भेरी नगरपालिकाले ऐन तथा कार्यविधि पास गदै नगरसभा सम्पन्न

जाजरकोट । भेरी नगरपालिकाको चौथो नगरसभाले ऐन तथा कार्यविधिहरु पारित गर्दै सम्पन्न भएको छ । दुई महत्वपुर्ण ऐन सहित केही कार्यविधि र निर्णयहरु पास गर्दै नगरसभा शनिवार सम्पन्न भएको हो ।
सभाले नगर प्रहरी भर्ना गर्न बनेको नगर प्रहरी ऐन २०७५ र नगर विपत जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन २०७५ पारित गरेको छ ।
त्यस्तै नगर विपत् व्यवस्थापन कोष संचालन कार्यविधि २०७५, नगर शिक्षा नियामवली २०७५, एफ।एम रेडियो व्यवस्थापन संचालन र्कार्यविधि २०७५ र नगर प्रहरी गठन तथा परिचालन कार्यविधि २०७५ पारित गरिएको भेरी नगरपालिकका प्रमुख चन्द्र प्रकाश घर्तीले जानकारी दिनु भयो ।
नगर सभाले श्रावन एक देखि हाल सम्म कार्यपालिकाबाट भएका निर्णयहरु अनुमोदन गरिएको छ । सार्वजनिक जग्गा नमिचिएका निर्मित घरहरुको अभिलेखिकरण र चौमासिक आम्दानी तथा खर्च विवरण पनि अनुमोदन गरिएको छ ।
भेरी नगरपालिकालाई सन् २०२१ सम्ममा बालमैत्री नगरपालिका घोषण गरिने भएको छ । अवको तिन बर्ष भित्र नगरपालिकालाई बालमैत्रि नगरपालिका घोषण गर्न अभियानलाई तिव्रता दिइने भएको छ ।
नगरसभाले सन् २०२० भित्र पुर्ण सरसफाईयुक्त नगरपालिका घोषणा गर्ने निर्णय गरेको छ । नगर क्षेत्रलाई स्वाच्छ, सुन्दर नगरपालिका निर्माण गर्न पुर्ण सरसफाईयुक्त नगरपालिका घोषणा गर्ने निर्णय गरेको हो ।
नेपाली काँग्रेसबाट निर्वाचित नगरसभा सदस्यहरुले उपस्थिति नभएपछि बहुमत सदस्यहरुले यी सवै ऐन, कार्यविधि तथा निर्णहरु पारित गरेका थिए । काँग्रेसबाट निर्वाचित सभाका सदस्यहरुले आफ्ना मागहरु सम्बोधन नभएको भन्दै अधिवेशनमै उपस्थित नभएपछि बहुमत पारित गरिएको हो ।
काँग्रेसबाट निर्वाचित वडाअध्यक्ष तथा सदस्यहरुले बिना कुनै एजेण्डा नगरसभा सदस्य बहिस्कार गरेको भन्दै आफुलाई आश्चर्य लागेको नगरप्रमुख घर्तीले बताउनुभयो । निश्चित एजेण्डा विना नगरसभा बहिस्कार गर्नुको कुनै अर्थ नरहेको नगरप्रमुख घर्तीले बताउनुभयो ।
आफुले नगरपालिकाका बिभिन्न कामहरु विधि र नितिमै टेकेर गरेको भन्दै नीति र विधिले नदिने कुनै पनि काममा सहमती गर्न नसकिने प्रस्ट पानुभो ।










