वाइडबडी खरिद प्रकरणबारे पर्यटन मन्त्री अधिकारीको जवाफ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले वाइडबडी जहाज खरिदमा आफूले कुनैपनि प्रकारको भ्रष्टाचार नगरेको बताएका छन् ।
संसदीय उपसमितिले भनेजस्तो भ्रष्टाचारमा आफ्नो कहिपनि संलग्नता नरहेको नउले दावी गरे । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले वाइडबडी खरिद प्रक्रिया २०७१,७२ बाटै सुरु भएको बताए ।
उनले आफूले मन्त्रालय सम्हाल्नुअघि नै सो प्रक्रिया चालू रहेको र नेपालको हवाइसेवा सुधारका लागि थालिएको यो प्रकृयामा आफूले निरन्तरता दिएको बताए ।
निगमले किनेका वाइडबडी वोलपत्र आह्वान गरेर प्रतिस्पर्धाकै आधारमा खरिद गरेको उनको दाबी छ ।










