तीन दिन देखी जाजरकोट टेलिफोन सेवा अवरुद्ध

सञ्जय केसी
जाजरकोट ः मछाइनामा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा चट्याङ पर्दा जाजरकोटको टेलिफोन सेवा अवरुद्ध भएको छ । चट्याङले तीन दिन अघि मछाइनमा रहेको जि एस एम नमस्ते र स्काइ प्राविधिको टावरमा क्षति पुर्याउदा जाजरकोट टेलिफोन सेवाबाट बन्चित भएको हो ।
मछाइनमा रहेको टावरले नै रुकुमको घेत्मा , जाजरकोट बारेकोट रतनकोट, नलगाड नगरपालिकाको गराइला लगायतका ५ ठाउँमा रहेका टावरलाइ रिले गदै आएको थियो । रिपिटर टावरमा परेको चट्याङले त्यहाँ रहेको सोलार व्यट्री, अन्य उपकरणमा क्षेती बनाएको नेपाल टेलिकम जाजरकोटका प्रमुख लोकेन्द्र भण्डारीले जानकारी दिए । दुइ दिन देखी प्राविधिक टोली कामका खटिएपनि टावर निर्माणको काम सफल नभएको उहाँले बताउनुभयो । शुक्रबार पनि टावरमा आएको समस्या निराकरण गर्न नसके नेपालगन्जबाट थप जनशक्ती ल्याएर मर्मत कार्य गरिने भण्डारीले बताए ।
टावरले काम नगर्दा जिल्ला सदरमुकाम र गाउँ , गाउँमा रहेका स्थानीय सरकारको सम्पर्क टुटेको छ । मछाइनामा रहेको टावरमा बेला , बेलामा समस्य आउँदा यहाँका हजारौ स्थानीयले सास्ती भोग्दै आएका छन् । नीजि क्षेत्रका सञ्चार प्रदायक कम्पनीको जाजरकोटका गाउँ , गाउँमा सेवा बिस्तार नहुँदा नेपाल टेलिकमको सेवामा नै भर पर्नु वाध्यता रहेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!