के पर्यटनमन्त्री अधिकारीले राजीनामा दिदैछन् ?

काठमाडौँ । स्वच्छ छबीका युवा नेताको पहिचान बनाएका नेकपाका नेता रवीन्द्र अधिकारी पछिल्लो समय केही विवादमा मुछिएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डययनम मन्त्रालयको नेतृत्व गरिरहेका अधिकारीले मन्त्री भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुधारको काम गरेर गरेका चर्चा पनि बटुलेका थिए । तर, उनी हालै वाइडबडी खरिद प्रकरणमा नाम जोडिएसँगै विवादमा तानिएका छन् ।

यीनै विवादकाबीच मन्त्री अधिकारीले आज बिहान १० बजे पत्रकार सम्मेलनको आयोजना गरेका छन् । मन्त्रालयका सचिव कृष्ण देवकोटा लगायत सम्बद्ध अधिकारी राखेर मन्त्री अधिकारीले सिंहदरबारस्थित कार्यकक्षमै पत्रकार सम्मलेन गर्न लागेका हुन् । बिहान ११ बजे नै लेखा समितिको बैठक बोलाइएको अवस्थामा मन्त्री अधिकारीले त्यसअघि नै गर्न लागेको पत्रकार सम्मेलनलाई महत्वका साथ हेरिएको छ ।

कतिपयले पत्रकार सम्मेलनको गरेर मन्त्री अधिकारीले उनले राजीनामा दिन लागेको अनुमान गरेका छन् । यअसघि एउटा विवादमा मुछिएका तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिनु परेको थियो । मन्त्री अधिकारी प्रधानमन्त्री ओली निकट हुन् । असअघि विवादमा मुछिएर राजीनामा दिएका तत्कालीन कानुनमन्त्री तामाङ भने माधव नेपाल निकट हुन् ।

तामाङमो नजिरलाई देखाउँदै धेरैले सामाजिक सञ्जालमा मन्त्री अधिकारीको समेत राजीनामा मागेका छन् । तर, मन्त्रालय स्रोतका अनुसार मन्त्री अधिकारीले राजीनामा दिने भन्दा पनि आफ्नो प्रष्टिकरण राख्नका लागि पत्रकार सम्मेलन गर्न लागेका हुन् । ‘राजीनामा दिन नदिने विषयमा केही कुरा भएको छैन, मन्त्री ज्यूले आफ्नो धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो’, मन्त्रालय स्रोतले भन्यो । वाइडबडी विवादमा मुछिएपछि उनले पहिलोपटक सार्वजनिक अभिव्यक्ति दिन लागेका हुन् ।

यस्तै मन्त्री अधिकारीका प्रेस संयोजक ध्रुव पोखरेलले पनि राजीनामाको कुरा हल्ला मात्र भएको बताए । ‘सवै पक्षसँग परामर्श गरेपछि मन्त्री अधिकारीले वाइडबडी खरिद प्रकरणको यथार्थ पाटो सार्वजनिक गर्न लागेको प्रेस संयोजक पोखरेलले बताए ।

पोखरेलका अनुसार मन्त्री अधिकारीले वाइडबडी खरिद प्रकरणका बारेमा अहिलेसम्म उठेका प्रश्नको जवाफ पत्रकार सम्मेलनमार्फत दिनेछन् । पोखरेलले मन्त्री अधिकारीले राजीनामा दिन लागेको भनेर उनको चरित्रहत्या गर्ने काम भएको टिप्पणी गरे ।

पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव देवकोटा, नागरिक उड्ययन प्रधिकरणका महानिर्देशक, वायु सेवा निगमका महाप्रबन्धक र कार्यकारी अध्यक्ष समेत सहभागी हुनेछन्।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले वाइडबडी जहाज खरीदबारे छानबिन गर्न बनाएको उपसमितिले मन्त्री अधिकारी सहितका पदाधिकारीको संलग्नता रहेको प्रतिवेदन समितिमा बुझाएको थियो ।

प्रतिवेदनमा वाइडबडी जहाज खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख अनियमितता भएको ठहर गरेको छ भने अनियमिततामा मन्त्री अधिकारीसहित मन्त्रालयका सचिव देवकोटा, निगमका महाप्रवन्धक सुगतरत्न कंशाकार, तत्कालीन पर्यटन सचिव प्रेमकुमार राई र शङ्कर अधिकारीलाई समेतलाई तत्काल निलम्बन गरी कारवाही गर्न सिफारिस गरिएको छ ।

यस्तै तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही र जितेन्द्र नारायण देवले सार्वजनिक खरिद ऐन २०६३ को विपरीत अनियमित तरिकाले विमान खरिद प्रक्रिया अगाडि बढ्दा पनि यथेष्ठ सतर्कता नअपनाएकाले नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै कानुनसम्मत कारवाहीका लागि निर्देशन गर्न समितिलाई सिफारिस गरिएको छ ।

उपसमितिको सिफारिसबारे छलफल गरेर समितिले आवश्यक निर्णय गर्ने तयारी गरिरहेको    दैनिक नेपालमा खवर छछ ।




सम्बन्धित समाचार


error: Content is protected !!