मृतक सवैको सनाखत


जाजरकोट ः जाजरकोटमा बिहीबार बेलुका भएको बस दुघर्टनामा परि मृत्यु भएका चार जनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा डोल्पा जिल्ला जगदुल्ला गाँउपालिका–४ छाँचुका मुनबहादुर बोहरा, बाँके जिल्ला खजुरा–२ का बसका सहयोगी हरिबहादुर रावत र सोही ठाउँका सहचालक सागर भण्डारी , डोल्पा त्रिपुरासुन्दर नगरपालिका ७ का पहाडाका लालबहादुर बिक रहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनुभयो । मृतक एक अधबैंसे पुरुषको भने अझै सनाखत हुन सकेको छैन । बस दुघर्घटनाका गम्भीर घाइते पश्चिम रुकुम आठबीकोट–१३ का लालबहादुर थापा र आठबीसकोट–११ का भरत चन्दलाई थप उपचारका लागि राती नै नेपालगञ्ज पठाइएको छ। जाजरकोट नलगाड नगरपालिका –५ कालिमाटीका विवश बोहरालाई शुक्रबार बिहान थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताउनुभयो । जाजरकोट अस्पतालमा चार जना र रिम्नामा दुई जनाको उपचार भइरहेको छ । घाइतेको निशुल्क उपचार गरिने प्रजिअ बस्नेतले बताउनुभयो ।
नेपालगञ्जबाट रुकुम पश्चिम आठविसकोट नगरपालिकाको राडीबजार तर्फ गइरहेको भे १ ख १३२९ नम्बरको यात्रुबाहक बस बिहीबार राति जाजरकोट भेरी नगरपालिका –१ रिम्ना स्थित कुइनेउटामा दुर्घटना भएको हो । जाजरकोट–डोल्पा सडकको खलंगा रिम्न खण्डमा पर्ने यो बाटो कच्ची, साँघुरो हुनुकासाथै धेरै मोड भएकोले दुर्घटना भएको प्रहरीको जनाएको छ । बस निकै थोत्रो भएकाले पनि दुघर्टना भएको प्रहरीको भनाइ छ । घटनास्थल सदरमुकाम खलंगाबाट करिब १५ किलोमिटरको दूरीमा पर्छ । घाइेतको स्वास्थ्य लाभको कामना र मृतक प्रति भावपुर्ण श्रदान्जली व्यक्त गदै वन तथा वातावरण मन्त्री शक्तिबहादुर वस्नेतले उपचारमा कुनै कमी हुँन नदिन आग्रह गर्नुभएको छ ।
त्यस्तै पुर्व शान्ति मन्त्री सत्य पहाडी , सांसद गणेसप्रसाद सिंह , बीरबहादुर शाहीले समेत दुख व्यक्त गर्नुभएको छ । उहाँहरुले पटक , पटक सडकको स्तरउन्नतीको कुरा उठाउदा पनि सम्वन्धित निकायले सडकको काममा ध्यान नदिदा दुर्घटना निम्तिएको बताउनुभएको छ ।







