भृकुटी मण्डपमा कर्णाली बृहत प्रदर्शनी हुने

सुकमाया थापा
माघ, २० डोल्पा ः कर्णाली प्रदेशको कला संस्कृतीको संरक्षण र प्रचार गर्नका लागि भृकुटी मण्डपमा बृहत प्रदर्शनी हुने भएको छ । हाम्रा गौरबका पानाहरु र सम्भावनाका खानीहरुको उत्सव भन्ने मुल नाराका साथ काठमाण्डौको भृकुटी मण्डपमा करीव एक लाख दर्शकहरुदाइ लक्षित गरी यहि फाल्गुन ३,४ र ५ गते कर्णाली बृहत प्रर्दशनी एक्सपो हुने भएको हो ।
गौरवमय इतिहास धनि कला संस्कृतिक पुरानो सभ्यता प्रकृतिक सुन्दरता र सम्भावनाको खानी भएको कर्णालीको परिभाषा संधै गरिबी,अशिक्षा,अभाव र बिटताको परिचय दिदै आएको छ ।
कर्णालीको संस्कृतिक र हाम्रो अतितको महिमा बारे काठमाण्डौ बाट सम्पुर्ण देशलाइ अवगत गराउदै कर्णाली प्रदेश सरकारले घोषणा गरेको कर्णाली रारा पर्यटन वर्ष २०७५लाइ सफल बनाउने र सरकारले गरेको योजनाको पहिले देश अनि विदेश भन्ने नारालाइ कर्णालीबाट बुलन्द पार्ने उदेश्य सहित यो प्रदर्शनी गर्न लागेको बताएको छ ।
मुलत सम्पुर्ण देशलाइ कर्णालीको भ्रमण गर्न उत्प्रेरना दिने र लगानी कर्ताहरुलाइ कर्णालीको सम्भावनाका बारेमा जानकारी गराउने उदेश्य रहेको छ । यो महोत्सवले एउटा कार्यक्रम मात्र नभएर समग्र कणाीली प्रदेशको समृद्धिको एउटा महत्वपुर्ण खुड्किलाको रुपमा भुमिका खेल्ने आयोजकको विश्वास रहेको छ ।
मुगु रारा मानसरोवर, शे फोक्शुण्डो, काँक्रेबिहार,कुभिन्डे दह,चन्द नाथ, दैलेख ज्याला,खैरावाङ्ग भगवती मन्दिर लगाएतका कर्णालीका अन्य पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार गर्ने कर्णालीमा रासायनिक मलको न्यनतम प्रभाव रहेको रणनीतिक अवस्थितिको फाइदा उठाउँदै कर्णालीलाइ प्रांगारिक कृर्षि हर्वको रुपमा प्रचार गर्ने कार्णालीको संस्कृतिको प्रचुरता र अतितको महिमा बारे काठमाण्डौबाट सबै नेपाली लगाएत विश्व समुदायलाइ अवगत गराउने ऐतिहासिक खास सभ्यता संग समग्रह नेपालको ऐतिहासिक साइनेको बारेमा प्रचार प्रसार गरीने भएको छ ।
संसारभर छरिएका खास जातिलाइ आफनो उदगम स्थल तिर आकर्षित गर्ने कर्णालीमा लगानी गर्ने इच्छुक लगानी कर्ताहरुलाइ कर्णालीको प्रर्यटन कृर्षी,जडिबुटि प्रसोधन र जलविधुत लागाएतका क्षेत्रहरुको सम्भावनाबारे जानकारी गराउने कर्णालीको उच्च हिमाली भोट क्षेत्रको इतिहास र सभ्यताको प्रचार प्रसार गर्ने कर्णालीमा प्रांगारिक कृर्षि पर्यटन शैक्षिक पर्यटन अनुशन्धान मुलक पर्यटन वनवातावरण,संस्कृति,वन्यजन्तु व्यबसाहिक पर्यटन डकुमेन्टी र सिनेमा आदिको प्रवर्दन गर्ने कर्णालीको समृद्धिको यात्रामा रहेर प्रदेश केन्द्र सरकार संग हातेमालो गरेर अगाडि बढ्न युवा,विधार्थी,व्यापारी शिक्षक लगानी कर्ता अनुसन्धान कर्ता दातालगाएत सबैलाइ उत्प्रेरणा दिने कर्णालीका युवाहरुलाइ कर्णालीप्रति जिम्मेवार बनाउदै उनिहरुको क्षमता बृद्धिमा महत्वपुर्ण भुमिका खेल्ने आशा आयोजक समृद्ध कर्णाली अभियानले राखेको छ ।
विगत लामो समय देखी देखीदै देखाउँदै आएको कर्णालीको सुन्दरता देखीए भन्दा फरक र सुन्दर रहेको छ । लुकेको सम्भावनालाइ उजागर गर्दै कर्णालीको बिकास र समृद्धि सम्पुर्ण नेपालीको उत्तर दायित्व हो ।




सम्बन्धित समाचार


error: Content is protected !!