१० दिनदेखि हराएका किशोर मृत फेला

दैलेख:दश दिनदेखि हराइरहेको गुराँस गाउँपालिका–२ का १३ वर्षीय अविनाश रावल मृत भेटिएका छन्। सोही वडाको लम्तरी भन्ने ठाउँमा प्लास्टिकको डोरीले झुण्डिएको अवस्थामा शव मंगलबार साँझ पाँच बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।थाहा साभार










