कक्षा ११ को नेपाली विषयको प्रश्नपत्रको त्रुटिप्रति सञ्जालको आपत्ति

काठमाडौं कक्षा ११ को ग्रेड वृद्धि परीक्षाअन्तर्गत आइतबार सञ्चालित अनिवार्य नेपाली विषयको प्रश्नपत्रमा भएको त्रुटिप्रति मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले आपत्ति जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षाको प्रश्नपत्रमा भएको त्रुटिलाई सञ्जालल विज्ञप्ति जारी गर्दै अक्षम्य र आपत्तिजनक भएको टिप्पणी गरेको छ। सञ्जालका अध्यक्ष प्रा।डा। खगेन्द्रप्रसाद लुइँटेलद्वारा जारी विज्ञप्तिमा ‘शिक्षा मन्त्रालयअन्तर्गतका निकायले यी सबै निर्णय अनिवार्यतः कार्यान्वयन गर्नुपर्नेमा यो कुनै मानवीय त्रुटि नभई बदनियतपूर्ण ढङ्गबाट गरिएको गम्भीर षड्यन्त्र तथा जघन्य अपराध हो।’ उल्लेख छ। विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने अधिकार राष्ट्रिय परीक्षा बोर्डलाई नभएको सञ्जालले स्पष्ट पारेको छ। विज्ञप्तिमा भनिएको छ, ‘यस्तो गम्भीर विषयलाई सामान्य रूपमा लिई तमाम विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने दुष्कार्य भएमा त्यसबाट उत्पन्न हुने जुनसुकै परिणामको जिम्मेवार राष्ट्रिय परीक्षा बोर्ड स्वयं हुनेछ।’ सञ्जालको दबाब र आन्दोलनका कारण नेपाल प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय नेपाली विषय समिति, नेपाली भाषा तथा राष्ट्रिय भाषा विषय समिति, शिक्षा मन्त्रालयको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले विभिन्न मितिमा अमानक वर्णविन्यास खारेज गरी सबै तहको पठनपाठन, पाठ्यपुस्तक र परीक्षा प्रणालीमा मानक वर्णविन्यासको प्रयोग गर्ने निर्णय गरेका थिए।थाहा साभार




सम्बन्धित समाचार


error: Content is protected !!