हजार दरका डेढलाख नक्कली नोटसहित काठमाडौ‌ंमा एक पक्राउ

काठमाडौं,काठमाडौं प्रहरीले १ लाख ५२ हजार नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ। काठमाडौं गोगंबुबाट १ लाख ५२ प्रहरी टोलीले शनिबार राति एक हजार दरका नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको हो। गोंगबुस्थित गौमती सिर्पालीको घरमा डेरा गरि बस्ने पोमबहादुर कुँवर र हिक्मत मियाँको कोठाबाट उक्त नक्कली नोट बरामद गरिएको महानगरिय प्रहरी बृत्त गोगंवुले जनाएको छ। प्रहरीले पोमबहादुर कुँवरलाई पक्राउ गरेको छ भने अर्का आरोपी हिक्मत मियाँ भने फरार रहेको प्रहरीको भनाइ छ। मियाँलाई प्रहरीले खोजी गरिरहेको र छिट्टै पक्राउ पर्ने प्रहरीको दाबी छ। थाहा साभार




सम्बन्धित समाचार


error: Content is protected !!