







