अनशन तोड्दै डा.केसीले भने स् संघर्ष जारी छ
काठमाडौं , डा.गोविन्द केसीले एकतर्फी रूपमा अनशन तोडेका छन्। शुक्रबार शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन आयोजना गरी अनशन तोडेको घोषणा गरेका हुन्। उनलाई पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना र अस्पतालमा सरसफाइ गर्ने कर्मचारीले जुस खुवाएर अनशन तोडाएका हुन्। उनले शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री केपी शर्मा ओलीमा इमान र विश्वश्नीयताको खडेरी रहेको आरोप लगाए ।
उनले आफ्नो अनशन सरकारको बदनियतका कारण पुन अधुरो रहन गएको बताएका छन्। उनले सुशासन र बाँकी कार्यभार पूरा गर्न निरन्तर र फरक रूपमा लड्ने प्रतिबद्धतासमेत जनाएका छन्। ुचिकित्सा शिक्षा विधेयकमै सम्बन्धनका प्रावधान लगायतमा सुधारको जति काम सरकारको बदनियतका कारण अधुरो रहन गएको छ, त्यो पूरा गर्न तथा सुधार र सुशासनका बाँकी कार्यभार पूरा गर्न म निरन्तर फरक रुपमा लडिरहने प्रतिबद्धता व्यक्त गर्दछुु, डा केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, अझै पनि हामीसँग यस अगाडि भएको सम्झौताअनुसार ऐन सच्याउन सरकारलाई समय दिंदै सो ऐन नसच्याइएमा तथा अहिलेसम्मका उपलब्धि उल्टाउन खोजिएमा निरन्तर संघर्ष जारी राख्ने प्रण गर्दछु। उनले जनमुखी ऐन नआए पुनः अनशन बस्ने बताएका छन्।
उनल आफूसँग भएका सम्झौताअनुसार ऐन बन्नु पर्ने अडान भने कायमै राखेका छन्। मैले अनशन तोडे पनि जनमुखी नभए ऐन मान्य छैन म निरन्तर लडिरन्छु, भएको सम्झौताअनुसार ऐन बन्नु पर्छ, यदि भएन भने १७औँ अनशन सुरु गर्छु, राष्ट्रपतिले विधेयक प्रमाणिकरण गर्नु अगाडि फिर्ता पठाउनु भएन फेरि अनशन बस्छुु केसीले भने। उनले नागरिक समाजका अगुवाहरूको आग्रहमा १६ औँ अनशन २४ दिनका दिन तोडेका हुन्। चिकित्सा शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै केसीले पुस २५ गते इलाम पुगेर अनशन सुरु गरेका थिए। केसीको माग र प्रतिपक्षी कांग्रेसको विरोध हुदाहुदै पनि सरकारले चिकित्सा शिक्षा विधेयक दुवै सदनबाट पारित गरेपछि अनशन तोड्न चौतर्फी दबाब परेको थियो। हुनत आजै दिउँसो सम्म पनि के सीले अनसन नतोड्ने अडान माथेमा आयोग र नागरिक समाज समक्ष राख्दै आएका केसी थिए साँझ पर्दा नपर्दै अनसन तोड्न तयार देखिएका हुन ।थाहा साभार