स्कुल ‘बंक’ गरेर भारी बोक्न बजार पुग्छन्

कालिकोट । जिल्लाको खाडाचक्र नगरपालिका वडा नं २ मान्म गाविसस्थित गैरा गाउँका ११ वर्षीय अलि दर्जि ५ कक्षा पढ्छन् तर उनी धेरै समय भारी बोकेरै बिताउँछन् । भर्ता गाविसको जितेबजारको छहरादेखि लालिघाटसम्म उनले भारी बोक्न थालेको तिन वर्ष भइसक्यो
कलिला यी बालबालिका पढाइ छोडेर भारी बोक्न बाध्य छन् । गाहिर गाँउ र शान्नि त्रिवेणि गाँउपालिकास्थित रकु गाविसका प्रावि स्तरका बालबालिका भारी खोज्दै जिते बजारको छहरा धाउने गरेका छन् । उनीहरू विद्यालयमा भन्दा जितेबजारमा नियमित हुने गरेको जितेबजारका व्यापारी देबराज शाही बताउँछन् ।
गरिबीका कारण १५ वर्षभन्दामुनिका कलिला बालबालिका विद्यालयमा भर्ना भएपनि पढाइभन्दा बढी भारी बोक्नका लागि हानथाप गर्दै घरबाट एक घन्टा टाढा जितेबजारमा पुग्ने गरेका छन् ।
अधिकांश दलित बालबालिका स्कुल छाडेर भारी बोक्ने गरेका छन् । जितेबजारको छहरामा गाडी नआउँदै बालबालिका बस पार्कमा कुरेर बस्ने गरेका छन् । गाडी रोक्ने बित्तिकै यात्रु, व्यापारी र आयोजनाका फलामे औजार, चामललगायतका खाद्यान्न बोकेर बजारको पुलदेखि एक किलोमिटर टाढाको दुरीमा रहेको लालिघाट पुर्याउने काम गर्छन् । उनीहरूले ज्याला बापत प्रतिकिलो सामानको १ रुपैयाँ पाउने गरेको बताए ।
बुवा आमालाई झुक्याएर बजार
गरिबीका कारण १५ वर्षभन्दामुनिका कलिला बालबालिका विद्यालयमा भर्ना भएपनि पढाइभन्दा बढी भारी बोक्नका लागि हानथाप गर्दै घरबाट एक घन्टा टाढा जितेबजारमा पुग्ने गरेका छन् । शनिबार र शुक्रबार बिहानैदेखि बेलुकासम्म र अरू दिनमा हाफ छुट्टपछि भागेर जितेबजार जाने गरेको जितेबजारका अर्का व्यापारी प्रदिप सुनारले बताए । ‘बुवाआमासँग विद्यालय जान्छु भनेर बजारमा जाने पनि छन, उनले भने, ‘तर धेरैजसो दैनिक खर्च जुटाउनका लागि भारी बोक्ने गरेका हुन् ।’
दलित र विपन्न बालबालिकालाई छात्रवृत्ति र अन्य कार्यक्रम लागू गरी भारी बोक्न रोक्नुपर्ने उनले बताए । कलिलो बालवालिकाले पढ्ने उमेरमा भारी बोकेको देख्दा दया लाग्छ र सय पचास रुपैँया दिएर घर फिर्ता पनि गरेका छौँ, फेरि भारि बोक्न आइहल्छन् ।’
रकु सेरिज्युलाका ८ मा अध्ययनरत १४ वर्षीय अमिन सार्कीले बुबाआमासँग पैसा माग्दा जितेबजार गएर भारी बोक्न भन्ने गरेको बताए । भारी बोकेरै दिउँसोको खाजा, कापी किताब र स्कुलको शुल्क तिर्ने गरेको उल्लेख गर्दै उनले भने, जितेबजारले धेरै सजिलो भएको छ ।’ एक दिनमा ८र१० जना भन्दा बढी ससाना बालबालिका जितेबजारमा भारी बोक्न पुग्ने गरेका छन् । शनिबार र शुक्रबार त्यो संख्या तेब्बर हुने गरेको बस पार्कमा सुरक्षार्थ खटिएका प्रहरीले बताए । ‘भारी खोसाखोस र झगडा पनि हुन्छ’ ती प्रहरीले भने ।
प्रहरी चौकी हुल्मका इन्चार्ज मधु श्रेष्ठले गरिबी र खल्ती खर्च जुटाउने रहर दुबै कारणले बालबालिका पढाइ छाडेर भारी बोक्न गएको बताए । उनले भने, ‘अभिभावकले पनि आफुसंगै भारी बोक्न ल्याउने गरेका छन् ।’ दलित र विपन्न बालबालिकालाई छात्रवृत्ति र अन्य कार्यक्रम लागू गरी भारी बोक्न रोक्नुपर्ने उनले बताए । कलिलो बालवालिकाले पढ्ने उमेरमा भारी बोकेको देख्दा दया लाग्छ र सय पचास रुपैँया दिएर घर फिर्ता पनि गरेका छौँ, फेरि भारि बोक्न आइहल्छन् ।’
श्रमको क्षेत्रका आधारमा सबैभन्दा बढी घरेलु कामदारको रुपमा मान्मका होटल तथा रेष्टुरेन्टमा श्रमिक काम गरिरहेको देखाएको छ । बालश्रमको अन्त्य भयो भनेर भाषण मात्र गर्छन, वास्तवमा ग्रामिण क्षेत्रमा अझैपनि बालवालिका श्रमबाट मुक्त नभएको जिल्लाका सरोकारवालाहरुको भनाई छ ।










